Posts

Showing posts from December, 2022

सन् २०२२ मा ओरेन्ज न्यूज एक्साभेटरमा सबैभन्दा अधिक रुचाईएका समाचारहरु

Image
१६ पौष,झापा बिर्तामोड सन् २०२२ मा ओरेन्ज न्यूज एक्ससाभेटरमा प्रकाशित समाचारहरु मध्ये उल्लेखित समाचार प्रमुख स्थान ओगट्न सफल भएका हुन्। ओरेन्ज समाचारको मूख्य होस्ट सर्जु संसार बल्ग स्पट डट कम रहेकाे छ । -

कृष्ण कुमारी प्रसाई अध्यक्ष चयन

Image
सुरेश आले "सर्जु" १५ पूष,बिर्तामोड झापा बिर्तामोड-१० बिराटपोखर महिला समूहको अध्यक्षमा आगामी दुई बर्ष कार्यकालको लागि कार्यकारिणी अध्यक्षमा कृष्ण कुमारी शर्मा प्रसाई चयन हुनु भएको छ। समूहको पाचौं साधारण सभा तथा दोश्रो अधिवेशनले उहाँलाई चयन गरेको समूहका सल्लाहाकार इन्द्र प्रसाईले जानकारी दिनु भयो। कार्यक्रममा बिशाल कृषि सहकारी बिर्तामोड-१० अध्यक्ष देबेन्द्र गौतम,बिराट बहुउदेशयीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाई, निर्बतमान बिर्तामोड-१० वडा सदस्य गीता पोखरेल घिमिरे, समूहको पूर्व सल्लाहकार रेनुका पोखरेल पाण्डे, सिद्धि बिनायक टोल बिकाश संस्था अध्यक्ष बेनु पाठक मुख्य उपस्थित थिए। त्यसै गरि अन्य नवगठित कार्यकारीणी उपाध्यक्षमा देवी माया मिश्र पाठक,सचिव गीता चापागाँई,सह सचिव भावना अधिकारी ,कोषाध्यक्ष दिपा दंगाल, सदस्यहरुमा राधिका संग्रौला,मूना ओली,चण्डिका सिटौला,कबिता गौतम,बसन्ती मुसहर,कमला थापा,लिला आर्चाय,शोभा संग्रौला,बिन्दा खरेल र तिर्था प्रसाई चयन भएका छन् भने सल्लाहाकारहरुमा इन्द्र प्रसाई,गीता घिमिरे,रेनुका पाण्डे,जया गौतम र समिर प्रसाई रहेका हुन् । उपस्थित बक्ताहरुले कार्यक्रमक...

दुर्गा आर्चाय:दश बर्ष देखिको महिला हिँसा बिरुद्धको संर्घष

Image

बिराटपोखरी घुम्न आँखा उपचारमा आउनेको आर्कषण

Image
 

झापाबाट परम्परागत भकारी बिदा लिदै

Image
  पवन राजबंशी तस्बिर:सुरेश आले"सर्जु"झापा १० पौष,झापा झापा जिल्ला बिर्तामोड-१० बिराटपोखरका पवन राजबंशीको घरमा रहेको परम्परागत शैलीको अन्न भण्डारण गर्ने भकारी । यस्ता भकारीहरु पहिले झापामा प्रशस्तै प्रयोगमा आउथे तर कृषिमा देखिएकाे आधुनिक परम्परासंगै यो खाले परम्परागत अन्न भण्डारण गर्ने भकारीहरुले पनि झापाबाट बिदा लिदै जादैछन् । पवन राजबंशीका भनाई अनुसार राजबंशी भाषामा यस्तो भकारीलाई मुदर वा बहकारी भनिन्छ । स्थानिय श्रोत साधनमा तयार गर्न सकिने र एक पटक निर्माण भैसकेपछि लगभग दुई बर्षमा छानो फेर्दै यसलाई लामो समय सम्म प्रयोग गर्न सकिने राजबंशीले बताएका छन्। 

बिराटपोखरमा चोरी हुनबाट बच्यो ग्यास सिलिण्डर

Image
    ५ मंसिर,झापा बिर्तामोड-१०  बिराटपोखरको ए क पसलबाट ग्यास सिलिण्डर चोरी हुनबाट बचेको छ । आज साँझ जीवन हार्डवेयर पसलको आँगनमा बिक्रिको लागि राखिएको ग्यास सिलिण्डर चोरी हुनबाट बचेको हो।  साँझ  करिव ९:३० बजे बाँसको सहायताले ग्यास  सिलिण्डर चोरले लैजान पहल गर्दै गरेको र सोही घरको तलामा सुत्न तरखर गर्दै रहेका जीवन हार्डवेयरका संचालक जीवन मैनालीले थाहा पाई हो-हल्ला गर्दा चोरले सिलिण्डर छोडेर भागेको उनले बताए । त्यसै समयमा वरपरका छिमेकि लाई हो-हल्ला  गरिएको उनले जनाएका छन् । लामो बॉस लिएर सिलिण्डर निकाल्दै गर्दा त्यहाँ जडान गरिएको सिसिटिभिमा सिलिण्डर बजेको आवाज आएको र तल आई गेट खोल्दा चोर भागेको मैनालीले बताए । उक्त स्थानमा बिक्रिको लागि करिब २०-२५ वटा सिलिण्डर राखिएकाे र अधिकांशलाई सिक्रिले बाधेर राखिएको भए तापनि चोरले लैजान खोजेको जानकारी दिए । सिसिटिभिमा कैद भएको दृश्य हेरेर थप यकिन गर्न सकिने साथै चोरले प्रयोग गरेको बॉस समेत छोडेर भागेको मैनालीले  जनाए । मैनालीका छिमेकी कृष्ण प्रसाद उप्रेतीले बिराटपोखरमा ग्यास सिलिण्डर पसलबाट चोरी हु...

सैनिकमोडमा पाईन्छ आकर्षक खुकुरी

Image
सुरेश आले "सर्जु" पौष २९,झापा बिर्तामोड बिर्तामोड शहर बाट करिब २.५ कि.मि. दक्षिण सैनिकमोड चोक पश्चिममा तपाईले एउटा खुकुरीको पसल देख्न सक्नु हुन्छ । यो खुकुरी पसल २०७० सालमा खोलिएको पसल हो। पसल संचालिका पबित्रा गहतराजका अनुसार पसलमा सिरुपाते,भोजपुरे,चन्डाडा, बुदुने लगायतका आर्कषक खुकुरी पाईने उहाँले जानकारी दिनुभयो। आफैं घरमा यि खुकुरीहरु आरनमा बनाईने उहाँले भन्नु भयो। प्रति खुकुरी हेरेर रु.१५०० देखि ४००० सम्म पर्ने खुकुरीको ब्यापारले घर खर्च चलाउन सहयोग मिलेको धारणा उहाँको छ। केवल खुकुरी मात्र बिक्रि गरिने उद्देश्यले संचालित यो पसल यस क्षेत्रमै पहिलो भएको पनि गहतराजले बताउनु भयो।

खेतीको आधुनिक तौरतरिकाले बद्लियो बृहस्पतिको भाग्य

Image
२,पौष झापा सुरेश आले "सर्जु" बिर्तामोड, बिर्तामोड-९ बद्रीबाडीका बृहस्पति सेढाईले तरकारी खेती शुरु गरेको १० बर्ष भएको बताए । आफ्नो जमिन जम्मा ५ कठ्ठा मात्र भएकोले अन्य खेती भन्दा तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न उनी तरकारी खेतीमा आर्कषित भएकाे उनले बताएका छन् । अर्गयानिक झोल मल  र गड्यौले मल खाधको प्रयोग गरेर सेढाईले हाल फूलकोपी,बन्दाकोपी,टमाटर, डुकु साग,रायो साग,फर्सी धनिया आदी फलाएको जानकारी दिएका हुन् । उनको बारीका केही तस्बिरहरु तल संलग्न छ। तरकारी खेतीमा आधुनिक तरिका अपनाए मात्र बढी आम्दानी लिन सकिने सेढाईको बुझाई हो। सेढाईंले  परम्परागत धान खेतीलाई त्यागेर आधुनिक तरकारी खेती  गरेको चाहिँ पाँच बर्ष भएको बताएका हुन् ।

भ्वाईस अफ नेपालमा योगेश उत्कृष्ट आठमा,जिताउन अपिल

Image
योगेश मगर सुरेश आले "सर्जु"  मंसिर,२८ झापा बिर्तामोड-४ का योगेश मगर दि हिमालयन टेलिभिजनबाट प्रशारित गायन रयालिटि शो भ्वाईस अफ नेपालको सिजन-४ को उत्कृष्ट आठमा पर्न सफल भएका छन् । अडिसनमा छनौट भएका कयौं प्रतिष्पर्धीलाई पछि पार्दै उनी यो राउण्डसम्म आई पुग्दा आठ उत्कृष्टमा पर्न सफल भएका हुन् । मगरलाई भोट गरेर जिताउन अपिल गर्दै आज झापाको बिर्तामोडमा योगेश मगर जिताउ अनभियानले एक छलफल तथा जानकारी कार्यक्रम गरेको हो । आयोजक अभियानका संयोजक प्रभास थापा मगरले योगेश एक कुशल र प्रतिभावान गायक रहेकाे र उनले यो प्रतियोगितामा बिजेता बन्न सफल भए उनको गायन केरियर अझ उँचो रहने बताए। त्यै भएर यो अभियान संचालन गरिएको र साथै योगेशले पनि गत मंसिर २६ गते बिर्तामोडको वान स्टेप मलमा समेत एक गायन कार्यक्रम गरि आफूलाई भोट गरि जिताउन शुभ चिन्तकहरुसंग अपिल गरेको बताए । छलफलमा सहभागी योगेश लाई भोट गर्न खल्ती एप डाउन लोड गरि भ्वाईस अफ नेपाल सिजन-४ टिम प्रमोदमा गएर योगेश मगर न.१२ मा भोट गर्न सकिने जानकारी गराईएको हो। अभियानमा नेपाल मगर बिर्घा थी संघ झापा, यूनाईटेड यूथ क्लब बिर्तामोड लगायतले सहयोग गरेको जानक...

बिर्तामोडमा चासोक तङ्गनाम भब्य रुपमा सम्पन्न

Image
सुरेश आले"सर्जु" २२,मंसिर झापा बिर्तामोड,किरात याक्थुङ्ग चुम्लुङ्ग नगर शाखा बिर्तामोडले चासोक तङ्गनाम भव्य रुपमा सम्पन्न गरेको छ ।  बिर्तामोड-५ मा एक कार्यक्रम बिच आज चासोक तङ्गनाम भव्य रुपमा सम्पन्न भएको हो।  कियाचु बिर्तामोड  नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाको अध्यक्षतामा प्रमूख अतिथि कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईको रहेको थियो  भने अतिथिहरुमा बिर्तामोड-४ वडा अध्यक्ष राहुल शर्मा,वडा न.५ वडा अध्यक्ष रोहित प्रसाई,तमू छोज धि बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङ्ग,आदिबासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशी,कियाचू जिल्ला सदस्य धर्म लम्समवा,नेकपा एमाले १ न. प्रदेश सदस्य अम्बिर लिङ्गदेन,नेपाली तथा लिम्बु भाषा चलचित्र निर्माता निर्देशक मित्र लिङ्गदेन लगायतको उपस्थिति रहेको थियो । किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्ता मोड नगर शाखाले आज परेको चासोक तङ्गनाम उधौली पर्ब मनाएको हो। प्रमूख अतिथि महतराले दिप प्रज्वलन गरि उदघाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान,शहिद प्रति मौन धारण,लिम्बु साँस्कृतिक धान नॉच,च्याब्रुङ्ग नाँच,हाक्पारे लयको गीत ...

सैनिकमोड सैनिक सडक खण्ड अवरुद्ध

Image
१८,मंसिर झापा सुरेश आले"सर्जु" बिर्तामोड, बिर्तामोड-३ स्थित सैनिकमोड सैनिक निर्माणधिन सडक खण्डमा आज स्थानियले धूलो उडेको कारण र नाली निर्माणमा प्राबिधिक त्रुटी भएको जनाउदै सडकमा ढाट लगाएर सडक अवरुद्द गरेका छन् । सो सडक खण्डको बिराटपोखरको पुलमा र सैनिकमोड केही तल ढाट लगाईएको हो। यस बिषयमा केही दिन अघि सैनिकमोड टोल पदाधिकारी बिर्तामोड वडा न.३ वडा अध्यक्ष,राजनैतिक पार्टीका नेता,बिर्तामोड नगरपालिकाका उपमेयर,ठेकेदार,सडक बिभाग लगायतले सहमति जुटाउने प्रयास गरिएको राजनितिक पार्टीका नेता श्री प्रसाद सिटौलाले जानकारी दिए ।

गौरवतीको प्रतिष्ठानभित्र शालिक राख्न ढिलाईमा गुनासो

Image
स्व. गौरवती राजबंशी सुरेश आले"सर्जु" २७ मंसिर,झापा  बिर्तामोड, कहिले काही आफूले जी वित छदॉ मरेपछि मेरो यो सपना छ पूरा गरिदिनु होला भन्ने चाहना पूरा भएन भने मृत आत्मामा कस्तो प्रभाव पर्ला तपाईले कहिल्यै कल्पना गर्नु भएको छ ? पक्कै पनि धर्मशास्त्र अनुसार पूरा गर्न सकिने किसिमको इच्छा र बाचा जीवित कालमा गरिएको र पूरा गरिदिने बाचा समेत गरिएको भए त्यो पूरा भएन भने मृत आत्मा शांती हुदैनन भन्ने भनाई छ । हो यस्तै भएको छ हाल बिर्तामोड-३  स्थित सैनिकमोड सतानुबारी गौरवती  सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठानभित्र आफू जीवित छ्दै आफूले स्थापना गरेको प्रतिष्ठा नभित्र गौरवतीको  आफ्नै शालिक अनावरण गरिने इच्छा ।  प्रतिष्ठान समितिको ढिलाईले  गर्दा गौरवतीको यो इच्छा हाल टाढा हुदै गएको छ । आफू जीवित छदै गौरवती राजवंशीले २०५७ साल ताका तत्कालिन प्रतिष्ठानका केही सदस्यहरुको सुझावमा आफ्नो शालिक भारतको बनारसमा निर्माण गराएर प्रतिष्ठान हाताभित्र मृत्यू पश्चात राख्ने गरि आफ्नो घरमा ल्याएर राखेकी थिइन् । उनले त्यस समयमा आफ्नो मात्र होइन आफ्नो श्रीमान सतानु सिंह राजबंशीको शालि...