हारालुछ हुने पराल बिक्न छाड्यो,किसान मारमा

 




२२ पुष,झापा
सुरेश आले"सर्जु"
कुनै समयमा एक बिगाहा खेतको पराल पन्द्र,सोरह हजार रुपैयामा बिक्रि हुन्थयो । त्यो पनि पाउन मुश्किल पर्थ्यो । पहिले बैना गरियो भने मात्र पाईन्थ्यो । अझ असार श्रावण महिनामा त एक बिटा पराल एक सय रुपैया देखि डेढ सय रुपैया सम्म हालेर किन्छु भन्दा पनि पाईदैनथ्यो। अहिले एक बिगाहा खेतको पराल चार हजारमा लैजाउ भन्दा पनि लादैनन्। कसै कसैले एक ट्याक्टर पराल सात आठ सयमा  बिक्रि हुदैछ भनेर भन्छन् तर किन्ने मान्छे आएका छैनन् । पराल बिक्रि हुनै छाड्यो धेरैजनाले खेतमै आगो लगाए। बिर्तामोड-१० का लक्ष्मी पाठकले बताए।

हो अहिले लक्ष्मी पाठकले भने जस्तै किसानको पराल बिक्रि हुन छाडेको छ। गाई बस्तु पाल्ने कृषकको संख्या कम हुन थालेको र गाई बस्तु पाल्नेले पनि संख्या घटाएर सिमित एक वटा गाईमात्र पाल्न थालेपछि परालको मागमा गिरावट आएको हो । यसरी पराल किन्न कोही नआएपछि किसान निराश बनेका छन्।
धेरैले रॉगा गोरू पाल्न छाडे । अलिक धेरै पराल खाने भनेको राँगा,गोरू र भैसीं हो ट्याक्टरले जोताउँछन् ट्याक्टरले पराल खादैन पाठकले ठट्टा गर्दै भने ।

पराल थन्क्याउन गार्हो हुन्छ धेरै मेहनत लाग्छ । गाई पाल्ने फार्मवालाले पनि परालको सट्टामा सजिलो ब्राण्ड खुवाउन थालेकोले र कुटी काटेर खुवाउन मुठे पराल किन्ने गरेकोले धुसुने परालको माग कम भएको हो कहि कतै च्याउ उत्पादन गर्नेले केही परालको जोहो गर्ने गरे तापनि उनीहरुले मात्र पराल किनिदिएर नपुग्ने कृषकहरु बताउँछन् । खेतमा त्यसै छोडी दियो भनेपनि परालले खेतलाई रुखो बनाउनले कृषकले पराल जलाउन थालेको कोही कृषकको भनाई छ। एउटा गाई पाल्ने मान्छेलाई पाँच कठ्ठा जग्गाको पराल पनि धेर हुने उनीहरु बताउँछन् ।  भविष्यमा परालबाट बैकल्पिक आम्दानी गर्ननसके अझ किसानलाई परालबाट थप घाटा हुने देखिएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते