सोनाम ल्होछारमा खुलेर नाँचे बिर्तामोडबासी
१८ माघ,झापा
बिर्तामोड-४ नमोः बौद्ध गुम्बा क्षेत्र हिजो निकै भिडभाड देखिन्थ्यो । त्यो भिड सामान्य भिड नभएर तामाङ्ग समुदायको सोनाम ल्होछार पर्वको लागि शुभकामना आदान प्रदान गर्न जम्मा भएका तामाङ्ग समुदाय र अन्यको भिड हो । गुम्बा क्षेत्रमा बजिरहेको तामाङ्ग भाषाको गीतको डिजेको धुनमा अतिथिहरु नृत्य गर्दै झुमिरहेका थिए। गुम्बाका मूख्य पूजारी रामसिंह घिसिङ्गले पूजा गरेसँगै भब्य शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन कोशी प्रदेश माननिय खानेपानी तथा जलश्रोत मन्त्रीले गरेका हुन्। कार्यक्रम नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कमिटिको आयोजनामा अध्यक्ष बिजय गोले तामाङ्गको अध्यक्षतामा भएको हो ।
खुशी तामाङ्गको स्वागत सँगै झुम्यो सांस्कृतिक शुभकामनाको द्वार । साथै शिक्षक मान बहादुर तामाङ्गले हास्यब्यंग नृत्य प्रश्तुत गरेर उपस्थित सबै दर्शकलाई पेट मिचि हसाउँदै हालको देशको परिस्थितिको बारेमा सोच्न बाध्य बनाए। एउटा मन्त्रीको पछिपछि दशवटा मारवाडी ब्यापारीको गाती गुड्छ भन्ने ब्यंगात्मक ब्यंगले भरिपूर्ण गीतमा शिक्षक मानबहादुरले कमेडी नृत्य प्रश्तुत गरे। स्व श्रीमान गोध बहादुर मोक्तानको स्मृतिमा श्रीमति मनमाया लोप्चन तामाङ्गद्वारा रु चौवन्न हजार बराबरको ढ्यांग्रो, झ्याम्टा लगायतका सामाग्री सहयोग गरे। नृत्यकार मान बहादुर तामाङ्ग र सहयोगी स्व. गोध बहादुरको परिवारलाई प्रमुख अतिथि कोशी प्रदेश खानेपानी तथा जलश्रोत मन्त्री र अध्यक्ष गोलेले सम्मानपत्र र खदा ओढाएर सम्मान जनाए।
मञ्जुश्री सम्बत २८६१ डुल/ सापुखी राष्ट्रिय महान पर्व सोनाम ल्होछारको बिबिध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान गरिएको कार्यक्रममा जनाईएको हो।
प्रमुख अतिथि कार्कीले गुम्बा निर्माणमा शुरू देखिनै आफ्नो तनमन र धन प्रयोग भएको जनाए साथै आगामी दिनमा अझ गुम्बाको बिकाशमा आफ्नो प्रयत्न रहने प्रतिबद्धता ब्यक्त गरिएको कार्यक्रममा तामाङ्ग जातिको राष्ट्रिय गान समेत प्रश्तुत गरिएको हो। सल्लाहाकार गोबन्द बम्बा तामाङ्ग, समाजसेवी प्रेमराज घिसिङ्ग,साना शहरी खानेपानी तथा सरसफाई बिर्तामोडका अध्यक्ष मेघराज बाँस्तोला,बिर्तामोड-५ का वडा अध्यक्ष रोहित प्रसाई लगायतले शुभकामना राखेको कार्यक्रममा स्वागत नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड उपाध्यक्ष तारा चाम्लिङ्ग र संचालन सचिव गणेश तामाङ्गले गरेका हुन् भने कार्यक्रममा बिर्तामोड-३ का वडा अध्यक्ष मदन बढाथोकी,गुम्बा निर्माणका जग्गा दाता तितेन्द्र राजबंशी,समाजसेवी देवराज कार्की लगायतको उपस्थिती रहेको हो।
Comments
Post a Comment