सैनिकमोडमा डेढ महिनामा पाँच चोरीका घटना

श्याम गृल उद्योग कात्तिक १४,झापा बिर्तामोड -३ सतानुबारी सैनिकमोड शुभलक्ष्मी टोलका राज कुमार सिह राजबंशीको घरमा चोरी भएको छ। गत बुधबार राती गोरु तिहारको दिन उनको घरमा चोरी भएको हो । चोरले सुन चाँदीका गरगहना, एलसिडि टिभि नगद सहित रु. चार लाख एक्कासी हजार बराबरको सम्पति लगेको राजबंशीले जनाएका छन् । उनले चोर पत्ता लगाई सम्पति फिर्ता र टोलबासीलाई भबिष्यमा सुरक्षा दिलाई दिन अनारमनी प्रहरी चौकीमा निबेदन दर्ता गराएका हुन् । घरमा कोही नभएको समयमा राती चोर पसेको हो । गत बुधबार बेलुकी छिमेकीलाई घरमा राती आफू नहुने र सामान्य रेखदेख गरिदिन भनि राजबंशी घरमा ताल्चा लगाई दिदिको हातको टिका लगाउन कोरोबारी गएका थिए। तर एक्कासी बिहान छिमेकीले फोन गरि घरमा चोरी भएको खबर गरेपछि उनी टिका नलगाई फर्किएको राजबंशीले बताए। घरमा गेटको ताल्चा फोरी चोर राती पसेको रहेछ उनले भने । राजबंशीको चोरिएको दराज यो घटना हुन केही दिन अघि मात्र यसै क्षेत्रको सैनिक बजार जाने सडक पश्चिम पट्टि रहेको श्याम गृल उद्योगमा समेत चोरले वेल्डिङ मेसिन,स्टेन्ड कटर,ड्रिल मेसिन लगायतको सामाग्री चोरी गरेको श्य...