बिराटपोखरमा धुलोको कारणले सडकमा बिरोध
सुरेश आले "सर्जु"
कातिक ६,झापा बिर्तामोड
बिर्तामोड -१० बिराटपोखरमा सडकमा धुलो उडेको कारण बिरोध प्रदर्शन भएको छ । धूलोले स्वास्थ्यमा प्रतिकुल असर गरेको भन्दै स्थानियले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन्। करिव ३ घण्टा अवरुद्ध सडक बिर्तामोड नगरपालिकाले सडकमा पानी हाल्ने समहमतिपछि खुलेको थियो। गत शुक्रबार उपस्थित स्थानियले बिहान ९ बजे देखि १२ बजे सम्म सडकमा ढाट लगाएर यातायातका सवारी साधन आवत जावतमा रोक लगाएको स्थानिय मणि थापाले जानकारी गराए । यसै बिषयमा बिर्तामोड नगरपालिका र बिर्तामोड वडा न. १० वडा अध्यक्ष दुर्योधन गुरुङ्गलाई समेत सो बिषयमा ध्यानाकर्षण गराईएको उनले भने ।
बिर्तामोड १० का वडा अध्यक्ष गुरुङ्गले नगरमा उक्त बिषयमा जानकारी गराई सडकमा पानी हाल्ने ब्यबस्था गरिदिन भनेको र सोही सहमति भए पश्चात आईतबार समेत उक्त बिषयमा नगरस्तरिय बैठक बस्ने जानकारी दिए।
निर्माणाधिन सैनिकमोड-सैनिक सडक खण्ड केही समय निर्माण कार्य गरिए पश्चात अहिले निर्माण अवरुद्ध भएको छ । स्थानियले सडक चाँडो निर्माण गरिनु पर्ने नत्र स्वास्थ्यमा प्रतिकुल असर गर्ने धूलोको समस्या सामाधान गरिनु पर्ने माग राख्दै यदि त्यसो नगरिए सडक फेरी अवरुद्ध गर्न बाध्य हुनु पर्ने अवगत स्थानिय कृष्ण प्रसाद उप्रेतीले जानकारी गराएका छन्। निर्माणाधिन सैनिकमोड-सैनिक सडक खण्ड बिर्तामोड-१० र बिर्तामोड-३ मा पर्दछ ।
Comments
Post a Comment