बिद्युत अनियमितताले झापामा चिन्ता बढ्‌यो

श्रावण ४, झापा

नेपाल बिद्युत प्राधिकरण अनारमनी

बितामोड,बर्षा न पहिरो न बिपत हाल झापाका केही स्थानमा बिद्युत आपूर्ती खराब ढंगले संचालन भैरहेका छन्। बिगत ४-५ दिन देखि यो प्रकृया बढेको हो। न पोल भाच्चिएको छ न तार चुडिएको छ तथापि लगातार बिद्युत गैरहने भोल्टेज एम्पियर कम हुने समस्याले स्थानिय मारमा परेका हुन् । घरमा जोडिएका पंखा समेत नघुम्नाले स्थानिय आक्रोशित बनेका छन्। बिर्तामोड बद्रीबारी ९ बिराटपोखरका नबिन  सेढाईले गर्मीको समय छ घरको पंखा नघुम्ने बिद्युत भोल्टेज अभावमा पानी तान्ने मोटर नचल्ने फ्रिज नचल्ने समस्य भएको बताएका छन्। उनको मात्र होईन प्रायः को अवस्था यही छ। त्यै माथि बिद्युत आउने जाने समस्याले हैरानी भएको बताए। दिनदिनै यो प्रकृया बढीरहेको छ उनले भने ।

बिगत केही दिन देखि यो प्रकृया केही इलाकामा लगातार बढीरहेको छ । लामो समय सम्म बिद्युत नआउने पानी तान्ने मोटर नचल्ने समस्याले कृषकहरु समेत सिँचाइको मोटर चलाउनबाट  बन्चित रहेको सोही क्षेत्रका अर्जुन तामाङ्गले बताए । धान रोपेको खेत खडेरीले सुक्यो पानी हाल्न मोटर चलाउन जाउँ मोटर चल्दैन यस्तै हो भने भएको मोटर समेत बिग्रने भयो उनले भने। मर्मत सम्भारको सुगम क्षेत्रमा समेत यसरी बिद्युतमा खेलाची भैरहेकोमा स्थानियले आक्रोश पोखेका छन्। कतिपयले ट्रान्सफर्मर कमसल र गुणस्तर हिन साथै जहाँ आवश्यक पर्ने त्यस स्थानमा नराखेर हो  भन्ने शंका ब्यक्त गरेका छन् ।

यसरी बिद्युत् आपूर्ति अनियमित हुनाले स्थानियको दैनिक काम प्रभावित बनेको छ । यसले धेरै ग्रामिण भेकका जनता पिरोलिएका छन् । धेरैले  समस्या भएको उनीहरूले बताए। बिद्युतको अर्को बिकल्प समेत छैन यस्तो परिस्थितीमा प्राधिकरणले सामान्य बनाउने प्रयत्न नगरेको उनीहरूको भनाई छ । अगाडी यस्तो समस्या भए केही घन्टामै निराकरण हुन्थ्यो तर प्राधिकरणमा समस्याबारे अवगत गराउदा समेत प्राधिकरणले खेलाची गरेक्रो संकेत हुनसक्ने स्थानिय गुनासो गर्छन् । एक त भिषण गर्मी र खडेरीको चाप अर्को तर्फ प्राधिकरणको लापरबाही बिद्युत जस्तो संबेदनशील बिषयमा बिद्युत अनियमितता हुनु यसमा सुधार नगरे केही दिनमा कार्यलयमा धर्ना दिने सम्मको आक्रोश स्थानियले पोखेका छन् ।

उता नेपाल बिद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख सुधिर कुमार रायको भनाई अनुसार बिद्युत लोड बढेर यो अवस्था आएको भने जति लोड दुहवी केन्द्रबाट नआएको ३३२००० यूनिट बिद्युत आवश्यक भएकोमा १२२००० युनिट केही माथि मात्र आउने गरेको यहाँको गेटवे ट्रान्सकर्मर फेर्न प्रस्ताब गरेको र ठाउँठाउँ मा ट्रान्सफर्मर थप कार्य गरिरहेको र बिद्युत आपूर्ति सामान्य बनाउने पहल भैरहेको जानकारी गराउनु भयो । असार श्रावण महिना गर्मीको मौसम भएकोले सिंचाइको मोटर लगायत अन्य बिद्युतिय उपकरण बढी प्रयोग हुनाले देशैभर हाल समस्या भएको उहाँले बताएका छन्। दैनिक कार्यलयमा बिद्युत सम्बन्धि यस्तो समस्या लिएर उपभोक्ता आउने गरेको र ढिलो चाडो सुधार हुने संकेत समेत गरेका छन्। मुख्य कुरो त प्रयाप्त बिद्युत प्राप्त नहुनु नै  ।

यो बिषयमा स्थानिय निकायमा वडाबासीहरुको गुनासो बढेको बिर्तामोड वडा न.९ का वडा अध्यक्ष हरि प्रसाद चौलागाईले बताउनु भयो । गुनासो बढेपछि प्राधिकरणमा जानकारी गराईएको तर प्रयाप्त लोड नभएको उत्तर पाएको र अनारमनी बितरण केन्द्रमा भएको बिद्युत प्यानल र आवश्यक यन्त्र लोड स्थिर नहुदा तातिने गरेकोले बिद्युत आपूर्ति अनियमित भएको जवाफ प्राधिकरण बितरण केन्द्र अनारमनीले बताएको छ भन्नुभयो । यो समस्या चाडै सुधार हुने कुरामा आफू पनि बिश्वश्त रहेको उहाँले बताउनु भयो।

भोल्टेज एम्पियर अभावमा सिंचाइका कयौं मोटर झापामा चल्न सकेको छैनन् । ट्रान्सफर्मर कमसल भनौं भने नेपालको न.१ ट्रान्सफर्मर भूटानसम्म प्रयोग भएको हो। तर लोडलाई मात्र दोष देखाईन्छ । सिंचाइको मोटर नचल्नाले गर्दा कृषि क्षेत्र प्रभावित बनेको छ। कृषिलाई प्रथामिकतामा राख्ने सरकारको निती छ। ग्यासको खपत न्यून गर्न बिद्युतिय चुल्हो प्रयोग बढाउने सरकारको निती छ ।  यस्तो अवस्थामा यस्तै प्रकारको लापरबाही र लोड नपुगेको भन्ने झारो टार्ने किसिमको प्राधिकरणको जवाफले कृषि क्षेत्र मात्र हैन औद्योगिक क्षेत्र समेत प्रभावित हुने र सरकारको निती तथा कार्यक्रम समेत लक्ष्यमा नपुग्ने भन्ने देखिन्छ । बिद्युत उत्पादन तथा प्रशारणमा आजै देखि सक्दो सुधार नगरि यस्तै मात्र झारो टार्ने जवाफ दिईरहने हो भने प्राधिकरणले भविष्यमा अझ थप चुनौती सामना गर्नु पर्ने देखिन्छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते