सैनिकमोडमा डेढ महिनामा पाँच चोरीका घटना

 


श्याम गृल उद्योग

कात्तिक १४,झापा

बिर्तामोड -३ सतानुबारी सैनिकमोड शुभलक्ष्मी टोलका राज कुमार सिह राजबंशीको घरमा चोरी भएको छ। गत बुधबार राती गोरु तिहारको दिन उनको घरमा चोरी भएको हो । चोरले सुन चाँदीका गरगहना, एलसिडि टिभि नगद सहित रु. चार लाख एक्कासी हजार बराबरको  सम्पति लगेको राजबंशीले जनाएका छन् । उनले चोर पत्ता लगाई सम्पति फिर्ता  र  टोलबासीलाई भबिष्यमा सुरक्षा दिलाई दिन अनारमनी प्रहरी चौकीमा निबेदन दर्ता गराएका हुन् । घरमा कोही नभएको समयमा राती चोर पसेको हो । गत बुधबार बेलुकी  छिमेकीलाई घरमा राती आफू नहुने र सामान्य रेखदेख गरिदिन भनि राजबंशी घरमा ताल्चा लगाई दिदिको हातको टिका लगाउन कोरोबारी गएका थिए। तर एक्कासी बिहान छिमेकीले फोन गरि घरमा चोरी भएको खबर गरेपछि उनी टिका नलगाई फर्किएको राजबंशीले बताए। घरमा गेटको ताल्चा
फोरी चोर राती पसेको रहेछ उनले भने ।
राजबंशीको चोरिएको दराज

यो घटना हुन केही दिन अघि मात्र यसै क्षेत्रको सैनिक बजार जाने सडक पश्चिम पट्टि रहेको श्याम गृल उद्योगमा समेत चोरले वेल्डिङ मेसिन,स्टेन्ड कटर,ड्रिल मेसिन लगायतको सामाग्री चोरी गरेको श्याम गृल उद्योगका संचालक श्याम माझीले जानकारी गराए । तर संयोगबस उनको चोरिएको सामाग्री बिर्तामोड -९ आर्दश टोलको धान बारीमा भोलीपल्ट बिहान स्थानियले भेटेर उनलाई खबर गरि दिएका थिए। लगभग सत्तरी अस्सी हजारको उनको सामाग्री चोरी भएको थियो तर भेटियो माझीले भने । कारखानाको पश्चिम पट्टीको टिनको बेरा भत्काएर चोर भित्र पसेको रहेछ । ति सामान ट्याम्पोमा हालेर लगेको र पछि बिक्रि गर्ने उद्देश्यले धान बारीमा चोरले लगेर राखेको हुनुपर्छ माझीले अनुमान गरेका छन्।

यो घटना हुन केही दिन फरकमै श्याम गृल उद्योग माथि सैनिकमोडकै ढुंगाना हार्डवेयरका छिमेकी दिल कुमार नेम्बाङ्गको मे ११ त ४७०४ न. को एफ जेड मोटरसाईकल घरबाटै चोरी भएको ढुंगाना हार्डवेयरका संचालक मनोज ढुंगानाले जानकारी गराए । चोरले रातीको समयमा मोटरसाईकल लैजादै गरेको दृश्य सिसिटिभि क्यामेरामा कैद भएको समेत बताए तर टाउकामा हेल्मेट र मुखमा कपडा बेरेकोले चोरको अनुहार भने चिन्न सकिएन उनले भने। बिहानको तीन बजेको समयमा मोटर साईकल चोरिएको दृश्य कैद भएको ढुगानाले जानकारी दिए।

यि त भए सैनिकमोड क्षेत्रमा केही दिनको फरकमा भएका ठूला चेरीका घटना सोही समयमा केही फरक पारेर यसै क्षेत्रको श्री इन्द्र सरोबर मल्टी प्रपोज इन्डस्ट्री को पानी तान्ने पम्प समेत चोरी भएको इन्डस्ट्रीका संचालक भिम घिमिरेले जानकारी दिए । घिमिरेले यस भन्दा भन्दा अघि पनि उनको ग्यास सिलिन्डर लगायतका सामग्री यै ठाँउबाट चोरी भएको पनि बताएका छन् ।

त्यस्तै श्याम गृलका संचालक श्याम माझीले जानकारी दिए अनुसार उनको नजिक रहेको  यै ठाउँको उद्दीम ओलीले संचालन गरेको ग्रील उद्योगबाट समेत तार लगायतका सामाग्री केही दिन अघि चोरी भएको जानकारी गराए। यसरी सैनिकमोड क्षेत्र बाट मात्र डेढ महिनाको समयमा  पाँच ठाँउमा चोरीका घटना भएको पिडित हरुले जानकारी दिएका छन् । प्रहरीले जाहेरी दिदा समेत चोरीमा संलग्न लाई हाल सम्म  पक्रेर सार्बजानिक गर्न सकेको छैन प्रहरी प्रशासनले यस प्रति संबेदनशिल भएर निगरानी गरि दिए हुने पिडितको सुझाव छ । मोटरसाईकल चोरी हुदाको सिसिटिभि फुटेज निबेदन साथ उपलब्ध गराउदा समेत प्रहरीले खोजी कार्यमा सकृयता नदेखाएको प्रति मनोज ढुगानाले दुखेसो व्यक्त गरे । समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने कार्य प्रहरीको हो यति हुदा हुदै पनि प्रहरीले सो कार्यबाट पन्छिन मिल्दैन उनले भने। त्यस्तै यहाँका स्थानिय सूर्य नारायण राजबंशीले चोरको बिगबिगि बढेकोले प्रहरीले यस क्षेत्रमा सकृयता बढाउनु पर्ने देखिएको बताए। प्रहरीमा कतिपयले चोरीको घटनाको उजूरी दिने गरेका तर कतिले दिने गरेका छैनन । तर यस्ता किसिमका चोरीका घटना बढ्दै जानाले समाजमा थप बिकृति फैलन सक्ने स्थानियले चिन्ता ब्यक्त गरेका छन् । यस्ता कार्य किन कसरी हुन्छन् सरोकारवालाले समयमै निराकरण गर्न जरुरी देखिन आउछ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते