सैनिकमोड सैनिक बजार सडकको निर्माण ढिलाई सामाजिक संजालमा आक्रोश


 २८ असोज,झापा
बिर्तामोड
बिर्तामोड नगरपालिका भित्रको सैनिकमोड सैनिक बजार सडक मर्मत सम्भार कार्य अलपत्र बनेको छ । केही महिना अगाडी स्तर उन्नति सहित कालोपत्रे गर्ने भनि यो सडकको निर्माण कार्य शुरु गरिएको हो । तर केही समय निर्माण कार्य गरिए पछि सो सडक खण्डमा हाल निर्माण स्थगित भएकोले पानी परेको समयमा आवत जावतका सवारी साधन र यात्रुहरुले सास्ती भोग्दै आएका छन् । बिर्तामोड नगर पालिका वडा न.३ र वडा न.१० को अधिकांश भू-भागमा सडक खण्ड परेको हो । 

निर्माण कार्य ढिलो भएकैले सास्ती भोग्न बाध्य स्थानियहरूले सडकको बिषयलाई लिएर सामाजिक संजाल मार्फत नेता देखि सरोकारवाला सम्मलाई आक्रोश व्यक्त गर्न थालेका छन्। यो बिषयमा सरोकारवाला र सम्बन्धित पक्षले गम्भिर रुपमा ध्यान दिन जरूरी  देखिन्छ ।

निर्माण कार्यमा अझ ढिलाई गर्ने हो भने पानी परेको बेला हिलो र सुख्खा याममा धुलोको प्रकोप त्यस क्षेत्रमा देखिने संभावना छ ।

यो सडक खण्डको लम्बाई करिब ६-८ कि.मि.को रहेको हो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते