सामुहिक जमरा राखेर दशैं भित्र्याईयो,आज घटस्थापना

 


१७ असोज,झापा

बिर्तामोड-१० बिराटपोखर मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिको मनकामना काली मन्दिरमा स्थानियले मकै,गहुँ,जौं,धान लगायत अनाजको जमरा राखेर घटस्थापना अर्थात दशैंको पहिलो दिन पालन गरेका छन्।

गुरु पुरोहितद्वारा मन्त्रोचारण गरि करिव तीस घर परिवारले सामुहिक जमरा राखेको मनकामना काली मन्दिरका सदस्य डिल्लीराम पाठकले जानकारी दिए। आज राखिएको जमरा उम्रिए पछि बिजया दशमी टिकाको दिन निकालेर टिकासँगै आफन्तजनको शिरमा टिकाको दिन आर्शिबाद दिदैं सिउरी दिने परम्परा हिन्दु धर्ममा रही आएको पाईन्छ। 

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो।

 आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते