सैनिक महोत्सव फागुन ७ बाट,प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रश्तुति हुने

१८ माघ,झापा बिर्तामोड-१० वडा कार्यलयको आयोजनामा वडाको सैनिक बजारमा जातिय भेषभूषा सहितको तेश्रो एतिहासिक सैनिक महोत्सव-२०८१ आगामी फागुन ७ गते बाट १७ गते सम्म आयोजना हुने भएको छ। उक्त विषय आज एक पत्रकार सम्मेलनको आयोजना गरि सञ्चारकर्मीहरुलाई जानकारी गराईएको हो। यस बारेमा थप जानकारी गराउदै बिर्तामोड-१० को वडा कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका वडा अध्यक्ष दुर्योधन गुरुङ्गले प्रष्ट पार्दै महोत्सव सफल पार्न गठित समितिहरुलाई आवश्यक निर्देशन समेत दिए। उनले भने बिर्तामोड नगरको वडा न.-१० बिबिध जातिको बसोबास रहेको वडा हो यहाँ लोपोन्मुख दराई जाति सम्मको बसोबास रहेको छ । तिनै बिबिध जनजातिहरुको भेषभूषा संस्कृति सहितको महोत्सवले बिर्तामोड-१० को पहिचान झल्काउने एतिहासिक, सांस्कृतिक महत्वका विषयलाई थप पर्बद्धन गर्नको लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सव अवधिभर रात्री कालीन समय ९ः०० बजे सम्म प्रत्येक दिन कुनै न कुनै राष्ट्रिय कलाकार हरुको साथमा महोत्सव आयोजना हुनेछ। महोत्सव सफल पार्न यस अघि नै स्थानिय सन्तोष गुरुङ्गको अध्यक्षातामा १३ सदस्यीय मूल आयोजक कमिटी स...