बिराटपोखरमा चोरी हुनबाट बच्यो ग्यास सिलिण्डर


   
५ मंसिर,झापा

बिर्तामोड-१० बिराटपोखरको एक पसलबाट ग्यास सिलिण्डर चोरी हुनबाट बचेको छ । आज साँझ जीवन हार्डवेयर पसलको आँगनमा बिक्रिको लागि राखिएको ग्यास सिलिण्डर चोरी हुनबाट बचेको हो।

 साँझ  करिव ९:३० बजे बाँसको सहायताले ग्यास  सिलिण्डर चोरले लैजान पहल गर्दै गरेको र सोही घरको तलामा सुत्न तरखर गर्दै रहेका जीवन हार्डवेयरका संचालक जीवन मैनालीले थाहा पाई हो-हल्ला गर्दा चोरले सिलिण्डर छोडेर भागेको उनले बताए ।



त्यसै समयमा वरपरका छिमेकि लाई हो-हल्ला  गरिएको उनले जनाएका छन् । लामो बॉस लिएर सिलिण्डर निकाल्दै गर्दा त्यहाँ जडान गरिएको सिसिटिभिमा सिलिण्डर बजेको आवाज आएको र तल आई गेट खोल्दा चोर भागेको मैनालीले बताए ।

उक्त स्थानमा बिक्रिको लागि करिब २०-२५ वटा सिलिण्डर राखिएकाे र अधिकांशलाई सिक्रिले बाधेर राखिएको भए तापनि चोरले लैजान खोजेको जानकारी दिए । सिसिटिभिमा कैद भएको दृश्य हेरेर थप यकिन गर्न सकिने साथै चोरले प्रयोग गरेको बॉस समेत छोडेर भागेको मैनालीले जनाए ।

मैनालीका छिमेकी कृष्ण प्रसाद उप्रेतीले बिराटपोखरमा ग्यास सिलिण्डर पसलबाट चोरी हुन खोजेको यो पहिलो घटना हो भने।









Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन