Posts

Showing posts from July, 2022

लखीबारीमा लाखे नाँचको तयारी शुरु

Image
श्रावण ११,झापा सुरेश आले "सर्जु" टिममा सहभागी कलाकार सहित बिर्तामोड,नेवा: देय् दबू बिर्तामोड ९ वडा समिति  लखीबारीले यत्तिखेर लाखे,ठाकठुके र रोपॉई नृत्यको अभ्यास शुरु गरेको छ । अभ्यास पछि आउदो श्रावण   १७ गते नाग पञ्चमीको दिन देखि यो नृत्य जनसमुदायमा पर्दशन गरिने छ।  नेवार समुदायमा प्रचलित लाखे,ठाकठुके र रोपॉई नॉच समेत समितिले पर्दशन गर्न लागेको हो । यसको लागि अहिले तयारी भैरहेको छ । लखीबारी स्थित श्री भिमसेन मन्दिर प्राङ्गण भवनमा यस नॉचको स्तर बृद्धिको लागि नेवार समुदायका युवा युवती भेला भएर ७ बजे बेलुकी देखि ९ बजे बेलुकी सम्म प्रशिक्षण र अभ्यासमा जुटेका छन् । यस अभ्यास क्रममा ४०-४५ जना अभ्यासकर्मीको सहभागिता रहेको छ। अभ्यासमा सहभागी कलाकारहरु बिगत ५ बर्ष देखि यस क्षेत्रमा यो नृत्य पर्दशन गरिदैछ । ०७४ साल देखि यो नृत्य पर्दशन गर्न शुरु गरिएको हो । ०७४ साल देखि ०७९ सम्म आईपुग्दा पाँच बर्ष हुन्छ। लगातार यसै महिना तिथि नाग पञ्चमी देखि पर्दशन गरिदैछ । यस बर्ष पनि  नाग पञ्चमीको दिन देखि लाखे नाँच पर्दशन गर्न लागिएको हो। त्यसको लागि अभ्यासमा ब्यस्त छौं । अभ्यास श्रावण १६ ग...

बिद्युत अनियमितताले झापामा चिन्ता बढ्‌यो

Image
श्रावण ४, झापा नेपाल बिद्युत प्राधिकरण अनारमनी बितामोड,बर्षा न पहिरो न बिपत हाल झापाका केही स्थानमा बिद्युत आपूर्ती खराब ढंगले संचालन भैरहेका छन्। बिगत ४-५ दिन देखि यो प्रकृया बढेको हो। न पोल भाच्चिएको छ न तार चुडिएको छ तथापि लगातार बिद्युत गैरहने भोल्टेज एम्पियर कम हुने समस्याले स्थानिय मारमा परेका हुन् । घरमा जोडिएका पंखा समेत नघुम्नाले स्थानिय आक्रोशित बनेका छन्। बिर्तामोड बद्रीबारी ९ बिराटपोखरका नबिन  सेढाईले गर्मीको समय छ घरको पंखा नघुम्ने बिद्युत भोल्टेज अभावमा पानी तान्ने मोटर नचल्ने फ्रिज नचल्ने समस्य भएको बताएका छन्। उनको मात्र होईन प्रायः को अवस्था यही छ। त्यै माथि बिद्युत आउने जाने समस्याले हैरानी भएको बताए। दिनदिनै यो प्रकृया बढीरहेको छ उनले भने । बिगत केही दिन देखि यो प्रकृया केही इलाकामा लगातार बढीरहेको छ । लामो समय सम्म बिद्युत नआउने पानी तान्ने मोटर नचल्ने समस्याले कृषकहरु समेत सिँचाइको मोटर चलाउनबाट  बन्चित रहेको सोही क्षेत्रका अर्जुन तामाङ्गले बताए । धान रोपेको खेत खडेरीले सुक्यो पानी हाल्न मोटर चलाउन जाउँ मोटर चल्दैन यस्तै हो भने भएको मोटर समेत बिग्रने भयो उ...

