बिराट आधारभूतका प्र अ बाँस्कोटालाई कारवाही गर्न पत्राचार
![]() |
बि.ब्या.को बैठक |
सुरेश आले "सर्जु"
भदौ २१,झा
बितामोड,बिर्तामोड १० बिराट आधारभूत विद्यालयका प्रअ बद्री प्रसाद बास्कोटा लाई कारवाही गर्न बिर्तामोड नगरपालिका नगर प्रमूख स्तरिय बैठकले निर्णय गरेको छ। उक्त निर्णय सहितको पत्र शिक्षा बिकास समन्वय इकाई भद्रपूर झापालाई पत्राचार गरिएको हो। पत्रमा सामाजिक तथा अन्तिम लेखा परिक्षण नगराईएको बिषय उल्लेख छ ।
पत्र अनुसार बिद्यालयका प्रअ ले २०७६ /०७७ र २०७७/२०७८ को सामाजिक परिक्षण तथा अन्तिम लेखा परिक्षण गराई नगरपालिकामा पेश गर्नु पर्नेमा सो कार्य नगरेकोले विद्यालयको आर्थिक अनुशासन कायम नभएको र पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत अटेर गरेकोले नगर प्रमुख स्तरिय बैठक बसि संघीय शिक्षा ऐन नियम बोमजिम आवश्यक कारबाही गर्नको लागि ब्यहोरा उल्लेख छ । पत्रको बोर्घाथ श्री बिराट आधारभूत बिद्यालयलाई समेत लेखिएको र आवश्यक कागजात समेत संलग्न गरिएको समेत साथमा उल्लेख छ । बैठक ५/१६ गते बसेर उक्त निर्णय गरिएकाे जानकारी समेत उल्लेख गरिएको छ । सोही पत्र इकाईमा पठाईएको हो।
![]() |
हिसाब प्रतिबेदन |
बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमूख तिलोचन भण्डारीले भन्नुभयो । नगरपालिकालाई शिक्षकलाई कारवाही गर्ने अधिकार नभएकोले कारवाहीको लागि इकाईलाई अनुरोध गरिएको र प्रअ लाई पटक पटक उक्त बिषयम समस्या सामधान गर्न आग्रह गर्दा समेत अटेर गरेकाले बाध्य भएर इकाईलाई कारबाही गर्न पत्रचार गर्नु परेको बताए ।
![]() |
इकाईलाई लेखिएको पत्र |
यस बिषयमा २०७९ असार ११ गते बिर्तामोड नगरपालिका उप प्रमूख नगेन्द्र संग्रौलाको संयोजकमा ५ सदस्यीय समितिको हरहिसाब हेर्न गठित छानबिन समितिले छानबिन गर्दा लेखा परिक्षण नगराएको समयको खर्च कटाएर रु.१९,८५,३८०/८७ पैसा प्रअको जिम्मामा देखिएको प्रतिबेदनमा जनाईएको थियो ।
उक्त बिषयमा प्रअ बास्कोटासंग थप जानकारी लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन । लेखा परिक्षणको बिषयलाई लिएर बिराट आधारभूत बिद्यालयमा निकै अधि देखि बिबाद भैरहेको छ।
Comments
Post a Comment