कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादनको वडा समिति गठन
भदौ १८, झापा
जनक न्यौपाने,कन्काई
समूहका सदस्य मोहन राजबंशीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कन्काई ८ का ८६ बर्षीय जेष्ठ नागरिक उमानाथ मैनालीले सारगर्वित मन्त्ब्य राख्नु भएको थियो । अध्यक्ष थापाले देश राजनैतिक पार्टीको दबदबाले जनतामा बितृष्णा पैदा भएको जनाउनु भयो । यस्तो अवस्थामा स्वतन्त्र नागरिक कार्य सम्पादन एकमात्र जनताको साथमा रहने उहाँले भन्नु भयो। करीब १५० जनाको उपस्थितिमा कन्काई ८ पारिजात टोलको शिव पान्चायन मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा आज ८ न.वडा समिति गठन भएको हो।
समितिमा राजु बिडारी अध्यक्ष,अमर राजवंशी र तोयानाथ उप्रेती उपाध्यक्ष, दुर्गा सुवेदी र सुरेश मैनाली सचिव,भिष्म राजबंशी सह सचिव देबीमाया खड्का कोषाध्यक्ष र सदस्यहरुमा अमिन राजवंशी,देवी खड्का,टिका लावती,सुर्य बि.क,ताला सोरेन,पुण्य बिमली,लाल बहादुर बुढाथोकी रहेका छन् । कार्यक्रममा कन्काई नगरपालिका ५,६ र ९ मा यस अधि नै समिति गठन गरिसकिएको जनाईएको थियो। कार्यक्रमको संचालन भने समूहका सदस्य दिनानाथ खतिवडाले गरेका थिए।
कन्काई, कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको वडा समिति गठन भएको छ । समूहको आयाेजनामा कनकाई नगरपालिका वडा न.८ को वडा समिति गठन भएको हो । कन्काईका समाजसेवी ब्यक्तित्व तथा समूहका संयोजक शेर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा बिभिन्न क्षेत्रका ब्याक्ति हरूको उपस्थिती रहेको थियो ।
![]() |
उपस्थित जन समुदाय |
![]() |
अध्यक्ष थापा मन्तब्य राख्दै |
Comments
Post a Comment