झापा क्षेत्र न.३ स्वतन्त्रका उम्मेद्वार दिपेन
![]() |
दिपेन याक्थुम्बा |
सुरेश आले "सर्जु"
भदौ २८.झापा
बिर्तामोड, झापा क्षेत्र न. ३ बाट स्वतन्त्र तर्फको संसदिय निर्बाचनमा उम्मेद्वार बन्ने निश्चित भएपछि झापाका दिपेन चर्चामा छन् । अगामी मंसिर ४ गते हुने संसदिय निर्बाचनमा झापा क्षेत्र न.३ बाट उनको इन्ट्री हुने भएको हो।
आज भोली उनको दिनचर्या सामाजिक,राजनैतिक बिषयको सुधार र भेटघाटमा बित्न थालेको पाईन्छ ।
साझा उम्मेद्वारको रुपमा आफूलाई घोषणा गरेसंगै राजनिति तर्फ यतिखेर सकृय भएका हुन् । स्थानिय निकायको गलत प्रवृति तर्फ निगरानी बढाउनु,जनताका समस्यासंग सरोकार राख्नु,गलत नितिको भण्डाफोर गर्नु,उनको दिनचर्या बनेको छ ।
आफूले अगाडी सारेका एजेन्डा १८-२४ वर्ष उमेरका युवा युवती लाई रोजगार को ग्यारेन्टी,ई भोटिङ्ग,राइट टु रिजेक्ट,
समावेशी सिटमा दक्ष ब्यात्तिको
पहुँच, संघियताको नाममा बढी लिएको कर घटाउने,पूरानो राजनितीको नाममा भै रहेको अबैद्य ब्यापार निरुत्साहित गर्न, संसदिय ब्यबस्थामा भैरहेको राजनितिकृत न्यायलय तथा कर्मचारी तन्त्रको जर्जर अवस्थाबाट नागरिकलाई मुक्ति पाउनको लागि ब्याक्ति मात्र होइन ब्यबस्था परिबर्तन गर्न खाँचो छ त्यही खाँचोको साँचो लिएर आफू अगाडी सरेको बताएका छन्।
नेपाल अधिराज्यको सिमा क्षेत्र तारबार गर्ने.५१ प्रतिशत मत प्राप्त गर्नेले सरकारमा प्रतिनिधित्व गर्न पाउनु पर्ने, श्रोत नखुलेको सम्पति राष्ट्रियकरण हुनु पर्ने,कृषिमा क्रान्ति गर्नु पर्ने,बिदेशिएका युवा युवतीलई स्वदेशमै रोजगारी दिनु पर्ने आदि आफ्नो प्रमूख एजेण्डा भएको उनले बताए। यि एजेण्डा पूरा गर्न उम्मेद्वार बनेको उनले स्विकारे।
झापा बाह्रदशी ५ निबासी दिपेन उमेरले ४० बर्षका हुन्। आफूले बिकृति बिसंगतिका प्रशस्तै राजनैतिक उकुस मुकुस देखेको भोगेको बताउछन् । यो समयमा सकृय राजनितीमा आएर बिग्रिएको परिस्थितिसंग लड्न संसदिय राजनितीमा आएको बताएका छन्। राजनितिसंगै अघिल्लो केही समय गीत गायनमा समेत बिताएका दिपेन गायन क्षेत्रका परिचित नाम हो । उनका थुप्रै गीति एल्वम बजारमा आईसकेको छ । शैक्षिक योग्यताको हकमा मास्टर्स डिग्रि होल्डर हुन् । उम्मेद्वार बन्ने निश्चित भएपछि राजनैतिक र सामाजिक भेटघाट बढाएका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र तर्फका झापा क्षेत्र न. ३ बाट दिपेन याक्थुङ्गबा उम्मेद्वार बन्दैछन् ।
Comments
Post a Comment