लुइस ब्रेलको जन्मजयन्तीमा झापामा प्रतियोगितात्मक कार्यक्रम
२० पौष,शनिबार
संघका अध्यक्ष होमनाथ राजबशीको अध्यक्षता तथा बिर्तामोड-३ का जनप्रतिनिधि हरि बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हण्डी फुटाई,म्यूजिकल चियर,ब्रेल लेखन प्रतियोगिता र छेलो हान्ने प्रतियोगितात्मक खेलको आयोजना गरिएको हो। जसमा म्यूजिकल चियर तर्फ सहभागी सदस्यहरु कल्पना बाँस्तोला,भिमकुमारी राई,दिखुनी शहनी,शुशिला दाहाल,पवित्रा तामाङ्ग,शुष्मा ढुङ्गेल,शुष्मा राजबंशी, भिमा केरुङ्ग,कौशिल्या देबी गुरुङ्ग र फूलन देबी राजबंशी मध्येबाट क्रमशः पबित्रा तामाङ्ग प्रथम,दित्तिय भिम कुमारी श्रेष्ठ र तृत्तिय कल्पना बाँस्तोला भएकी हुन्। त्यस्तै ब्रेल लेखन प्रतियोगितामा सहभागी सदस्यहरु हिमाल राई,कौशल्या देबी गुरुङ्ग,मोनिका चौहान, पवित्रा तामाङ्ग,शुष्मा ढुङ्गेल,टिकाराम महतो र भिमा केरुङ्ग मध्येबाट क्रमश प्रथम मोनिका चौहान द्धित्तिय पबित्रा तामाङ्ग,तृतिया टिकाराम महतो र सान्तवना शुष्मा ढुङ्गेल बनेका हुन् भने छेलो हान्ने तर्फ दिपक राजबंशी, ताराबिर कार्की,कमल भण्डारी, केशव न्यौपाने,खेम रेग्मी,दिपक थापा,कबि राज कुमाल,युवराज शेर्मा, टिकाराम महतो ,गोबिन्द न्यौपाने, लक्ष्मण दाहाल,होमिन ढुङ्गेल,हिमाल राई,हेम बहादुर मेयाङ्गबो,पूर्ण राई, बैजनाथ गणेश,हेमबहादूर लिम्बु, दिपक तामाङ्ग र बिनोद मोहरा सहभागी मध्येबाट क्रमश: प्रथम गोबिन्द तामाङ्ग,द्धित्तिया दिपक तामाङ्ग र तृतिया कमल भण्डारी बनेका हुन् साथै हण्डी फुटाई तर्फ सहभागी दिपक राजबंशी,ताराबिर कार्की,कमल भण्डारी,कल्पना बाँस्तोला,दिपक थापा,दिपेन्द्र काफ्ले, खेम रेग्मी,कौशल्या देबी गुरुङ्ग ,पबित्रा तामाङ्ग,युवराज शेर्मा,फूलन देबी राई,गोबिन्द न्यौपाने,हिमाल राई, हेम बहादूर मेयाङ्गबो,पूर्ण राई र ओम प्रकाश तिम्सिना मध्येबाट ओम प्रकाश तिम्सिना हण्डी फुटाईको बिजेता बने। बिजेताहरुलाई कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथि तथा अतिथिहरुले पुरस्कार प्रदान गरेका हुन्।
संघका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार दोर्णचार्य निरौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा लुईस ब्रेलको जीवनी माथि झापा जिल्ला नेत्रहिन संघका संस्थापक अध्यक्ष खेम रेग्मीले प्रकाश पारे साथै बिराट बहुउद्देश्यीय सहकारी बिर्ता बजारका प्रबन्धक तथा एनजिओ फेडेरेशनका पूर्व अध्यक्ष रुद्र सिटौला,बिर्तामोड साना शहरी तथा खानेपानी सरसफाईका अध्यक्ष मेघराज बाँस्तोला,रोटरी क्लबका पूर्व अध्यक्ष सिद्धार्थ नबिन, सामाजिक अभियन्ता गणेश ढुङ्गाना लगायतले कार्यक्रमको सफलताको शुभकामना राखे।
कार्यक्रम तथा संघका अध्यक्ष होमनाथ राजबंशीले कम्तीमा बर्षको एक दिन ब्रेल लिपिका जन्मदाता लुईसब्रेलको जन्मजयन्तीको अवसरमा सरकारी बिदा दिने प्रचलन हुनुपर्ने धारणा राखेको कार्यक्रममा प्रमूख अतिथि बाँस्कोटाले सर्मथन जनाउँदै सो बारे स्थानिय निकाय र माथिल्लो तहलाई आफ्नो तर्फबाट विषय बस्तु प्रष्ट पारि सो धारणा उपल्लो निकायमा अवगत गराउने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि बाँस्कोटाले पानसमा दिप प्रज्वलन साथै ब्यानर बाचन सहित उद्घाटन गरिएको सोही कार्यक्रममा झापा जिल्ला नेत्रहिन संघका तर्फबाट श्री दुर्गा माबि गरामुनीमा अध्ययनरत दृष्टिबिहिन बिर्द्यार्थीहरुलाई सहयोग स्वरूप एक कार्टुन ब्रेल पेपर दुर्गा माबिका प्रधानअध्यापक लक्ष्मण शिवाकोटीलाई संघका अध्यक्ष होमनाथ राजबंशीले हस्तान्तरण गरे भने कार्यक्रममा स्वागत संघका उपाध्यक्ष उत्तम खतिवडाले गरेको कार्यक्रमको संचालन भने संघका सचिब दिल राजबंशीले गरेका हुन्।
Comments
Post a Comment