बिराटपोखरीको थप आकर्षण बिराट भरत बिश्रान्ति

Image
असार २७ ,झापा सुरेश आले "सर्जु" बिर्तामोड बिराट भरत बिश्रान्ति जाने साईनबोर्ड एतिहसिक धार्मिक स्थल बिराटपोखरी नजिकै बिराट भरत बिश्रान्ति निर्माण भएपछि बिराट पोखरीमा अर्को आर्कषण थपिनेछ । हाल संरचना निर्माणको क्रममा रहेको छ। यो बिराटपोखरीको अर्को आर्कषणको केन्द्र बिन्दु बन्न लागेको हो। यहाँ सुबिधा सम्पन्न बिश्रान्ति भवन बन लागेका हो। बिश्रान्ति समितिका कोषाध्यक्ष डिल्ली प्रसाईले जानकारी गराउनु भयो। समितिका अध्यक्षमा अनारमनी गाबिसका पूर्व अध्यक्ष हर्कलाल गिरी हुनु हुन्छ। साथै १२१ फिट अग्लो उँ कार स्तम्भ समेत बिश्रान्ति स्थलको पूर्व उत्तर पट्टि निर्माण हुदैछ यसले धार्मिक पर्यटनलाई समेत टेवा पुग्नेछ । आगामी दशैं सम्ममा स्तम्भको निमार्ण  कार्य समाप्त हुने उहाँले बताउनु भयो। बिराट भरत बिश्रान्ति चाहि केही पछि संचालनमा आउनेछ । यस भन्दा अघि त्यही बिराटपोखरी नजिकै बिश्व हिन्दु महासंघ भवन,मन्दिर भित्र पट्टी सनातन धर्म सत्सङ्ग भवन,शिब मन्दिर आदि निर्माण भएको हो । एतिहासिक तथा धार्मिक बिराटपोखरी झापा जिल्ला   बिर्तामोड नगरपालिका वडा न.३ सैनिकमोड देखि करिब १ कि.मि. दक्षिणमा पर्दछ।

सजिलो- बिगत आठ बर्ष देखि चिया पकाएर बिक्रि,शेखर भन्छन् जिन्दगी बदल्दैछ बिद्युतिय चूल्हो

Image
सुरेश आले "सर्जु" असार २६,झापा बिर्तामोड , इलेक्ट्रिक चुल्होले शेखर पोखरेलको जिन्दगी बद्लिएको छ । जब देखि उनले बिद्युतिय चुल्हो प्रयोग गरे उनको आम्दानी साथै झन्झट पनि सकिएको हो । इलेक्ट्रिक चुल्होको साथम शेखर पोखरेल चिया एक एक छिनमा अर्डर आउछ जब देखि इलेक्ट्रिक चुल्हो आयो टयाक्क थिच्यो चिया बनायो दियो । मैले चांही यो चुल्हो लाभकारी पाएँ शेखर पोखरेलको श्रीमति होमा पोखरेलले भनिन् । शुरुमा यो चुल्हो प्रयोग गर्दा बिभिन्न कुराहरु भए आफैलाई पनि अचम्म लाग्यो धेरैले हेरे सोधे तर अब बिस्तारै आफूलाई पनि सहज भयो । शेखर दम्पतिले होटलमा २०७० साल देखि चिया बनाउन इलेक्ट्रिक चुल्हो प्रयोग गर्दै आईरहेका छन्। घाटा नाफा त त्यस्तै हो हिसाब हो तर ग्यास सिलिण्डर नपाएको बेला र सजिलोमा भने यो चुल्हो मद्दतकारी भएको उनको अनुभव छ। शेखरले आठ वर्षको अवधिमा २ वटा बिधुतिय चुल्हो प्रयोग गरे । एउटा ११ महिना चले पछि बिग्रियो त्यस पछि अर्को चुल्हो अहिले सम्म चलिरहेको छ । यसले धुवॉ धूलो र आवाज निकाल्दैन । इलेक्ट्रिक चुल्होमा चिया बनाउदै होमा पोखरेल बिर्तामोड कृषिथोक रोडका इलेक्ट्रिक चुल्हो ब्यापारी  रबिन खरेलले...

ग्रामीण ईलाकाको अधिकांश भजन किर्तन खेती किसानीले स्थगित,श्रीकृष्ण जन्म अष्टमीदेखि खुल्ने

Image
  अबाढ २५ झापा बिर्तामोड,तराईका ग्रामीण ईलाकामा यतिखेर धान रोप्ने चटारो छ। गाँउ घरका सबै धान रोप्न ब्यस्त हुन्छन्। गाँउमा भएका कृतन मण्डलीका सदस्यहरु कृषक छन्। यस्तो स्थितीमा अहिले भजन कृतन हुदैन बिर्तामोड १० बिराटपोखरी नवदुर्गा तथा बिर्तामोड ९ मनकामना कृतन मण्डलीका सदस्य दिपक संग्रौलाले बताए । उनले जेठ अन्तिम साता देखि रोकिएको भजन कृतन भदौ ३ गते श्रीकृष्ण जन्मअष्टमीको दिनदेखि पूनः शुरु गरिने भएको छ भने तर मांगी कृतन भने नरोकिने पनि बताएका छन्। सदस्यहरूका घरमा गरिने नियमित भजन कृतन भने हाल रोकिएको छ । कुनै कृतन मण्डलीको भने सूचारु छा

किन्न थालियो हरियो चूरा र मेहन्दी

Image
  असार २१ बिर्तामोड साउन महिना जगत पिता शिव भगवानको प्रिय महिना मानिन्छ । यो महिना महिला दिदि बहिनीहरुले सौभाग्य प्राप्त गर्न हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । यस महिना प्रत्येक सोमबार ब्रत बसि भगवान शिवको पूजाआरधाना गर्ने र जल जढाईन्छ । नेपालका बिभिन्न तिर्थ स्थलमा यो महिना भगवान प्रति श्रद्धा र बिश्वास  प्रकट गर्दै जल चढाउने गरिन्छ । जसलाई बोलबम भनिने गरेको छ। यतिबेला बजारमा हरियो चुरा र मेहन्दीको खरिद बिक्री बढ्दैछ । तस्बिर: संजाल...

ग्रामीण मजदुरको आम्दानी किसानको भन्दा राम्रो

Image
संपादकीय ओरेन्ज असार २०,बिर्तामोड   सिर्कमी, डर्कमी, बार बेन्डर, कार्पेट पर्दा लगाउने, मार्बल टाली जोड्ने, ट्यूबेल गाड्ने,ट्यूवेल मर्मत गर्ने, हाउस वायरिङ्ग गर्ने, ट्याक्टर कुदाउने, ट्याक्टर हेल्पर,पलम्बर, लेबर, गाडी हेल्पर आदि ग्रामीण मजदुरको औसत आम्दानीले गुजारा सहज तरिकाले चल्छ जस्तो लाग्छ। यसैले किसान खेती छाड्दैछन्। कयौं किसानलाई ऋण तिर्न समेत धौ धौ छ । अझ कर्जा थपिदैछ । पार्टीका चुनावी घोषणाले किसान उद्यमी बन्न सक्ने अवस्था छैन। किसानको सपना तब मात्र पूरा हुन्छ जब उसले आफनो उत्पादन स्वतन्त्र  रुपले जहाँ पनि बेच्न पाउँछ। झापामा श्रमिकको ३  प्रकारको ज्याला दररेट निर्धारण गरिएको छ । जस अनुसार दक्षको ९२०, अर्धदक्षको ८५० र अदक्षको ६५० तोकिएको छ । ( तस्बिर संजाल )

स्थानिय सञ्चार नीतिमा समेटिनु पर्ने बिषयक कार्यशाला सम्पन्न

Image
 . अषाढ १७ झापा सुरेश आले "सर्जु" बिर्तामोड नेपाल पत्रकार महासघ झापा शाखाले आज एक कार्यक्रमका बिच शिवसताक्षी ९ दुघेमा स्थानिय सञ्चार नीति समेटिनु पर्ने बिषयको कार्यशाला सम्पन्न गरेको छ । १७ असार शुक्रबारका दिन कार्यशाला सम्पन्न गरेको हो। झापाका स्थानिय तहहरूमा लागु हुने सञ्चार नीतिमा समेटिनु पर्ने कार्यशाला गोष्ठीमा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिला बल्लभ घिमिरे प्रदेश महासचिव बिबेक गौतम प्रदेश समितिका कोषाध्यक्ष बुद्धि लामिछाने प्रदेश सदस्य बिष्णु सुब्बा प्रदेश समिति सदस्य लिलाराज झापाली नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी समाजबादी प्रेस संगठन झापा अध्यक्ष अनिलदेव राई नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी स्वतन्त्र  पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल नारी संचार झापाकी सल्लाहाकार लिला अनमोल प्रेस युनियन झापाका उपाध्यक्ष लिला भट्टराई समाजबादी प्रेस संगठन झापा प्रतिनिधि गोबिन्द लुहागुन शिक्षक महासंघ शिवसताक्षी सचिव गोबिन्द काफ्ले  जेसिस शिवसताक्षी प्रतिनिधि यमा खनाल प्रेस चौतारी जिल्ला सदस्य उमानाथ भण्डारी सहारा नेपाल साकोसकी उपाध्यक्ष पबित्रा सुब्...