सैनिकमोड सैनिक बजार सडकको निर्माण ढिलाई सामाजिक संजालमा आक्रोश


 २८ असोज,झापा
बिर्तामोड
बिर्तामोड नगरपालिका भित्रको सैनिकमोड सैनिक बजार सडक मर्मत सम्भार कार्य अलपत्र बनेको छ । केही महिना अगाडी स्तर उन्नति सहित कालोपत्रे गर्ने भनि यो सडकको निर्माण कार्य शुरु गरिएको हो । तर केही समय निर्माण कार्य गरिए पछि सो सडक खण्डमा हाल निर्माण स्थगित भएकोले पानी परेको समयमा आवत जावतका सवारी साधन र यात्रुहरुले सास्ती भोग्दै आएका छन् । बिर्तामोड नगर पालिका वडा न.३ र वडा न.१० को अधिकांश भू-भागमा सडक खण्ड परेको हो । 

निर्माण कार्य ढिलो भएकैले सास्ती भोग्न बाध्य स्थानियहरूले सडकको बिषयलाई लिएर सामाजिक संजाल मार्फत नेता देखि सरोकारवाला सम्मलाई आक्रोश व्यक्त गर्न थालेका छन्। यो बिषयमा सरोकारवाला र सम्बन्धित पक्षले गम्भिर रुपमा ध्यान दिन जरूरी  देखिन्छ ।

निर्माण कार्यमा अझ ढिलाई गर्ने हो भने पानी परेको बेला हिलो र सुख्खा याममा धुलोको प्रकोप त्यस क्षेत्रमा देखिने संभावना छ ।

यो सडक खण्डको लम्बाई करिब ६-८ कि.मि.को रहेको हो।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन