बिर्तामोडमा नेवा:देय दवूले मनायो न्हुदॅया भिन्तुना

 


कात्तिक १०,झापा
सुरेश आले"सर्जु" बिर्तामोड

नेवा : देय् दवू  बिर्तामोड नगर समितिले न्हुदँया भिन्तुना मनाएको छ। नेपाल सम्बत ११४३ को अवसर पारेर हिजो ९ गते बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम  बिर्तामोड ४ स्थित इन्देणी ब्याङ्गकेट हलमा मनाईएको हो।

नेवा : देय् दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती बिर्तामोड नगरपालिका प्रमुख  पबित्रा महतरा प्रसाईले पानसमा दियो बालेर उदघाटन गर्नुभएको थियो भने कार्यक्रममा नेवा : देय् दबू प्रदेश १ अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,नेवाः देय् दबू पूर्व केन्द्रीय उपाध्यक्ष श्री कृष्ण उदास,नेवा: पासा मून पूच बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डव चौधरी, बिर्तामोड  ४ न. वडा अध्यक्ष राहुल शर्मा,मेची नगर नगरपालिका कृषि बिभाग प्रमुख टेकेन्द्र प्रधान,साहित्य चौतारी बिर्तामोडका संस्थापक देबी भक्त श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यकममा वडा न. १,२,३,४ र ९ का कलाकारहरुले आर्कषक नृत्यकला प्रश्तुत गर्नुका साथै राष्ट्रिय गान,नेवाः राष्ट्रिय गान,नेपाल सम्बतका पर्वद्धक शंखधर साख्वाको तस्विरमा माल्यापर्ण,शहिदहरु प्रति मौन धारण गरिएको हो ।

 नेवा: देय् दबू बिर्तामोड नगर उपाध्यक्ष जंग बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा प्रमुख अथिति लगायतले न्हुदॅया भिन्तुनाको शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नेवाः देय् दबू बिर्तामोड नगर सचिव दिलिप प्रधानले गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला