इन्डक्सन चुल्होको भरमा होटल

 

सुरेश आले "सर्जु"

भाद्र२६,झापा

बिर्तामोड , इलेक्ट्रिक चुल्होले शेखर पोखरेलको जिन्दगी बद्लिएको छ । जब देखि उनले बिद्युतिय चुल्हो प्रयोग गरे उनको आम्दानी बढेको साथै झन्झट पनि सकिएको हो ।

इलेक्ट्रिक चुल्होको साथम शेखर पोखरेल
चिया एक एक छिनमा अर्डर आउछ जब देखि इलेक्ट्रिक चुल्हो आयो टयाक्क थिच्यो चिया बनायो दियो । मैले चाही यो चुल्हो लाभकारी पाएँ शेखर पोखरेलको श्रीमति होमा पोखरेलले भनिन् ।
शुरुमा यो चुल्हो प्रयोग गर्दा बिभिन्न कुराहरु भए आफैलाई पनि अचम्म लाग्यो धेरैले हेरे सोधे तर अब बिस्तारै आफूलाई पनि सहज भयो ।
शेखर दम्पतिले होटलमा २०७० साल देखि चिया बनाउन इलेक्ट्रिक चुल्हो प्रयोग गर्दै आईरहेका छन् । घाटा नाफा त त्यस्तै हो हिसाब हो तर ग्यास सिलिण्डर नपाएको बेला र सजिलोमा भने यो चुल्हो मद्दतकारी भएको उनको अनुभव छ। शेखरले आठ वर्षको अवधिमा २ वटा बिधुतिय चुल्हो प्रयोग गरे । एउटा ११ महिना चले पछि बिग्रियो त्यस पछि अर्को चुल्हो अहिले सम्म चलिरहेको छ । यसले धुवॉ धूलो र आवाज निकाल्दैन उनले भने।
इलेक्ट्रिक चुल्होमा चिया बनाउदै होमा पोखरेल
बिर्तामोड कृषिथोक रोडका इलेक्ट्रिक चुल्हो ब्यापारी  रबिन खरेलले चाइनिज इन्डियन र कोरियन ३ प्रकारको चुल्हो बिक्रिमा राखिएको बताए। यसलाई  ईन्डक्सन चुल्हो पनि भनिने गरिन्छ । नेपाली इन्जिनियरहरुले पनि यसको अविष्कार गरेका छन् तर बजारमा ब्रान्ड बनेर आइसकेको छैन । इन्ड्कसन चुल्होको माग बिस्तारै बड्दै गएको उनको भनाई छ । अब धेरै प्रयोगमा आईसक्यो उनले भने ।

शेखर दम्पति बिगत आठ बर्ष अधिको समय देखि इलेक्ट्रिक चुल्हो मार्फत चिया बनाएर बिक्रि गर्दैछन् भने उनीहरूले चिया नाश्ता बिक्रि गरेको २३ बर्ष अवधि भयो। यस बिचमा उनीहरूले दाउरा,स्टोभ,ग्यास चुल्हो प्रयोग गरिसकेका छन्।

हाल बिर्तामोड शनिश्चरे रोडमा चिया नाश्ता बिक्रि गर्ने उनीहरु  इन्डक्सन चुल्होको भरमा चिया बनाएर बिक्रि गर्दै खुशी छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते