Posts

Showing posts from September, 2022

२०७९ बडादशैं,दिपावली,छठपर्व,नेपाल सम्बतको शुभकामना

Image
                              बिराट सरोबर बहुउदेश्यीय बिकाश                                            समिति                          अध्यक्ष इन्द्र प्रसाई                                   एबं             सम्पूर्ण कार्यकारी सहित सदस्य परिवार                बिर्तामोड-३, बिराटपोखर,झापा

२०७९ बडादशैं, दिपावली,छठ पर्व नेपाल सम्बतको शुभकामना

Image
                                 मनकामना कृतन मण्डली                       अध्यक्ष नैनकला थापा                                   एबं             सम्पूर्ण कार्यकारी सहित सदस्य परिवार                बिर्तामोड-९/१०, बिराटपोखर,झापा

२०७९ बडादशैं,छठ पर्व,नेपाल सम्बतको शुभकामना

Image
  अध्यक्ष प्रकाश चन्द्र बराल देउराली बचत तथा ऋण सहकारी सस्था चारपाने-१,परिवार              

तमू ह्युल छोंज धींद्वारा चार जना सम्मानित

Image
  आसोज १०,झापा सुरेश आले "सर्जु" बिर्तामोड,तमू ह्युल छोंज धीं गुरुङ समाज बिर्तामोड नगर समितिको तेश्रो बार्षिक साधारण सभामा चार जना सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा एकजना जनप्रतिनिधि र एस ई ई मा उत्कृष्ट अंक ल्याउने नगरका  तीन जना रहेका हुन् । उनीहरू लाई समाजको तेश्रो बार्षिक साधारण सभामा आज सम्मान गरिएको हो। कार्यक्रम बिर्तामोड-१० स्थित सैनिक बजारको सामुदायिक सभा हलमा आयोजना गरिएको थियो । समाजको बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्य र  उपस्थितहरुमा बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ, जिल्ला कार्य समिति अध्यक्ष टिकाराम गुरुङ, निर्वतमान केन्द्रिय सदस्य दिलिप गुरुङ, निर्वतमान जिल्ला अध्यक्ष सन्तोष गुरुङ, केन्द्रिय सचिवालय सल्लाहाकार जल कुमार गुरुङ, सस्थापक अध्यक्ष डि के गुरुङ, महिला अध्यक्ष दुर्गा गुरुङ, संस्थापक उपाध्यक्ष जीत बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथि आनन्द गुरुङले दिप प्रज्वलन गरि शुरु गरेकाे कार्यकममा राष्ट्रिय गान,गुरुङ समुदायको गान बजाईनु साथै श...

बहुल राष्ट्रिय समाजबादीको झापा सम्मेलन सम्पन्न

Image
  भदौ ९,झापा बिर्तामोड,बहुल राष्ट्रिय समाजबादी पार्टी नेपालले झापा जिल्ला कार्यक्रता सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रम बिर्तामोड ३ स्थित गौरवती सतानु सिंह स्मृति प्रतिष्ठानको सभाहल सतानुबारी सैनिकमोडमा आयोजना गरिएको हो। सम्मेलनमा झापा जिल्ला कार्यक्रता लगायत केन्द्रिय सदस्य हरुको उपस्थित रहेको थियो  प्रमूख अतिथि केन्द्रिय अध्यक्ष किशोर कुमार बिश्वास रहेको कार्यक्रममा केन्द्रिय सदस्य हरि नारायण चौधरीको अध्यक्षता रहेको थियो भने उपस्थित हरुमा केन्द्रिय सदस्य गीता देबी चौधरी, केन्द्रिय सदस्य गीता देबी राई चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ ईन्चार्ज भागत लाल चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ सह इन्चार्ज भिम बहादुर राजबंशी,केन्द्रिय सदस्य सुनसरी जिल्ला इन्चार्ज सुरत लाल चौधरी,ताजपुरिया बिकाश समिति पूर्व केन्द्रिय अध्यक्ष  कुञ्ज ताजपुरिया,थारू कल्याण संघ जिल्ला सचिव झापा हरि प्रसाद चौधरी, ग्राभुर  फ्रन्ट पूर्व केन्द्रिय अध्यक्ष भरत राजबंशी,ठेकेदार संघ झापाका राम चन्द्र दास लगायत रहेका थिए । असोज ८ गते शनिबार सम्पन्न कार्यक्रममा बक्ताहरु गीता देबीचौधरी. भिम बहादुर राजबंशी...

बिराटपोखरीमा दाताले दिएको सहयोग अलपत्र

Image
पोखरीमा अलपत्र डस्टबिन   प्रसिद्ध धार्मिक तथा एतिहासिक बिराटपोखरीमा  भौतिक सामाग्री सहयोग गर्ने दाताहरुको सूची लामै छ । ति दाताहरुले पोखरीको भौतिक स्तर उन्नतिका लागि पोखरी संरक्षण हुनथाले पछि ति संरचना निर्माणमा सहयोग गरेका हुन् । बिगत देखि बर्तमान सम्म आईपुग्दा बिराटपोखरीमा भौतिक सहयोग गर्ने दाताहरूको संख्या दिनदिनै थपिदै जादैछ यो  अर्थमा पोखरीमा भौतिक सामाग्री थप हुदै जानु पर्ने हो तर ति निर्माण गरिदिएका सामाग्री दिनदिनै जिर्ण नष्ट र अलपत्र हुने क्रम बढेको छ ।२०६६ साल मंसिर २९ गते हाल बिर्तामोड निवासी डिल्ली कुमार गुरुङ्ग र भवानी माया गुरुङ्गले रु.एकलाख पचहत्तर हजार खर्च गरेर पोरवरीमा निर्माण गरिएको बोरिङ्गको मोटर चोरी भएको छ । ८ हर्ष पावर उल्लेख गरिएको बोरिङ्गको थ्रि फेज तार भूॅईमा अलपत्र अवस्थामा छ । सोही प्रयोजनको लागि निर्माण भएको भवनको ढोका र अन्य विद्युतिय सामाग्री अलपत्र अवस्थामा देखिन्छ । यसैगरि २०६६ सालमा उनै गुरुङ्ग परिवारबाट निर्माण गरिदिएको खाने पानीको कलको नामोनिशान छैन खाली मार्वल शिलालेख र सिमेण्टीका भौतिक संरचना मात्र देख्न पाईन्...

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

Image
२ असोज,झापा दमक सम्वाददाता दमक,सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएको हो । सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् । भदौ ३१ शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो ।  कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो । पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करि...

कन्काई स्वतन्त्र नागरिक कार्य सम्पादन ३ वडा समिति गठन

Image
अध्यक्ष शेर बहादुर थापा सन्तोष बेघा असोज १,झापा कन्काई,कन्काई नगरपालिका वडा न. ३ स्वतन्त्र नागरिक कार्य सम्पादन समुह समिति गठन भएको छ।स्वतन्त्र कार्य सम्पादन समुह कन्काईका सऺयोजक श्री शेर बहादुर थापाको सभापतित्वमा समिति गठन भएको हो। भने समुहका सदस्य दुर्गा ढकालले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।   स्वतन्त्र नागरिक कार्य सम्पादन समुह शिव सताक्षी सऺयोजक नवराज सुबेदीले सऺगठित भईरहेको स्वतन्त्र नागरिक कार्य सम्पादन समुह कार्यको खुलेर प्रशंसा गर्नु भयो । पार्टि प्रतिको तितो अनुभबलाई बताउदै स्वतन्त्र नागरिक समुह प्रदेश सऺयोजक युक्त भेटवालले अबको एक मात्र जनताको बिश्वास स्वतन्त्र नागरिक समुह रहेको छ भन्नु भएको हो ।   समुहका सदस्य दिननाथ खतिवडाले सऺचालन गर्नु भएको भदौ ३१ गते शुक्रबार  सम्पन्न  कार्यकममा स्वतन्त्र नागरिक कार्य सम्पादन समुह कन्काईका सदस्यहरु  मोहन  उप्रेती,  चन्द्र मैनाली र लक्ष्मी ओली लगायतले  आफ्ना बिचार राखेका थिए। कार्यक्रममा सहभागी कन्काई नगरपालिका वडा नं ३ श्री कृष्ण प्रणामी मन्दिर भवन टपूमा २१ सदस्य समिति गठन भएको ह...

झापा क्षेत्र न.३ स्वतन्त्रका उम्मेद्वार दिपेन

Image
दिपेन याक्थुम्बा सुरेश आले "सर्जु" भदौ २८.झापा  बिर्तामोड, झापा क्षेत्र न. ३ बाट स्वतन्त्र तर्फको संसदिय निर्बाचनमा उम्मेद्वार बन्ने निश्चित भएपछि झापाका दिपेन चर्चामा छन् । अगामी मंसिर ४ गते हुने संसदिय निर्बाचनमा झापा क्षेत्र न.३ बाट  उनको इन्ट्री हुने भएको हो। आज भोली उनको दिनचर्या सामाजिक,राजनैतिक बिषयको सुधार र भेटघाटमा बित्न थालेको पाईन्छ ।  साझा उम्मेद्वारको रुपमा आफूलाई घोषणा गरेसंगै राजनिति तर्फ यतिखेर सकृय भएका हुन् । स्थानिय निकायको गलत प्रवृति तर्फ निगरानी बढाउनु,जनताका समस्यासंग सरोकार राख्नु,गलत नितिको भण्डाफोर गर्नु,उनको दिनचर्या बनेको छ । आफूले अगाडी सारेका एजेन्डा १८-२४ वर्ष उमेरका युवा युवती लाई रोजगार को ग्यारेन्टी,ई भोटिङ्ग,राइट टु रिजेक्ट, समावेशी सिटमा दक्ष ब्यात्तिको  पहुँच, संघियताको नाममा बढी लिएको कर घटाउने,पूरानो राजनितीको नाममा भै रहेको अबैद्य ब्यापार निरुत्साहित गर्न , संसदिय ब्यबस्थामा भैरहेको राजनितिकृत न्यायलय तथा कर्मचारी तन्त्रको जर्जर अवस्थाबाट नागरिकलाई मुक्ति पाउनको लागि ब्याक्ति मात्र होइन ब्यबस्था परिबर्तन गर्न खाँचो छ त्यही खाँ...

इन्डक्सन चुल्होको भरमा होटल

Image
  सुरेश आले "सर्जु" भाद्र२६,झापा बिर्तामोड , इलेक्ट्रिक चुल्होले शेखर पोखरेलको जिन्दगी बद्लिएको छ । जब देखि उनले बिद्युतिय चुल्हो प्रयोग गरे उनको आम्दानी बढेको साथै झन्झट पनि सकिएको हो । इलेक्ट्रिक चुल्होको साथम शेखर पोखरेल चिया एक एक छिनमा अर्डर आउछ जब देखि इलेक्ट्रिक चुल्हो आयो टयाक्क थिच्यो चिया बनायो दियो । मैले चाही यो चुल्हो लाभकारी पाएँ शेखर पोखरेलको श्रीमति होमा पोखरेलले भनिन् । शुरुमा यो चुल्हो प्रयोग गर्दा बिभिन्न कुराहरु भए आफैलाई पनि अचम्म लाग्यो धेरैले हेरे सोधे तर अब बिस्तारै आफूलाई पनि सहज भयो । शेखर दम्पतिले होटलमा २०७० साल देखि चिया बनाउन इलेक्ट्रिक चुल्हो प्रयोग गर्दै आईरहेका छन् ।  घाटा नाफा त त्यस्तै हो हिसाब हो तर ग्यास सिलिण्डर नपाएको बेला र सजिलोमा भने यो चुल्हो मद्दतकारी भएको उनको अनुभव छ। शेखरले आठ वर्षको अवधिमा २ वटा बिधुतिय चुल्हो प्रयोग गरे । एउटा ११ महिना चले पछि बिग्रियो त्यस पछि अर्को चुल्हो अहिले सम्म चलिरहेको छ । यसले धुवॉ धूलो र आवाज निकाल्दैन उनले भने। इलेक्ट्रिक चुल्होमा चिया बनाउदै होमा पोखरेल बिर्तामोड कृषिथोक रोडका इलेक्ट्रिक चुल्हो ब्या...

