कन्काई स्वतन्त्र नागरिक कार्य सम्पादन ३ वडा समिति गठन



अध्यक्ष शेर बहादुर थापा

सन्तोष बेघा
असोज १,झापा

कन्काई,कन्काई नगरपालिका वडा न. ३ स्वतन्त्र नागरिक कार्य सम्पादन समुह समिति गठन भएको छ।स्वतन्त्र कार्य सम्पादन समुह कन्काईका सऺयोजक श्री शेर बहादुर थापाको सभापतित्वमा समिति गठन भएको हो। भने समुहका सदस्य दुर्गा ढकालले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । 

 स्वतन्त्र नागरिक कार्य सम्पादन समुह शिव सताक्षी सऺयोजक नवराज सुबेदीले सऺगठित भईरहेको स्वतन्त्र नागरिक कार्य सम्पादन समुह कार्यको खुलेर प्रशंसा गर्नु भयो । पार्टि प्रतिको तितो अनुभबलाई बताउदै स्वतन्त्र नागरिक समुह प्रदेश सऺयोजक युक्त भेटवालले अबको एक मात्र जनताको बिश्वास स्वतन्त्र नागरिक समुह रहेको छ भन्नु भएको हो ।

  समुहका सदस्य दिननाथ खतिवडाले सऺचालन गर्नु भएको भदौ ३१ गते शुक्रबार  सम्पन्न कार्यकममा स्वतन्त्र नागरिक कार्य सम्पादन समुह कन्काईका सदस्यहरु  मोहन  उप्रेती, चन्द्र मैनाली र लक्ष्मी ओली लगायतले  आफ्ना बिचार राखेका थिए।

कार्यक्रममा सहभागी

कन्काई नगरपालिका वडा नं ३ श्री कृष्ण प्रणामी मन्दिर भवन टपूमा २१ सदस्य समिति गठन भएको हो।उक्त वडा समितिमा अध्यक्ष चन्द्र भेटुवाल, उपाध्यक्षहरु  दिपक पाण्डे र दुर्गा पसाद भट्टराई, सचिवमा केदार कार्की, उपसचिवहरुमा खेमनाथ पौडेल र एक जना मनोनयन हुन बाँकि, कोषाध्यक्षमा राधादेवि दाहाल ढकाल,सदस्यहरुमा कमश : दुर्गा रिमाल, महेन्द्र खरेल, भुमि प्रसाद सऺगौला, राज कुमार न्यौपाने, टेक थापा, सोमनाथ खरेल, उमेश उप्रेती, देबी प्रसाद खरेल, डम्बर बहादुर दाहाल, राजन पराजुली, भिम प्रसाद दाहाल, माधव भेटुवाल, टेक नारायण अधिकारी र एक जना सदस्य मनोनित हुन बाँकि रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

 कार्यक्रमको अनत्यमा सदस्य लक्ष्मी गुरुङ्गले नयाँ समितिलाई कार्यकालको शुभकामना दिनु भयो भने कार्यक्रमका सभापति शेर बहादुर थापाले पार्टिहरुले गरेको भष्टचार बिरुद्ध सधै आवाज उठाईरहने र खबरदारी गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । 

समूहको वडा समिति गठन कार्य अगाडी बढिरहेको जनाइएको छ । यस अघि कन्काई वडा न.५,६,८ र ९ वडा समिति गठन भैसकेका छन् ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते