बिर्तामोड - ९ बद्रीबारीमा नदीको समस्या उम्मेद्वारले सुने


कात्तिक १२,झापा
सुरेश आले "सर्जु" बिर्तामोड

बिर्तामोड-९ बद्रीबारी टोलका स्थानियले नदीको कारण भोग्नु परेको समस्या आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेद्वारहरुलाई सुनाएका छन्। झापा क्षेत्र न.२ नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरे र प्रदेश सभा सदस्य एकराज कार्कीलाई यो समस्या सुनाईएको हो । उम्मेद्वारहरुलाई बद्रीबारी टोलमा आज बिहान भेला गराई समस्या बारे जानकारी गराइएको बद्रीबारी टोल बिकाश संस्थाका अध्यक्ष युवराज पराजुलीले बताए ।

बिर्तामोड -९ बद्रीबारी भएर बग्ने अंधुवा खोलाले बर्षाको समयमा नदीबाट पानी भरिएर बाढी आएर धानबाली बगाएर लैजाने,सडक भत्काउने आवत जावतमा कठिनाई हुने साथै यो क्षेत्रमा बिद्युत भोल्टेज नपुग्ने, कृषिको लागि मल बिउ नपाईने जस्ता समस्या पनि अवगत गराईएको  स्थानिय नबिन सेढाईले भने । उम्मेद्वारहरुले समस्या सुनेपछि आगामी निर्वाचनमा जीत भए क्रमश : यी समस्यालाई प्राथामिकतामा राखेर काम गर्ने आश्वासन दिएको जानकारी गराईयो ।

भेलामा नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुबास भट्टराई,बिर्तामोड नगर ईन्चार्ज देवराज कार्की,पूर्व संसद  पबित्रा निरौला खरेल, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, बिर्तामोड ९ वडा अध्यक्ष हरि प्रसाद चौलागाई,बिर्तामोड ३ वडा अध्यक्ष मदन बुढाथोकी निर्वतमान वडा न ९ वडा अध्यक्ष पबित्रा देबी पाठक लगायतको उपस्थिती रहेको बताईएको हो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते