बिराटपोखरीमा दाताले दिएको सहयोग अलपत्र

पोखरीमा अलपत्र डस्टबिन

  प्रसिद्ध धार्मिक तथा एतिहासिक बिराटपोखरीमा  भौतिक सामाग्री सहयोग गर्ने दाताहरुको सूची लामै छ । ति दाताहरुले पोखरीको भौतिक स्तर उन्नतिका लागि पोखरी संरक्षण हुनथाले पछि ति संरचना निर्माणमा सहयोग गरेका हुन् । बिगत देखि बर्तमान सम्म आईपुग्दा बिराटपोखरीमा भौतिक सहयोग गर्ने दाताहरूको संख्या दिनदिनै थपिदै जादैछ यो  अर्थमा पोखरीमा भौतिक सामाग्री थप हुदै जानु पर्ने हो तर ति निर्माण गरिदिएका सामाग्री दिनदिनै जिर्ण नष्ट र अलपत्र हुने क्रम बढेको छ ।२०६६ साल मंसिर २९ गते हाल बिर्तामोड निवासी डिल्ली कुमार गुरुङ्ग र भवानी माया गुरुङ्गले रु.एकलाख पचहत्तर हजार खर्च गरेर पोरवरीमा निर्माण गरिएको बोरिङ्गको मोटर चोरी भएको छ । ८ हर्ष पावर उल्लेख गरिएको बोरिङ्गको थ्रि फेज तार भूॅईमा अलपत्र अवस्थामा छ । सोही प्रयोजनको लागि निर्माण भएको भवनको ढोका र अन्य विद्युतिय सामाग्री अलपत्र अवस्थामा देखिन्छ । यसैगरि २०६६ सालमा उनै गुरुङ्ग परिवारबाट निर्माण गरिदिएको खाने पानीको कलको नामोनिशान छैन खाली मार्वल शिलालेख र सिमेण्टीका भौतिक संरचना मात्र देख्न पाईन्छ। गुरुङ्ग परिवारबाट पोखरीको  पूर्व भागमा बोरिङ्ग र उत्तर पूर्वी भागमा पानी खाने कलको ब्यबस्था गरिदिएका थिए। यति मात्र होइन बिर्तामोड १० निबासी मेदनी मैनालीले २०६३ कात्तिक १६ गते पोखरीको पूर्वी मध्य भागमा निर्माण गरिदिएको पानी पिउनको लागि कलको पनि नामोनिशान छैन । उनले निर्माण गरिदिएको कलको सिमेण्टी संरचना र मार्बल शिलालेख मात्र देख्न पाईन्छ । २०५७ सालमा हाल बिर्तामोड -३ सैनिकमोड निवासी श्याम गुरुङ्गले रु. दुई लाख खर्च गरेर निर्माण गरिदिएको दुई पाखे चौतारोको रेलिङ्ग चोरी भएको हो। रङ्ग रोगन र मर्मत नहुनाले उक्त चौतारो जिर्ण बन्दै जादैछ । उक्त चौतारो पोखरीको पूर्व मध्य भागमा रहेको छ। त्यसै गरि स्व: दधिराम चुडालले बर र पिपल रोपेर पोखरीको पूर्व उत्तर भागमा निर्माण गरिदिएको ठूलो चौतारो मर्मत नहुँदा जिर्ण बन्दै गै रहेको छ। यसरी भौतिक संरचना दिनदिनै जिर्ण हुदै गैरहेको हो। स्थानिय खड्ग प्रसाद प्रसाईको भनाई अनुसार कल नहुँदा पोखरीमा खाने पानीको समस्या छ । बोरिङ्गको मोटर चोरी भए पछि पोखरीमा सुख्खा याममा पानी हाल्न समस्या भएको हो । धेरै बर्ष सम्म ति बोरिङ्गले जलचर प्राणी र कलले यात्रीहरुको पानीको प्यास मेटेको थियो ।  तर हाल पश्चिम शिव मन्दिर अगाडी एउटा मात्र कल प्रयोगमा आईरहेको छ।
श्याम गुरङ्गले निर्माण गरेको चौतारो

अद्वैत भवनको बिजोग :- २०४६ सालमा बिभिन्न ब्याक्तिहरुसंग सहयोग मागेर पोखरीमा निर्माण गरिएको एउटै मात्र अद्वैत भवन पूरानो  जिर्ण भएर भित्र र बाहिर चिरा परिसकेको छ । यसरी यो भवनको मर्मत सम्भार नर्गने हो भने केही बर्षमै भत्कने संभावना बढेको हो। भवनलाई पोखरीको दक्षिण पट्टी शिव मन्दिर नजिकै निर्माण गरिएको छ। स्थानिय देबेन्द्र गौतमका अनुसार उ बेला भवन सार्है कष्टका साथ चन्दा संकलन गरेर दुःखका साथ निर्माण गरिएको बताए । अझै भवनमा नियमित सत्सङ्ग र पाठ पूजा गरिदै आएको सरोकारवाला देबी प्रसाद गौतम बताउछन्। न रङ्ग न रोगन न मर्मत सम्हार भवन जिर्ण बन्दै गएको छ। एउटा भएको अद्वैत भवन पनि पोखरीमा जीर्ण भएपछि यो पनि चिन्ताको बिषय बनेको हो ।

