स्थानिय सञ्चार नीतिमा समेटिनु पर्ने बिषयक कार्यशाला सम्पन्न
.
अषाढ १७ झापा
ह हो पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यशाला गोष्ठीमा प्रदेश अध्यक्ष लिला बल्लल घिमिरेको प्रमुख आतिथ्य र महासचिव बिबेक गौतमको बिशिष्ट आतिथ्य रहेको थियो। भने प्रमुख अतिथि घिमिरेले पानसमा दियो बालेर र राष्ट्रियगान गाएर उद्घघाटन गरिएको हो।
नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले कार्यशालाको औचित्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा झापा शाखा अध्यक्ष एकराज गिरीले यो कार्यशालाले स्थानिय तहमा सञ्चार नीति निर्माणमा पत्रकारहरुको सुझाव समेटिने र झापा शाखा सहसचिव अर्जुन राजवंशीको संयोजनमा प्रतिबेदन समिति गठन गरि प्रतिबेदन सुझाव संकलन गरिने र सो प्रतिबेदन माथि छलफल गरिने जनाउनु भयो। त्यस्तै प्रदेश अध्यक्ष लिला बल्लभ घिमिरे र महासचिव गौतमले बिधेयक माथिका कानुनी कुराहरु बुझेर सञ्चार नीतिमा स्पष्ट कुरा समेटिनु पर्नेमा जोड दिनुभयो । कार्यकमको अन्त्यमा ओपन फ्लोरमा सञ्चार नीतिमा पत्रकार हरुका हकहित श्रमजिवी पत्रकार सम्बन्धी ब्यबस्था सञ्चार गृह संचालन दर्ता रद्ध खारेजीको ब्यबस्था सही गलत महिला मैत्रीआदीको बारेमा नेपाल पत्रकार महासंघ झापा सदस्य तथा नयाँ पत्रिका दैनिकका चिरिन्जबी घिमिरे पूर्वाञ्चल दैनिकका ब्यबस्थापक चन्द्र कान्त ढकाल नेपाल पत्रकार महासघ झापा कोषाध्यक्ष रन्जित प्रसाई शिवसताक्षी प्रेस कल्वका अध्यक सेलिङ्ग केसी सतासी साप्ताहिक प्रधान सम्पादक प्रेम राई नारी संचार गृह सहलाहाकार लिला अनमोल गोरखापत्र दैनिकका लिलाराज झापाली स्वतन्त्र पत्रकार महासंघ झापाका अध्यक्ष नरेन्द्र ढकाल नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी सुर्योदय टेलिभिजनका दिलिप धिमिरे ठोस खबर अनलाईनका सि एम शर्माले बिचार राख्नु भएको थियो । सबैले स्थानिय संचार नीति निर्माणमा पत्रकार तथा प्रकाशन गृहको प्रत्यक्ष सरोकार हुनुपर्नेमा जोड दिए। यसमा प्रदेश अध्यक्ष घिमिरे र महासचिव गौतमले सहजीकरण गर्नु भएको थियो।
नेपाल पत्रकार महासंघ झापा सचिव डिकेश लामाले संचालन गर्नु भएको कार्यक्रममा भने शिवसताक्षी नगरपालिकाको सहकार्य रहेको जनाईएको छ ।
Comments
Post a Comment