महोत्सव पर्बद्धन गर्न जातीय संस्थाको सहारा,मगर जातीय पदर्शन
१७ माघ,झापा
बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा गत माघ आठ गते देखि संचालन भै रहेको अन्तराष्ट्रिय ब्यापार महोत्सवलाई पर्वद्धन गर्न संघले जातीय संस्थाको सहारा लिएको छ। महोत्सवलाई पर्वद्धन गर्ने उद्देश्यले बुधबार आयोजित कार्यक्रममा मगर विद्यार्थीहरुले संस्कृतिक कार्यक्रमको आयोजना गरे। नेपाल मगर संघ बिर्तामोड नगर कमिटिको व्यवस्थापनमा नेपाल मगर विद्यार्थी संघ झापाले बिबिध सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेको हो। महोत्सव उद्घाटनको अवसरमा समेत नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर कमिटिको ब्यबस्थापनमा बिभिन्न जनजाति संस्थाहरुले झाँकी सहितको रयाली प्रश्तुत गरेका हुन् । मगर जातिका ् बिद्यार्थी कलाकारहरुले आफ्नो जातिय मौलिक हुर्रा,कौरा,घाटु,सोरठी लगायतका मौलिक नृत्य र गायन प्रश्तुत गरि माहौल तताए। करिब १२-१५ वटा नृत्य र केही गायनले माहौल तातेको हो। नेपाल मगर महिला संघ झापा सहसचिव नितु थापा मगरले हुर्रा गीत र सपना थापा मगरले पनि मौलिक मगर गीत पेश गरिन् । कार्यक्रममा दर्शकहरुले खुलेर मनोरन्जन प्राप्त गरे।
नेपाल मगर विद्यार्थी संघ झापा अध्यक्ष मेनुका गुर्मछान मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ झापाका निर्वतमान अध्यक्ष जगत राना मगर, नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजबंशी उपाध्यक्ष जीवन श्रेष्ठ,सहसचिव लिला बहादुर गुरुङ्ग,मगर जागरण अभियानका शिवम सोराली, किराया विद्यार्थी संघ झापा अध्यक्ष मिलन रुम्दाली लगायतको उपस्थिति रहेको हो। प्रमुख अतिथि रानाले प्रथम सहिद लखन थापा मगरको तस्बिरमा माल्यापर्ण सहित दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा प्रमूख अतिथि रानालाई अध्यक्ष मेनुका गुर्मछान मगरले मायाको चिनो प्रदान गरिन भने उपस्थित अथितिहरुले शुभकामना मन्तब्य प्रदान गरे । कार्यक्रमको स्वागत शिवम सोराली मगर र संचालन नेपाल मगर विद्यार्थी संघ सचिव प्रिति राना मगरले गरेकी हुन् ।
Comments
Post a Comment