अदैत भवन

बृक्षारोपण सहयोग तर अलपत्र :- स्थानिय भूजेल थरका ब्याक्तिले बताए अनुसार पोखरीमा बिभिन्न ब्याक्ति,संघ संस्थाले समय समयमा बर, पिपल,समी,निम,लिच्ची लगायतका धार्मिक महत्वका बिरुवा साथै फलफूल समेतका बिरुवा पोखरी क्षेत्रमा रोपिदिने गरेका छन्। ति बिरुवाहरू बिभिन्न ब्याक्ति तथा संघ संस्थाको पहलमा रोपिएका हुन्। तथापि गाई बस्तुले खाईदिने मानिसले चोरेर लैजानाले उक्त बिरुवाको समेत उचित प्रबन्ध नभएको सुनाए। पोखरीमा पुरानो बिरुवा बाहेक हालका बिरुवा खासै फस्टाएको देखिएका छैनन् । पोखरीमा अझैपनि गाई बस्तु बाधिएको देखिन्छ । भएका पूराना बिरुवाहरुको पनि हाँगा काटने काट छाँटको प्रबन्ध भएको पाइएन । हावा हुरीको जोखिम कायम छ। रोपिएका बिरुवाको समेत महत्व छैन।

डस्टबिन फूटेका साथै भएका चौतारा जिर्ण :- पोखरीमा फोहोर राख्न ८ वटा जति डस्टबिन र साना ठूला गरेर निर्माण भएका ९ वटा चौतारा छन् । ति सबै चौतारा दाताको सहयोगमा निर्माण भएका हुन् ।तर डस्टबिनहरु फुट्ने क्रममा छन् भने चौतारोहरु जिर्ण भैसकेको छ । १-२ वटा चौतारो कामै नलाग्ने भएको छ । डस्टबिन फूटेको र डस्टबिनको फलाम स्टेन्ड माटोमा गाडिएर खिया लागेको छ । डस्टबिनको उचित संरक्षण  साथै चौताराको मर्मत नर्गने हो भने केही बर्षमै ति सबै नाशिएर जानेछन् ।

सरोकारवालाहरु यसो भन्छन् :- बिराट बहुउदेश्यीय बिकास समितिका अध्यक्ष इन्द्र प्रसाईले पहिले बिना योजना निर्माण भएका संरचनाहरुको बारेमा छलफल गरेर अन्यत्र सार्ने वा मर्मत गर्नु पर्ने कि भनेर बिचार गर्नुपर्ने भएको बताए। गुरु योजना सहितका भौतिक निर्माणमा ति संरचना बाघक हुने उनको भनाई छ । सुरक्षाको लागि भने अब भरपर्दो सुरक्षित उपाय अपनाईने उनले जानकारी गराए। त्यसै गरि सोही समितिका सचिव पूनम प्रसाईले पानीको मोटर गत भदौ पहिलो साता चोरी भएको हो र बिर्ता बजार प्रहरी चौकिमा खोजी गरिदिन निबेदन दिएको समेत जानकारी गराए साथै सुरक्षाको लागि राती चौकिदारको ब्यबस्था गर्नुपर्ने भने।

बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले समितिले सामाग्री चोरी भएको बिषयमा हाल सम्म केही अवगत नगराएको साथै नगर र वडाबाट सुरक्षा तथा भौतिक संरचना मर्मत गर्ने बारे के गर्न सकिन्छ सहयोग गर्नु पर्ने अवस्था आए छलफल गरेर योजना अगाडी ल्याइने जानकारी दिए।

बिर्ता बजार प्रहरी चौकीका इन्चार्ज प्रसनि प्रवीण खड्काले पोखरीमा गस्ती दिनमा दुई पटक दिन र रात गरि गरिराखिएको जानकारी दिदै चौकीमा जनशक्ति ६ जना मात्र रहेको र सुरक्षा दिनुपर्ने क्षेत्र ठूलो रहेको छ । तथापि सुरक्षाको सन्दर्भमा सक्दो ध्यान दिईएको भने । उक्त बिषयमा स्थानिय बिराट सामाजिक यूथ कल्वसंग पोखरीको जानकारी र सूरक्षा सम्बन्धि सूचना आदान प्रदान गरिने संझौता भएको छ भनि जानकारी गराए।

स्थानिय बिराट सामाजिक यूथ क्लबका अध्यक्ष सुनिल सोरेनले रातीको समयमा गाँजा,लागू पर्दाथ सेवन गर्ने ब्याक्तिले पोखरी असुरक्षित बन्दै गएकोले बिगत १ महिना देखि उत्तर तर्फको गेट रातीको समयमा बन्द गरिएको र पोखरीमा राती त्यस्ता ब्याक्ति भेटिने गरेको पनि भने। साथै स्थानिय युवाहरुले समेत रातीको  समयमा चौकिदारी गरिएको उनको भनाई छ । रातको समयमा पोखरी क्षेत्रमा बत्तिको ब्यवस्था नहुनाले पनि बिभिन्न व्याक्तिहरूले अंध्यारोको फाईदा उठाई रहेकाे उनको भनाई रह्यो।

बिर्तामोड -३ मा रहेको बिराट पोखरीलाई निजि पर्यटकिय क्षेत्र संग प्रतिस्पर्धा गर्नको लागि गुरु योजना साथसाथै अन्य धेरै कुराहरुमा समेत ध्यान दिनु पर्ने भएको देखिन्छ।







Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते