कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादनको वडा समिति गठन



 भदौ १८, झापा
जनक न्यौपाने,कन्काई

कन्काई, कन्काई स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको  वडा समिति गठन भएको छ । समूहको आयाेजनामा  कनकाई नगरपालिका वडा न.८ को वडा समिति गठन भएको हो । कन्काईका समाजसेवी ब्यक्तित्व तथा समूहका संयोजक शेर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा बिभिन्न क्षेत्रका ब्याक्ति हरूको उपस्थिती रहेको थियो ।

उपस्थित जन समुदाय
समूहका सदस्य मोहन राजबंशीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कन्काई ८ का ८६ बर्षीय जेष्ठ नागरिक उमानाथ मैनालीले सारगर्वित मन्त्ब्य राख्नु भएको थियो । अध्यक्ष थापाले देश राजनैतिक पार्टीको  दबदबाले जनतामा बितृष्णा पैदा भएको जनाउनु भयो । यस्तो अवस्थामा स्वतन्त्र नागरिक कार्य सम्पादन एकमात्र  जनताको साथमा रहने उहाँले भन्नु भयो। करीब १५० जनाको  उपस्थितिमा कन्काई  ८ पारिजात टोलको  शिव पान्चायन मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा आज ८ न.वडा समिति गठन भएको हो। 

अध्यक्ष थापा मन्तब्य राख्दै
समितिमा राजु बिडारी अध्यक्ष,अमर राजवंशी र तोयानाथ उप्रेती उपाध्यक्ष, दुर्गा सुवेदी र सुरेश मैनाली सचिव,भिष्म राजबंशी सह सचिव देबीमाया खड्का कोषाध्यक्ष र सदस्यहरुमा अमिन राजवंशी,देवी खड्का,टिका लावती,सुर्य बि.क,ताला सोरेन,पुण्य बिमली,लाल बहादुर बुढाथोकी रहेका छन् । कार्यक्रममा कन्काई नगरपालिका ५,६ र ९ मा यस अधि नै समिति गठन गरिसकिएको जनाईएको थियो। कार्यक्रमको संचालन भने समूहका सदस्य दिनानाथ खतिवडाले  गरेका थिए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया