विश्व हिन्दु महासंघ झापाद्वारा स्मारिका प्रकाशन गरिने

  

                  फाईल तस्बिर

६ फागुन,बिर्तामोड
विश्व हिन्दु महासंघ झापा शाखाले आफ्नो तर्फबाट स्मारिका प्रकाशन गर्ने भएको छ। स्मारिकामा सम्पूर्ण विश्व हिन्दु महासंघ झापासंग भै रहेका सम्बद्ध तथ्यहरु समेटिने विश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष मोहन  उप्रेतीले जानकारी गराए।

उप्रेतीले भने स्मारिका प्रकाशनको तयारी जोडतोडले भै रहेको र आगामी केही महिना सम्ममा प्रकाशन कार्य सकेर आम जनसमुदाय समक्ष पुर्याउने तयारी रहेको बताए । स्मारिकामा सदस्यहरुको नामावली बिश्व हिन्दु महासंघ झापा सम्बद्ध गतिबिधि, झापाका धार्मिक क्षेत्रहरुको तस्बिर लगायत रहने  प्रकाशित हुने र सो कार्यको लागि      खर्च लाग्ने खर्चको ब्यबस्थापन सहयोगी मनहरु साथै विश्व हिन्दू महासंघ झापाको कोषबाट गरिने  जानकारी दिए।

बिर्तामोड-३ बिराटपोखरीमा मुख्य कार्यलय रहेको विश्व हिन्दु महासंघ झापा शाखाको भवन,साथै पाञ्चायन ज्योर्तिलिङ्ग मन्दिर समेत रहेको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति