लखीबारीमा लाखे नाँचको तयारी शुरु
श्रावण ११,झापा
सुरेश आले "सर्जु"
बिर्तामोड,नेवा: देय् दबू बिर्तामोड ९ वडा समिति लखीबारीले यत्तिखेर लाखे,ठाकठुके र रोपॉई नृत्यको अभ्यास शुरु गरेको छ । अभ्यास पछि आउदो श्रावण १७ गते नाग पञ्चमीको दिन देखि यो नृत्य जनसमुदायमा पर्दशन गरिने छ।
नेवार समुदायमा प्रचलित लाखे,ठाकठुके र रोपॉई नॉच समेत समितिले पर्दशन गर्न लागेको हो । यसको लागि अहिले तयारी भैरहेको छ । लखीबारी स्थित श्री भिमसेन मन्दिर प्राङ्गण भवनमा यस नॉचको स्तर बृद्धिको लागि नेवार समुदायका युवा युवती भेला भएर ७ बजे बेलुकी देखि ९ बजे बेलुकी सम्म प्रशिक्षण र अभ्यासमा जुटेका छन् । यस अभ्यास क्रममा ४०-४५ जना अभ्यासकर्मीको सहभागिता रहेको छ।
बिगत ५ बर्ष देखि यस क्षेत्रमा यो नृत्य पर्दशन गरिदैछ । ०७४ साल देखि यो नृत्य पर्दशन गर्न शुरु गरिएको हो । ०७४ साल देखि ०७९ सम्म आईपुग्दा पाँच बर्ष हुन्छ। लगातार यसै महिना तिथि नाग पञ्चमी देखि पर्दशन गरिदैछ । यस बर्ष पनि नाग पञ्चमीको दिन देखि लाखे नाँच पर्दशन गर्न लागिएको हो। त्यसको लागि अभ्यासमा ब्यस्त छौं । अभ्यास श्रावण १६ गते सम्म चल्नेछ । समितिका पूर्व सचिब समेत रहेका यज्ञराज श्रेष्टले बताए। शुरुको बर्ष यो नृत्य संचालन गर्न कठिनाई नै भयो तर केही बर्ष देखि यसमा सबैको आर्कषण थपिनाले सहज र सरल भैरहेको हो । स्तर उन्नत्ति बर्षै पिच्छे बढ्दैछ । नृत्यमा प्रयोग हुने सामाग्रीको कमी छैन । शुरुमा थोरै जनाको सहभागिता रहन्थ्यो भने केही बर्ष यता यसमा सहभागिता जनाउनेको संख्या बढेको छ । यस भेगमा रहेका करिब १०० घर नेवार समूदाय लगायत अन्य समुदायको पनि साथ र सहयोग छ उनले भने। अहिले सम्मको सहभागिताले यो नृत्य प्रति राम्रो संकेत दिएको छ । नाग पञ्चमीको दिन देखि बिधिवत रुपमा यो नृत्यको शुरु गरि भाद्र कृष्ण जन्म अष्टमीको दिन समापन गरिन्छ। नेवार समूदायको घर घरमा र बिभिन्न स्थानको चोक चोकमा यो नृत्य पर्दशन गर्न लागिएको छ । यस क्षेत्रमा यस नृत्यलाई जनचासोको रुपमा हेरिन्छ । नाग पञ्चमी देखि भाद्र कृष्ण जन्मअष्टमी बिचमा गाई जात्रा पर्ब पनि पर्दछ । यो पर्बमा पनि नेवार समुदायको बिशेष चासो रहन्छ त्यै भएर पनि यो समयलाई नेवार समूदायले सास्कृतिक पर्बको रुपमा मान्छन् ।
अभ्यासकै क्रममा नृत्यमा सहभागी आफू डिप्लो पढिरहेको र युवा भएर पनि आफनो जातिय सांस्कृतिक पहिचानको लागि बिगत पाँच बर्ष देखि लाखेको रुपमा नृत्य गर्न सहभागी भएको र अन्य सहभागी लाई सामान्य प्रशिक्षण दिइरहेको र यस बर्ष पनि लाखे नृत्यमा सहमागी हुने भएको स्थानिय यूवा रुपेश श्रेष्टले बताए। उनका अनुसार उनले नेवारी बाजा बजाउने देखि लाखे,ठाकठुके र रोपाँई नृत्यको प्रशिक्षण गुरु थर्कमान श्रेष्ट बाट लिएका छन्। जसले गर्दा आफू लाई यो नाँच नाच्न र अरुलाई प्रशिक्षण दिन सहज भएको बताए। रुपेश त्यस समितिका सांस्कृतिका संयोजक समेत हुन् । यो नाँचमा सहभागी भए बापत सहभागीलाई सामान्य पारिश्रामिक र प्रोत्साहन स्वरूप सामान्य नगद पारिश्रामिक दिने ब्यबस्था रहेको त्यस समितिका सदस्य तथा जेष्ठय नागरिक लाल माया श्रेष्टले बताउनु भयो। बिर्तामोड ९ लखीबारी मा आज भन्दा १२ बर्ष अगाडी समाजसेवी मदन श्रेष्ट र मुक्ति श्रेष्टले १ कठ्ठा जग्गा दान गरेर सोही ठाउँमा श्री भिमसेन मन्दिर र भवन निर्माण भएको हो। त्यस क्षेत्रमा लाखे नाँच पनि नाग पञ्चमीमा यही ठाउँ बाट शुरु गरिन्छ ।
श्री भिमसेन मन्दिर समिति अन्तर्गत अन्य समिति र बचत समूह समेत संचालन रहेको श्री भिमसेन मन्दिर निमार्णाथ जग्गा दाता परिवारका मुक्ति श्रेष्टले जानकारी गराउनु भयो । आफुले जुन प्रयोजनको लागि जग्गा प्रदान गरेको हो सोही प्रयोजनमा लागि पर्न समेत समितिलाई उहाँको सुभाब छ । ताकि भबिष्यमा आफ्नो जीवन पश्चात पनि यस ठाउँको नाम सफल बनोस् । यसै भिमसेन मन्दिरबाट लाखे नृत्यको शुरुआत पनि नाग पञ्चमीमा हुन्छ । यसरी जातिय संस्कृति र परम्परा जोगाउन यस भेकका यूवा लागि परेकोमा सहभागी समितिका तेज प्रसाद श्रेष्टले खुशी ब्यक्त गरे। हाल समितिका अध्यक्षमा रत्न बहादुर श्रेष्ट रहेका छन् उनले जानकारी गराए।
४ जनाको समूह बनाएर भुसिया, ढोल बजाएर त्यसको धुन सहित लाखे नृत्य अभ्यास गरिएको थियो। त्यस्तै समला तालमा समला नृत्य र ठाकठुके नृत्य र बेठी धुनमा रोपॉई नृत्य अभ्यास गरिएको थियो । ठाँउअनुसार लाखे नृत्य फरक हुनाले यहाँ अभ्यास गरिएको संखुवासभा सिघुवाली शैली हो भनि सहभागीले जानकारी गराए। यो टोली बिभिन्न ठाउँहरूमा सास्कृतिक लाखे नाँच प्रदर्शनको लागि पुगिसकेको छ ।
लाखे एक भयंकर राक्षसी स्वरुप हो जसलाई एतिहासिक किंवदन्ती अनुसार बच्चा र मृत आत्माको संरक्षकको रुपमा नेवारी समुदायमा आस्था छ । लाखे नाँच हिजो आज बिभिन्न सभा समारोह र झाँकीहरुमा समेत प्रदर्शन गर्न थालिएको छ । लाखे नाँचमा प्रयोग हुने मुकुट मूल्य रु. ५०,००० माथि लाग्ने साथै लखीबारीको लाखे नाँचले बिभिन्न प्रतियोगितामा पुरस्कार समेत जिति सकेको सहभागीले जनाएका छन् ।
Comments
Post a Comment