तेश्रो सैनिक महोत्सव लगाउन तयारी,मूल समिति गठन
११ माघ,झापा
ब्यापार,ब्यबसाय आफ्नो ठाँउको संस्कृति,परम्परा,कला,परिचय लगायतका बिभिन्न गतिबिधि पर्बद्धन गर्न मेला महोत्सवको सहारा लिने गरिन्छ। यसै उद्देश्यका साथ भूतपूर्व सैनिकहरु र उनीहरुको सन्तानहरुको बाहुल्यता रहेको बिर्तामोड-१० सैनिक बजारमा तेश्रो सैनिक महोत्सव २०८१ आयोजना गर्न तयारी शुरू भएको छ। महोत्सव स्थल प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडबाट करिब सात किलोमिटर दक्षिण भद्रपुर चन्द्रगढी जाने बाटो सैनिकमोडबाट दक्षिण जानु पर्दछ । बिर्तामोड नगरपालिकाको दश वटा वडा मध्ये अन्तिम पूर्व दक्षिणमा हल्दीबारी र पश्चिम दक्षिणमा बारहदशी र बिर्तामोड नगरकै नौ,तीन र दुईको सिमावर्ती वडा हो। बिभिन्न उद्देश्यका साथ दुई पटक सफलता पूर्वक महोत्सव आयोजना गरिसकिएको यस क्षेत्रको लागि तेश्रो सैनिक महोत्मव २०८१ आयोजना गर्न महोत्सव मूल समारोह आयोजक समिति गठन गरिएको समितिका सचिव खुवराज भट्टराईले जानकारी गराए।
मूल आयोजक समिति:श्री सन्तोष गुरुङ्गको अध्यक्षतामा एक भेलाको आयोजना गरि तेश्रो सैनिक महोत्सव २०८१ भब्यताका साथ सम्पन्न गर्न तेरह सदस्यीय मूल आयोजक समिति सर्बसम्मत गठन गरिएको हो । जसमा उपाध्यक्ष छबिराम आर्चाय,सचिब खुवराज भट्टराई,सहसचिव लक्ष्मी देवान,कोषाध्यक्ष गायत्रा श्रेष्ठ, सदस्यहरु भोलानाथ पाण्डे,खड्ग बहादुर गुरुङ्ग,डेकमान लोक्ताम, बिमान प्रसाद राई,देबी कुमारी लिम्बू,साबित्रा राजबंशी,तारा आपागाँई,देबेन्द्र दर्नाल रहेको जनाईएको छ। यसै महोत्सव मूल आयोजक समितिले महोत्सव सम्बन्धि सम्पूर्ण कार्य अन्य समिति गठन सहित आगामी महोत्सव लगाउने तिथिमिति समेत तोक्ने जनाईएको छ। भेलामा औचित्य माथि प्रकाश बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्ग र सहजीकरण वडा सदस्य पृथ्वी बस्नेतले गरेको जनाइएको हो।
Comments
Post a Comment