असार २७ ,झापा
सुरेश आले "सर्जु" बिर्तामोड
 |
| बिराट भरत बिश्रान्ति जाने साईनबोर्ड |
एतिहसिक धार्मिक स्थल बिराटपोखरी नजिकै बिराट भरत बिश्रान्ति निर्माण भएपछि बिराट पोखरीमा अर्को आर्कषण थपिनेछ । हाल संरचना निर्माणको क्रममा रहेको छ। यो बिराटपोखरीको अर्को आर्कषणको केन्द्र बिन्दु बन्न लागेको हो। यहाँ सुबिधा सम्पन्न बिश्रान्ति भवन बन लागेका हो। बिश्रान्ति समितिका कोषाध्यक्ष डिल्ली प्रसाईले जानकारी गराउनु भयो। समितिका अध्यक्षमा अनारमनी गाबिसका पूर्व अध्यक्ष हर्कलाल गिरी हुनु हुन्छ। साथै १२१ फिट अग्लो उँ कार स्तम्भ समेत बिश्रान्ति स्थलको पूर्व उत्तर पट्टि निर्माण हुदैछ यसले धार्मिक पर्यटनलाई समेत टेवा पुग्नेछ । आगामी दशैं सम्ममा स्तम्भको निमार्ण कार्य समाप्त हुने उहाँले बताउनु भयो। बिराट भरत बिश्रान्ति चाहि केही पछि संचालनमा आउनेछ । यस भन्दा अघि त्यही बिराटपोखरी नजिकै बिश्व हिन्दु महासंघ भवन,मन्दिर भित्र पट्टी सनातन धर्म सत्सङ्ग भवन,शिब मन्दिर आदि निर्माण भएको हो ।
एतिहासिक तथा धार्मिक बिराटपोखरी झापा जिल्ला बिर्तामोड नगरपालिका वडा न.३ सैनिकमोड देखि करिब १ कि.मि. दक्षिणमा पर्दछ।
Comments
Post a Comment