बितरण केन्द्र प्रमूखले भने - निर्धक्क भएर बत्ति बाल्नुस्

 
कात्तिक १,झापा
सुरेश आले "सर्जु"बिर्तामोड

नेपाल बिधुत प्राधिकरण बिर्तामोड अनारमनी बितरण केन्द्र प्रमूख सुधिर कुमार रायले तिहारमा निर्धकक भएर बिजुली बाल्न सकिने बताएका छन्। तिहार पर्बमा झिलिमिलि बत्ति बाल्ने गर्दा बिद्युत खपत बढी हुने गर्दछ । नजिकिदै गरेको तिहार पर्बलाई लक्षित गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
उहाँले एक प्रकारले मूलूकबाट लोडसेडिङ्ग अन्त्य भैसकेको अवगत गराउनु भयो। तिहारलाई नै लक्षित गर्दै मर्मत सम्हारको लागि अग्रिम सूचना दिएर केही समय बिद्युत अवरोध हुने बाहेक अन्य समस्या हाल बिद्युतमा नभएको समेत भने ।
तिहारमा बिधुत खपत बढी  हुँदा बिगतमा लोडसेडिङ्ग गर्नु परेको जस्तो समस्या आगामी तिहारमा नहुने जानकारी दिए।
यसै क्रममा तिहारमा झिलिमिलि  बत्ति बाल्दा सुरक्षित उपाय अपनाएर साबधानी पूर्वक बत्ति बालि दिन समेत अनुरोध गरेका छन्। सडक बत्तिको लागि भनेर पोल बाट बिद्युत बाल्ने प्रयास गर्नु, झिलिमिली बत्तिको लागि त्यो तरिका अपनाऊनु गैन्ह कानूनी हो सो कार्य नगर्न र यसो गर्नाले थप समस्या श्रृजना हुन सक्ने भने।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन