कृषि ज्ञान केन्द्र झापाले दियो बिर्तामोडमा तालिम,ट्यांकी र हजारी
१५ असोज,झापा
राष्ट्र प्रति सर्मपण जनाउँदै राष्ट्रियगानबाट शुरू भएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रकाश कृषि ज्ञान केन्द्र झापाकी अन्जु आचार्यले गरेकी हुन् भने कार्यक्रममा ओडब्लुडिसिको (owdc) प्रयोग र प्रभावकारिता माथि प्रकाश पार्दै यो बनाउने बिधिबारे तालिम दिइएको हो।
कृषि ज्ञान केन्द्र झापाका प्रमूख बिष्टले ज्ञान केन्द्रको ०८१/०८२ का कार्यक्रमहरुको बारेमा जानकारी दिएको कार्यक्रममा कृषकहरुको तर्फबाट प्रकाश रेग्मी,प्रदिप खनाल, यज्ञराज श्रेष्ठ,गोबिन्द गौतम,गोबिन्द सुबेदी,श्याम पकुवाल,रामलाल उप्रेतीले आफनो भनाई राखेका हुन्।
बिर्तामोडका पच्चिस जना अगुवा कृषकलाई सोही कार्यक्रममा दुई सय लिटरको प्लाष्टिकको एक थान ट्यांकी र एक थान हजारी समेत बितरण गरिएको कार्यक्रमको स्वागत बिर्तामोड नगर स्तरिय तरकारी ब्यबस्थापन समितिका अध्यक्ष अभि चन्द्र भण्डारीले र संचालन हरियाली कृषक समूहका सचिव चिरञ्जीबी पौड्यालले गरेका हुन्।
Comments
Post a Comment