नेपाल संबत ११४५ को अवसरमा बिर्तामोडमा मोटरसाईकल रयाली हुने

 


८ कात्तिक,बिर्तामोड

नेवा देय दबु बिर्तामोड नगर समितिको सत्रौं पूर्ण बैठकले बिर्तामोडमा नेपाल संवत ११४५ को अवसर पारेर सो दिन मोटरसाईकल रयाली सहित बिभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ। आज बसेको समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। आगामी कात्तिक सत्र गते बिहान दश बजे बिर्तामोडमा भेला भै उक्त कार्यक्रम गरिने जनाईएको हो।

नेवा देय दबु नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो भने बैठकमा केन्द्रिय प्रार्षद गणेश शाक्य,प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,प्रदेश सदस्य ओम प्रकाश श्रेष्ठ,झापा जिल्ला बरिष्ठ उपाध्यक्ष तिलरूपा श्रेष्ठ,नगर सल्लाहाकार यज्ञराज श्रेष्ठ लगायत बिर्तामोडका दश वटै वडाका प्रतिनिधीहरुको उपस्थिति रहेको हो।

नेपाल संबत ११४५ भब्य रुपमा मनाउने सहित आगामी कात्तिक सत्र गते बिहान बिर्तामोडमा भेला भै दश वटै वडामा निस्कने रूट बनाएर  मोटरसाईकल रयाली गरि बिर्तामोडमा भएको भिमसेन  मन्दिर पुगेर पुनः बिर्तामोडमा आई कोणसभा गरि समापन गरिने जानकारी नेवा देय दबु बिर्तामोड नगर सल्लाहाकार यज्ञराज श्रेष्ठले जानकारी गराए।




Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला