बहुल राष्ट्रिय समाजबादीको झापा सम्मेलन सम्पन्न
भदौ ९,झापा
प्रमूख अतिथि केन्द्रिय अध्यक्ष किशोर कुमार बिश्वास रहेको कार्यक्रममा केन्द्रिय सदस्य हरि नारायण चौधरीको अध्यक्षता रहेको थियो भने उपस्थित हरुमा केन्द्रिय सदस्य गीता देबी चौधरी, केन्द्रिय सदस्य गीता देबी राई चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ ईन्चार्ज भागत लाल चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ सह इन्चार्ज भिम बहादुर राजबंशी,केन्द्रिय सदस्य सुनसरी जिल्ला इन्चार्ज सुरत लाल चौधरी,ताजपुरिया बिकाश समिति पूर्व केन्द्रिय अध्यक्ष कुञ्ज ताजपुरिया,थारू कल्याण संघ जिल्ला सचिव झापा हरि प्रसाद चौधरी, ग्राभुर फ्रन्ट पूर्व केन्द्रिय अध्यक्ष भरत राजबंशी,ठेकेदार संघ झापाका राम चन्द्र दास लगायत रहेका थिए ।
असोज ८ गते शनिबार सम्पन्न कार्यक्रममा बक्ताहरु गीता देबीचौधरी. भिम बहादुर राजबंशी.कुञ्ज ताजपुरिया, किशोर कुमार बिश्वाश लगायतले बहुल राष्ट्रिय समाजबादी पार्टी नेपालले बहुल भाषी,बहुल जाति नेपालीको भावना अनुरूप कार्य गर्ने,त्यै प्रकारले रातो,पहेलो सूर्य सहितको कालो रङ्गमा झण्डा निर्माण आफना धारणा सहितको तयार गरिएको,हालको नेपाल अधिराज्यको संबिधान जारी भएको २०७२ साल र असोज ३ गतेलाई कालो दिन मानिएको,पार्टी भन्दा माथि उठेर बहुल राष्ट्रिय समाजबादी पार्टी नेपालले काम गर्ने लगायतका भनाई राखेका थिए।
अध्यक्ष हरिनारायण चौधरीले बिकृतिको रुपमा फैलदै गएको सिमित जातिको हातमा रहेको सत्ता एकदिन बहुल जातिको हातमा पनि आउने धारणा ब्यक्त गर्नु भयो भने झापा जिल्ला कार्य समिति समेत गठन गरिने भनिएको उक्त कार्यक्रममा विशेष कारणबश समिति गठन हुन नसकेको जनाईएको थियो । स्वागत मन्तव्य थरुहट कोचिला राज्य समिति सदस्य प्रदिप कुमार चौधरीले गरेको कार्यक्रमको संचालन केन्द्रिय सदस्य सरवन सुधियार थारूबाट गरिएको थियो।
Comments
Post a Comment