बिराट ज्योर्तिलिङ्गको नयाँ नेतृत्व चयन,अध्यक्षमा पुनःउप्रेती
२९ पौष,झापा
बिर्तामोड-३ स्थित विश्व हिन्दु महासंघको भवन बिराटपोखरीमा सम्पन्न उक्त कार्यक्रममा नयाँ कार्यसमितिको उपाध्यक्षमा लीला देबी राजबंशी,सचिवमा चन्द्र प्रसाद भट्टराई,सह सचिवमा अर्जुन उप्रेती,कोषाध्यक्षमा कुशिल राजबंशी, र सदस्यहरुमा पवित्रा मर्डी,भोला माया प्रसाई,जसमती राजबंशी, कबिता कर्माकार,अर्जुन ओली र भिम राजबंशी सर्बसम्मत चयन भएकाे निर्बाचन मण्डली संयोजक कृष्णा कुमारी प्रसाईले जानकारी गराईन्। त्यसै गरि सल्लाहाकारहरुमा संघका आजीवन सदस्य परशुराम कडँरियाको संयोजकत्वमा प्रमिला प्रसाई र ललित बहादुर राजबंशी सदस्य रहने गरी तीन सदस्यीय सल्लाहाकार समिति सर्बसम्मत चयन गरिएको जानकारी गराईएको हो। नयाँ कार्यसमिति चयनको लागि स्थानिय नव दुर्गा कृतन मण्डलीका अध्यक्ष कृष्णा कुमारी प्रसाईको संयोजकत्वमा बिराट सरोबर शिव कृतन मण्डलीका अध्यक्ष पुण्य प्रसाई साथै डिल्ली भट्टराई सदस्य रहने गरि तीन सदस्यीय निर्बाचन मण्डली तय गरिएको जनाईएको हो।
यस अघि मन प्रसाद उप्रेतीको अध्यक्षता तथा प्रमुख अतिथि वडा न-३ का वडा सदस्य हरि बाँस्कोटाको प्रमूख आतिथ्यतामा प्रमुख अतिथि बाँस्कोटाले दिप प्रज्वलन गरि उद्घाटन गरिएको उद्घाटन सत्र कार्यक्रममा संघका सचिब गणेश प्रसाईले बार्षिक प्रगति बिवरण प्रश्तुत गर्दै संघले उन्नचालिस पटक सदस्यहरुको घरमा कृतन गरेको र एक पटक सदस्य कुशिल राजबंशीको घरमा मागी भजन प्रश्तुत गरेको साथै कृतनमा आवश्यक पर्ने एकथान मादल खरिद गरेको,एतिहासिक बिराटपोखरीमा हुने बिभिन्न धार्मिक कार्यक्रममा यस संघको प्रत्यक्ष सहभागिता रहेको,तिहारमा देउसी भैलो कार्यक्रमबाट संघलाई आर्थिक रूपमा सबल बनाईएको,सदस्यहरुको मरणमा आर्थिक सहयोग र समबेदना हस्तान्तरण गरिएको र संघमा हाल छब्बीस जना साधारण र पाँच जना आजीवन सदस्य रहेकोमा आगामी दिनमा सदस्यता संख्या बृद्धि गर्दै जाने,नियमित भजन कृतनलाई सूचारु राख्ने,गाँउ टोल आदी सरसफाई गर्ने,सिप मूलक तालिम संचालन गर्ने तथा सहयोगीहरुलाई सम्मान जनाउने साथै धार्मिक भ्रमण कार्यक्रम संचालन गर्ने जस्ता कार्यक्रम रहेको प्रतिबेदन प्रश्तुत गरे। त्यसै गरि कोषाध्यक्षको प्रतिबेदन प्रश्तुत गर्दै सह कोषाध्यक्ष अर्जुन उप्रेतीले हालसम्म सम्पूर्ण खर्च कटाएर संघमा रु.त्रिसठ्ठी हजार छ सय छैसठ्ठी नगद रकम मौज्दात रहेको आय ब्यय बिवरण प्रश्तुत गरे ।
सोही कार्यक्रममा संघलाई बिभिन्न कार्यमा सहयोग पुरयाए बापत संघका आजीवन सदस्य सूर्य प्रसाद पाण्डे, परशुराम कँडरिया,ललित बहादुर राजबंशी र साधारण सदस्य श्याम राजबंशीलाई सम्मान पत्रले सम्मान गरिएको हो। उक्त सम्मान पत्र सचिव गणेश प्रसाईले बाचन गरे भने प्रमुख अतिथि बाँस्कोटाले सम्मानित ब्याक्तित्वलाई हस्तान्तरण गरे ।
मनकामना काली कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरका सदस्य रामप्रसाद खनाल,लक्ष्मी नारायण कृतन मण्डली बिर्तामोड-१० ठूट्टेबरका कुमार चूडाल,नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरका अध्यक्ष कृष्णा कुमारी प्रसाई,बिराट शिव कृतन मण्डलीका अध्यक्ष पुण्य प्रसाई,विश्व हिन्दु महासंघ झापा जिल्ला अध्यक्ष मोहन उप्रेतीले शुभकामना राखेको कार्यक्रममा बिभिन्न कृतन मण्डलीका प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको हो । प्रमुख अतिथि बाँस्कोटाले आगामी दिनमा फुटेर होइन जुटेर सम्पूर्ण धार्मिक संस्थाले समाज परिवर्तनको अग्रगामी दिशामा अघि बढ्नु पर्ने आवश्यकता रहेको यर्थाथता औल्याउनु भएको सो कार्यक्रममा स्वागत संघका सह कोषाध्यक्ष अर्जुन उप्रेती र संचालन सहसचिव चन्द्र भट्टराईले गरेका हुन्।
Comments
Post a Comment