बिर्तामोड-९ बद्रीबारीमा एक ब्याक्ति मृत फेला

 


१५ माघ,झापा

बिर्तामोड नगरपालिका बद्रीबारी-९ मा एक व्यक्ति सोही ठाँउका अन्दाजी बर्ष बयालिसका बुधलाल महतो (कुर्मी) मृत फेला परेका छन्। आज बिहान उनको आफ्नो घर नजिकै करिब असी मिटर दूरीमा बाटोको छेउ डिलमा उनी मृत भेटिएका हुन्। स्थानिय र परिवारका सदस्यले महतोलाई बिहान सात बजे तिर देखेर प्रहरीलाई जानकारी गराएका थिए । तत्पश्चात गरामनी प्रहरी चौकीका प्रसनि चन्द्रकान्त रायको टोली आई घटनास्थललाई सुरक्षा प्रदान गरि इप्रका अनारमनीबाट आवश्यक प्रकृया पूरा गरि पोष्टमार्टमको लागि प्रादेशिक अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रसनि रायले जानकारी गराए।

मदिरा सेवनको लत लागेका महतो स्थानिय छिमेकीको बिहेघरबाट गत राती घर फर्कने क्रममा लडेर बेहोस भै उठ्न नसकि रातभर त्यही रहदा चिसोको कारणले उनको हृदयघात भै मृत्य भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन्। उनको साथमा रहेको साईकल समेत घटना स्थल नजिकै रहेको हो।

महतो एक श्रीमति एक छोरा र एक छोरीको साथमा सोही ठाँउका भक्ति गौतमको घर जग्गामा अधिया खेती गर्दै रहेको स्थानियले जानकारी दिए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला