बिर्तामोडमा बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१ को घोषणा
१२ कात्तिक,बिर्तामोड
महोत्सवमा चलचित्र पर्दशनी,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार सहितको सांस्कृतिक कार्यक्रम,चलचित्र कार्यशाला,चलचित्र र पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम,नेपाल भारतका चलचित्र कर्मीहरु बिच अन्तरसंबाद कार्यक्रम,रमाईलो मेला साथै ब्यब्यासयिक स्टलहरु रहने जनाईएको छ भने महोत्सव बिर्तामोडको धर्मकाँटारोडमा हुने भएको हो।
त्यस्तै कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङ्गले महोत्सव उद्घाटन कार्यक्रममा कोशी प्रदेश मुख्यमंत्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहने,चलचित्रकर्मीहरुलाई सम्मान गरिने,नेपाल र भारतको चलचित्रका कलाकारहरुसंग अन्तरसंबाद गरिने,सिक्किम सरकारको सांस्कृतिक टिमको उपस्थिति रहने र सांस्कृतिक आदान प्रदान गरिने, महोत्सव अवधिमा तीन गते देखि नौ गतेसम्म सातवटा चलचित्र क्रमशः नालापानी,वानर सेना,माङ्गेना,लिलामे माईला,बिए पास,चार दाम र कृष्ण लिला पर्दशन गरिने जानकारी गराए।
बिर्तामोडलाई पर्यटन नगरी बनाउन, स्थानिय ब्यापार ब्यबसायलाई बिकाश गर्न,बिर्तामोडका बासिन्दालाई स्थानिय क्षेत्रबाटै उपभोग्य सामाग्री पाईन्छ भन्ने जानकारी दिन,स्थानिय उत्पादनको पर्बद्धन गर्न,धार्मिक तथा सांस्कृतिक समन्वय गर्न,साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न, प्रतिभाहरुको पहिचान गरि पेशागत क्षमता बृद्धि गर्न महोत्सवको ' आयोजना गरिएको नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड नगर सचिव गणेश तामाङ्गले जानकारी गराए।
पत्रकार सम्मेलनमा तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर उपाध्यक्ष तारा तामाङ्ग,कोषाध्यक्ष समिक्षा तामाङ्ग, सहसचिव चरिमाया तामाङ्ग लगायतको उपस्थिती रहेको हो भने सहयोगीहरुमा नेपाल चलचित्रकर्मी संघ,पर्यटन बोर्ड साथै आन्तरिक मामिला मन्त्रालय कोशी प्रदेश रहेको जनाईएको हो।
Comments
Post a Comment