केशव,जो गाउँमा गोबर ग्यास फैल्याउछन्

Image
  केशव मैनाली भाद्र २७,झापा सुरेश आले "सर्जु"   बिर्तामोड, अहिले पनि झापा जिल्लामा बायोग्यासको क्रेज उत्तिकै छ । यो क्रेज ग्रामिण ईलाकामा मात्र नरहेर शहरी क्षेत्रमा समेत फैलिएको पाईन्छ। बिगत ३६ बर्ष देखि बायोग्यास निर्माणको क्षेत्रमा बिर्तामोड १० धनबीर बाडी टोलका केशव मैनाली यसै बायोग्याससंग सम्बन्धित रहेर बायोग्यास निर्माण कार्यमा तल्लिन छन्। उनी बायोग्यास प्रर्बद्धन गर्ने बिर्तामोडका एक कम्पनीका सुपरभाईजर हुन् ।  तथापि आफै बायोग्यास निर्माण कार्यमा मजदुर भएर खट्ने गर्छन् । यस क्षेत्रमा नयाँ बायोग्यास  प्लान्ट निर्माण गर्नु परे र बनेका पुराना प्लान्ट मर्मत गर्नु पर्दा केशवलाई सम्झने गरिन्छ। बि.स. २०४३ सालबाट उनले बायोग्यास प्लान्ट निर्माण क्षेत्रमा हात हालेका हुन् । आज आएर उनको यो कामको चर्चा यस क्षेत्रमा निकै चर्चित बन्ने गरेको पाईन्छ । ३० बर्ष पहिलेको आफूले बनाएको प्लान्टमा केशव २०४३ सालको कुरा कक्षा ९ मा महेन्द्र रत्न मा.बि.अनारमनीमा पढ्दै गर्दा गाउँकै छिमेकी पूण्य प्रसाद उप्रेतीले आफ्नो घरमा बायोग्यास प्लान्ट निर्माण गर्दा केशवले त्यसमा काम गर्ने अठोट र संकल्प ग...

बिराट आधारभूतका प्र अ बाँस्कोटालाई कारवाही गर्न पत्राचार

Image
बि.ब्या.को बैठक सुरेश आले "सर्जु" भदौ २१,झा बितामोड,बिर्तामोड १० बिराट आधारभूत विद्यालयका प्रअ बद्री प्रसाद बास्कोटा लाई कारवाही गर्न  बिर्तामोड नगरपालिका नगर प्रमूख  स्तरिय बैठकले निर्णय गरेको छ। उक्त निर्णय सहितको पत्र शिक्षा बिकास समन्वय इकाई  भद्रपूर झापालाई पत्राचार गरिएको हो। पत्रमा सामाजिक तथा अन्तिम  लेखा परिक्षण नगराईएको बिषय उल्लेख छ । पत्र अनुसार बिद्यालयका प्रअ ले २०७६ /०७७ र २०७७/२०७८ को सामाजिक  परिक्षण तथा अन्तिम लेखा परिक्षण गराई नगरपालिकामा पेश गर्नु पर्नेमा सो कार्य नगरेकोले विद्यालयको आर्थिक अनुशासन कायम नभएको र पटक पटक मौखिक तथा  लिखित अनुरोध गर्दा समेत अटेर गरेकोले नगर प्रमुख स्तरिय बैठक बसि संघीय शिक्षा ऐन नियम बोमजिम आवश्यक कारबाही गर्नको लागि ब्यहोरा उल्लेख छ । पत्रको  बोर्घाथ श्री बिराट आधारभूत बिद्यालयलाई समेत लेखिएको र आवश्यक कागजात समेत संलग्न गरिएको समेत साथमा उल्लेख छ । बैठक ५/१६  गते बसेर उक्त निर्णय गरिएकाे जानकारी समेत उल्लेख गरिएको छ । सोही पत्र इकाईमा पठाईएको हो। हिसाब प्रतिबेदन बिर्तामोड नगरपालिका शिक्षा शाखा प्...

कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादनको वडा समिति गठन

Image
 भदौ १८, झापा जनक न्यौपाने,कन्काई कन्काई, कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको  वडा समिति गठन भएको छ । समूहको आयाेजनामा  कनकाई नगरपालिका वडा न.८ को वडा समिति गठन भएको हो । कन्काईका समाजसेवी ब्यक्तित्व तथा समूहका संयोजक शेर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा बिभिन्न क्षेत्रका ब्याक्ति हरूको उपस्थिती रहेको थियो । उपस्थित जन समुदाय समूहका सदस्य मोहन राजबंशीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कन्काई ८ का ८६ बर्षीय जेष्ठ नागरिक उमानाथ मैनालीले सारगर्वित मन्त्ब्य राख्नु भएको थियो । अध्यक्ष थापाले देश राजनैतिक पार्टीको  दबदबाले जनतामा बितृष्णा पैदा भएको जनाउनु भयो । यस्तो अवस्थामा स्वतन्त्र नागरिक कार्य सम्पादन एकमात्र  जनताको साथमा रहने उहाँले भन्नु भयो। करीब १५० जनाको  उपस्थितिमा कन्काई  ८ पारिजात टोलको  शिव पान्चायन मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा आज ८ न.वडा समिति गठन भएको हो।  अध्यक्ष थापा मन्तब्य राख्दै समितिमा राजु बिडारी अध्यक्ष,अमर राजवंशी र तोयानाथ उप्रेती उपाध्यक्ष, दुर्गा सुवेदी र सु...