बिराटपोखरमा चोरी हुनबाट बच्यो ग्यास सिलिण्डर


   
५ मंसिर,झापा

बिर्तामोड-१० बिराटपोखरको एक पसलबाट ग्यास सिलिण्डर चोरी हुनबाट बचेको छ । आज साँझ जीवन हार्डवेयर पसलको आँगनमा बिक्रिको लागि राखिएको ग्यास सिलिण्डर चोरी हुनबाट बचेको हो।

 साँझ  करिव ९:३० बजे बाँसको सहायताले ग्यास  सिलिण्डर चोरले लैजान पहल गर्दै गरेको र सोही घरको तलामा सुत्न तरखर गर्दै रहेका जीवन हार्डवेयरका संचालक जीवन मैनालीले थाहा पाई हो-हल्ला गर्दा चोरले सिलिण्डर छोडेर भागेको उनले बताए ।



त्यसै समयमा वरपरका छिमेकि लाई हो-हल्ला  गरिएको उनले जनाएका छन् । लामो बॉस लिएर सिलिण्डर निकाल्दै गर्दा त्यहाँ जडान गरिएको सिसिटिभिमा सिलिण्डर बजेको आवाज आएको र तल आई गेट खोल्दा चोर भागेको मैनालीले बताए ।

उक्त स्थानमा बिक्रिको लागि करिब २०-२५ वटा सिलिण्डर राखिएकाे र अधिकांशलाई सिक्रिले बाधेर राखिएको भए तापनि चोरले लैजान खोजेको जानकारी दिए । सिसिटिभिमा कैद भएको दृश्य हेरेर थप यकिन गर्न सकिने साथै चोरले प्रयोग गरेको बॉस समेत छोडेर भागेको मैनालीले जनाए ।

मैनालीका छिमेकी कृष्ण प्रसाद उप्रेतीले बिराटपोखरमा ग्यास सिलिण्डर पसलबाट चोरी हुन खोजेको यो पहिलो घटना हो भने।









Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते