Posts

Showing posts from October, 2024

बिर्तामोडमा बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को घोषणा

Image
  १२ कात्तिक,बिर्तामोड नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड र कोशी प्रदेश चलचित्रकर्मी संघको आयोजनामा बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव २०८१ हुने भएको छ। आगामी मंसिर एक गते देखि मंसिर पन्ध्र गते सम्म महोत्सव आयोजना हुने साथै बाईसवटा स्टल मार्फत स्थानिय उत्पादनका सामाग्री   लगायतका व्यापारिक स्टल रहने, महोत्सव अवधिमा राष्ट्रिय स्तरका कलाकारहरु पूर्ण राई,कमल खत्री, शांतीश्री परियार,ज्योति मगर,समिक्षा अधिकारी,राजेश पायल राई,एलिना चौहान,ताराप्रकाश लिम्बु,जितु लोक्ताम लगायतको सांगितिक प्रस्तुतिले सोरन्जन गराईने आयोजक तामाङ्ग घेदुङ्ग बिर्तामोड नगरका नगर अध्यक्ष बिजय तामाङ्गले जानकारी दिए। महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका चलचित्र कर्मीहरु बिच अन्तरसंबाद कार्यक्रम,रमाईलो मेला साथै ब्यब्यासयिक स्टलहरु रहने जनाईएको छ भने महोत्सव बिर्तामोडको धर्मकाँटारोडमा हुने भएको हो। त्यस्तै कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङ्गले महोत्सव उद्घाटन कार...

नेपाल संबत ११४५ को अवसरमा बिर्तामोडमा मोटरसाईकल रयाली हुने

Image
    ८ कात्तिक,बिर्तामोड नेवा देय दबु बिर्तामोड नगर समितिको सत्रौं पूर्ण बैठकले बिर्तामोडमा नेपाल संवत ११४५ को अवसर पारेर सो दिन मोटरसाईकल रयाली सहित बिभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ। आज बसेको समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। आगामी कात्तिक सत्र गते बिहान दश बजे बिर्तामोडमा भेला भै उक्त कार्यक्रम गरिने जनाईएको हो। नेवा देय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो भने बैठकमा केन्द्रिय प्रार्षद गणेश शाक्य,प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,प्रदेश सदस्य ओम प्रकाश श्रेष्ठ,झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठ लगायत बिर्तामोडका दश वटै वडाका प्रतिनिधीहरुको उपस्थिति रहेको हो। नेपाल संबत ११४५ भब्य रुपमा मनाउने सहित आगामी कात्तिक सत्र गते बिहान बिर्तामोडमा भेला भै दश वटै वडामा निस्कने रूट बनाएर  मोटरसाईकल रयाली गरि बिर्तामोडमा भएको भिमसेन  मन्दिर पुगेर पुनः बिर्तामोडमा आई कोणसभा गरि समापन गरिने जानकारी नेवा देय दबु बिर्तामोड नगर सल्लाहाकार यज्ञराज श्रेष्ठ...

नेपाल संबत ११४५ को अवसरमा बिर्तामोडमा मोटरसाईकल रयाली हुने

Image
  ८ कात्तिक,बिर्तामोड नेवा देय दबु बिर्तामोड नगर समितिको सत्रौं पूर्ण बैठकले बिर्तामोडमा नेपाल संवत ११४५ को अवसर पारेर सो दिन मोटरसाईकल रयाली सहित बिभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ। आज बसेको समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। आगामी कात्तिक सत्र गते बिहान दश बजे बिर्तामोडमा भेला भै उक्त कार्यक्रम गरिने जनाईएको हो। नेवा देय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो भने बैठकमा केन्द्रिय प्रार्षद गणेश शाक्य,प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,प्रदेश सदस्य ओम प्रकाश श्रेष्ठ,झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठ लगायत बिर्तामोडका दश वटै वडाका प्रतिनिधीहरुको उपस्थिति रहेको हो। नेपाल संबत ११४५ भब्य रुपमा मनाउने सहित आगामी कात्तिक सत्र गते बिहान बिर्तामोडमा भेला भै दश वटै वडामा निस्कने रूट बनाएर  मोटरसाईकल रयाली गरि बिर्तामोडमा भएको भिमसेन  मन्दिर पुगेर पुनः बिर्तामोडमा आई कोणसभा गरि समापन गरिने जानकारी नेवा देय दबु बिर्तामोड नगर सल्लाहाकार यज्ञराज श्रेष्ठले जानक...

के अब पानी परयो भने जाडो बढ्ने हो ?

Image
  २९ असोज,झापा पछिल्लो केही दिनदेखि देशभरकै तापक्रम क्रमश घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको जनाइएको हो। यै बर्षातसंगै चिसो बढ्ने हो कि भन्ने अनुमान गर्न सकिन्छ।

शुक्रबार बिहान घर छाडेका सिताराम शनिबार भेटिए,उपचारको क्रममा मृत्यू

Image
  २७ असोज,बिर्तामोड बिजया दशमी टिकाकै दिन बिर्तामोड-१० मुशहर वस्तीका सिताराम मुशहर ऋषिदेवको मृत्यू भएको छ। सोही दिन बेलुका करिब पाँच बजे साँझ मेची प्रादेशिक अस्पतालमा उनको मृत्यू भएको पारिवारिक श्रोतले जनाएको हो। बिर्तामोड-१० बिराटपोखर मुशहर बस्ती सडक किनारामा बस्दै आएका सितारामलाई शनिबार बिहान ६ बजे उनको घरबाट करिब पाँच सय मिटर टाढाको मनकामना मन्दिर बिराटपोखरमा चिन्ताजनक अवस्थामा लडिरहेको भेट्टाइएको जनाईएको हो। उनले शुक्रबार बिहानै घर छाडेका जनाईएको हो। प्रत्यक्षदर्शीका भनाई अनुसार उनी केही मादक पर्दाथ सेवन गरी मातेकै अवस्थामा शुक्रबार नाँच्दै घर घरमा माग्दै हिडेको जनाईएको हो। शुक्रबार बिहान दश बजे स्थानियले मन्दिर परिसरमा उनलाई देखेपछि घर जान आग्रह गरेका हुन् तथापि उनी घर नगएका हुन् । पुनः शनिबार बिहान चिन्ताजनक अवस्थामा बिहान ६ बजे सोही मन्दिर रहेको स्थानमा लडिरहेको स्थानियले भेट्टाएर परिवारलाई खबर गरि परिवारले सोझै अटोमा राखी बिर्तामोडको संजीवनी हस्पिटल लगेकोमा त्यहाँ उपचार हुन नसकी बिर्तासिटि त्यहाँबाट पनि बि एण्ड सि हुदै मेची प्रादेशिक अस्पताल लगेकोमा उनको उपचारको क्रममा...

कर्तव्यनिष्ठ अनिष न्यौपानेको परिवारमा समबेदना व्यक्त

Image
    २२ असोज,झापा नेपाली कांग्रेस बिर्तामोड-१० सभापति मदन कुमार गुरुङ्ग,झापा जिल्ला सचिव नबिन बिमली,बिर्तामोड नेपाली कांग्रेस वडा न.१० सचिवद्धय भवानी पाण्डे र खेमराज राई (अर्जुन) एबं नेपाली कांग्रेस बिर्तामोड वडा न १० परिवारले शोकमा रहनुभएका बिर्तामोड-१० शिवालय टोल बिकाश संस्थाका न्यौपाने परिवारमा समबेदना पत्र बाचन गरेर परिवारजनमा बूँझाउदा माहोल स्तब्ध बन्यो। आज गत असोज चौध गते बिर्तामोड-१० ठूट्टेबरमा  मोटरसाईकल दुर्घटनामा परि असमायिक निधन हुनुभएका अनिष न्यौपानेको नवौं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस बिर्तामोड वडा न.-१० परिवारले शोकाकुल परिवारजनमा समबेदना पत्र हस्तान्तरण गरेको हो। यस अघिनै लक्ष्मीनारायण आधारभूत विद्यालय परिवार बिर्तामोड-१० का तर्फबाट प्रधानाध्यापक जनक बहादुर थापा,अध्यक्ष तोम प्रसाद ओली, शिवालय महिला समूह परिवार बिर्तामोड-१० का तर्फबाट अध्यक्ष कमला कार्की,सचिव कबिता भट्टराई,शिवालय हाटबजार ब्यबस्थापन समिति परिवार बिर्तामोड-१० का तर्फबाट अध्यक्ष केदार बहादुर श्रेष्ठ,सचिव चन्दा पौडेल लगायतले र व्यक्तिगतरूपमा अन्य इष्टमित्र, आफन्तजन,...

बिराटपोखरी भित्र दिउसै मापसे,सवारी साधन प्रबेशमा रोक

Image
२१ असोज,झापा असुरक्षाको महशुस हुन थाले पछि   बिराटपोखरी भित्र दिउँसो सवारी साधन प्रबेश गराउन प्रतिबन्ध गरिएको छ। रात्रीकालिन समयमा भने गेटहरु बन्द गरिने गरिएको हो। अब उप्रान्त सवारी साधनहरु गेट बाहिरै पार्किङ्ग स्थलमा रहनेछन्। यस भन्दा अघि पोखरी भित्र निर्बाध रूपमा सवारी साधन प्रवेश गर्न पाउथे। गत असोज दुई गते बिराटपोखरी भित्र सवारी साधन लगेर मादक पर्दाथ सेवन गरेका केही अटो चालकहरुसंग भनाभन भएपछि असुरक्षाको महसुस गरिएको बिराटपोखरी सरोबर बहुउदेश्यीय बिकास समिति सदस्य परशुराम कडरियाले जानकारी गराए। त्यस प्रकरणको प्रत्यक्ष भिडियो समेत सामाजिक संजालमा बाहिरिएको हो। त्यहाँ घुम्न आउने एक व्यक्तिले बिराटपोखरी भित्र मदिरा सेवन गरिरहेका केही अटो चालकहरुलाई सार्बजानिक एतिहासिक स्थलमा मादक पर्दाथ सेवन नर्गन चेतावनी दिदै अटेर गरे प्रत्यक्ष भिडियो  प्रसारण गर्ने चेतावनी दिएपछि भनाभन समेत भएको अर्का सदस्य अर्जुन ओलीले बताए। यै विषय लिएर पछि प्रहरी प्रशासनकोमा समेत पुग्नु परेको र ती मापसे गर्ने अटोचालकहरुलाई अब उप्रान्त त्यसो नर्गने शर्तमा माफी मगाई छाडिएको समेत ओली र कडरियाले जानकारी द...

अझै सहज भएन नेपालको स्थल यात्रा,जोखिम कायमै

Image
  २० असोज,झापा नेपालमा बाढी र पहिरोले गर्दा असुरक्षित बनेको सडक यात्राको जोखिम अझ कायम रहेको छ। केही दिन अगाडीको लगातार बर्षातले ठाँउ ठाँउको सडकलाई क्षत्ति पुर्याएको हो । अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

जसकोमा छ धान,उसैको छ शान

Image
  झापाको एक गाँउमा धान काट्नलाई मर्मत सम्भार गरेर तयारी अवस्थामा राखिएको पावर रिपर । अब यसले चाँडै धान काट्नेछ । तस्बिर:सर्जु"ससार"

तिर्थ सिग्देल:लेखक देखि किताब मेलाको आयोजक सम्म

Image
     १८ असोज,बिर्तामोड अहिले बिर्तामोडमा किताब मेला संचालन भैरहेको छ। बिर्तामोड शनिश्चरे रोड इशा बुक्स सेन्टरको प्राङ्गणमा मेला संचालन भैरहेको हो। यस मेलाको आकर्षक झापाका संचारकर्मी,बिभिन्न पुस्तकका लेखक तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि तीर्थ सिग्देल हुनुहुन्छ। उहाँकै प्रमुख भूमिका सहित किताब मेला प्रारम्भ भएको हो। यस कार्यमा अरुको पनि उत्तिकै सहयोग रहेको पाईन्छ। तीर्थ सिग्देल पछिल्लो समय एउटा छुट्टै पहिचान बोकेको पुस्तक लेखकको रूपमा परिचित नाम बनेको छ। उहाँ हाल लेखककै रूपमा सक्रिय जीवन बिताईरहनु भएको छ। संचारकर्मी आफ्नै ठाउँमा छ सो भन्दा बढी खोजमूलक पुस्तक पाठकलाई दिन उहाँ तल्लिन हुनुहुन्छ। उहाँको खोज मूलक कृति बिर्तामोड उदभव  र बिकाश एक हो। त्यस बाहेक अन्य साहित्यक कृतिहरु पनि चर्चामा छन्। किताब मेला लगाउनुको उद्देश्य पाठकमा पठन संस्कृत्तिको बिकाश गर्नु रहेको सिग्देलले बताउँदै आएका छन्।

सामुहिक जमरा राखेर दशैं भित्र्याईयो,आज घटस्थापना

Image
  १७ असोज,झापा बिर्तामोड-१० बिराटपोखर मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिको मनकामना काली मन्दिरमा स्थानियले मकै,गहुँ,जौं,धान लगायत अनाजको जमरा राखेर घटस्थापना अर्थात दशैंको पहिलो दिन पालन गरेका छन्। गुरु पुरोहितद्वारा मन्त्रोचारण गरि करिव तीस घर परिवारले सामुहिक जमरा राखेको मनकामना काली मन्दिरका सदस्य डिल्लीराम पाठकले जानकारी दिए। आज राखिएको जमरा उम्रिए पछि बिजया दशमी टिकाको दिन निकालेर टिकासँगै आफन्तजनको शिरमा टिकाको दिन आर्शिबाद दिदैं सिउरी दिने परम्परा हिन्दु धर्ममा रही आएको पाईन्छ।  आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो।  आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

कृषि ज्ञान केन्द्र झापाले दियो बिर्तामोडमा तालिम,ट्यांकी र हजारी

Image
  १५ असोज,झापा कृषि ज्ञान केन्द्र झापाको आयोजना र हरियाली अर्गयानिक तरकारी उत्पादक समूह बिर्तामोड-८ को संयोजनमा बिर्तामोड-७ मा रहेको  सामुदायिक भवनमा कृषि ज्ञान केन्द्र झापाको ०८१/०८२ को पहिलो कार्यक्रम अन्तर्गत जैबिक तथा बनस्पतिक बिषादी प्रयोग विषयक एक दिवशिय कार्यक्रम आयोजना गरिएको छ। हरियाली तरकारी उत्पादक समूहका अध्यक्ष लोकनाथ मिश्रको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टको प्रमुख आतिथ्यता तथा अतिथिहरु कृषि ज्ञान केन्द्र झापाका कर्मचारी अन्जु आर्चाय,गणेश बुढाथोकी र जीना पौड्यालको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि बिष्टले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो। राष्ट्र प्रति सर्मपण जनाउँदै राष्ट्रियगानबाट शुरू भएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश कृषि ज्ञान केन्द्र झापाकी अन्जु आचार्यले गरेकी हुन् भने कार्यक्रममा ओडब्लुडिसिको (owdc) प्रयोग र प्रभावकारिता माथि प्रकाश पार्दै यो बनाउने बिधिबारे तालिम दिइएको हो।  कृषि ज्ञान केन्द्र झापाका प्रमूख बिष्टले ज्ञान केन्द्रको ०८१/०८२ का कार्यक्रमहरुको बारेमा जान...