तमू ह्युल छोंज धींद्वारा चार जना सम्मानित
आसोज १०,झापा
समाजको बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्य र उपस्थितहरुमा बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ, जिल्ला कार्य समिति अध्यक्ष टिकाराम गुरुङ, निर्वतमान केन्द्रिय सदस्य दिलिप गुरुङ, निर्वतमान जिल्ला अध्यक्ष सन्तोष गुरुङ, केन्द्रिय सचिवालय सल्लाहाकार जल कुमार गुरुङ, सस्थापक अध्यक्ष डि के गुरुङ, महिला अध्यक्ष दुर्गा गुरुङ, संस्थापक उपाध्यक्ष जीत बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि आनन्द गुरुङले दिप प्रज्वलन गरि शुरु गरेकाे कार्यकममा राष्ट्रिय गान,गुरुङ समुदायको गान बजाईनु साथै शहिद प्रति मौन धारण र कलाकार निकिता गुरुङले आर्कषक नृत्य प्रश्तुत गरेकी थिइन् भने २०७८ मा उत्कृष्ट अंक ल्याउने नगरका तीनजना बिर्तामोड १० की निकिता गुरुङ,बिर्तामोड ५ का पेम्बा गुरुङ र बिर्तामोड १० की रेजिना गुरुङ लाई नगद एकहजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । साथै दुई पटक बिर्तामोड-१० को वडा अध्यक्ष पदमा निर्बाचित बर्तमान १० का वडा अध्यक्ष दुर्योधन गुरुङ लाई जनताको अशल शेवक जनप्रतिनिधिको रुपमा सम्मान पत्रले पनि सम्मान गरिएको थियो। उहाँले गुरुङजाती को जातीय मर्यदा उच्च राखेको समेत कार्यकममा जनाईएको हो। कार्यक्रममा बिर्तामोड-३ निवासी समाजसेवी गंगा माया गुरुङले बिर्तामोड-३ बुद्धनगरमा रहेको समाजको जग्गामा जातीय संग्रहालय निर्माणको लागि रु. पाँचलाख सहयोग गर्नु भएको हो। अध्यक्ष सल बहादुर गुरुङले बार्षिक प्रगति बिवरण प्रश्तुत गर्नका साथै जातीय संग्रहालय निर्माणमा सहयोग गर्न सबैलाई अपिल सहित गुरुङ भाषा संस्कृति संरक्षण गर्न अपिल साथै नजिकिदै गरेको महान चाड बडा दशैं दिपावली र छठ पर्वको समेत शुभकामना दिनुभयो । बक्ताहरु दुर्योधन गुरुङ,जल कुमार गुरूङ, टिकाराम गुरुङले शुभकामना मन्तब्य राखेको कार्यक्रमको संचालन समाजका सचिव लिला गुरुङले गरेका थिए।
Comments
Post a Comment