बिर्तामोडमा चासोक तङ्गनाम भब्य रुपमा सम्पन्न


सुरेश आले"सर्जु"
२२,मंसिर झापा

बिर्तामोड,किरात याक्थुङ्ग चुम्लुङ्ग नगर शाखा बिर्तामोडले चासोक तङ्गनाम भव्य रुपमा सम्पन्न गरेको छ ।  बिर्तामोड-५ मा एक कार्यक्रम बिच आज चासोक तङ्गनाम भव्य रुपमा सम्पन्न भएको हो। 
कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाको अध्यक्षतामा प्रमूख अतिथि कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईको रहेको थियो भने अतिथिहरुमा बिर्तामोड-४ वडा अध्यक्ष राहुल शर्मा,वडा न.५ वडा अध्यक्ष रोहित प्रसाई,तमू छोज धि बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङ्ग,आदिबासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशी,कियाचू जिल्ला सदस्य धर्म लम्समवा,नेकपा एमाले १ न. प्रदेश सदस्य अम्बिर लिङ्गदेन,नेपाली तथा लिम्बु भाषा चलचित्र निर्माता निर्देशक मित्र लिङ्गदेन लगायतको उपस्थिति रहेको थियो ।
किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड नगर शाखाले आज परेको चासोक तङ्गनाम उधौली पर्ब मनाएको हो। प्रमूख अतिथि महतराले दिप प्रज्वलन गरि उदघाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान,शहिद प्रति मौन धारण,लिम्बु साँस्कृतिक धान नॉच,च्याब्रुङ्ग नाँच,हाक्पारे लयको गीत आदी कलाकारहरूले प्रदर्शन गरेका थिए भने कार्यक्रममा गत दिपावलीमा शाखाको तर्फबाट देउसी भैलो कार्यक्रममा साथ दिने र सहयोगी  
कलाकारहरु १४ जनालाई प्रशंसा पत्र प्रदान गरिएको हो। सोही कार्यक्रममा शाखा कोषाध्यक्ष साबित्रा इङ्गनामले हाल सम्मको शाखाको आय चार लाख अन्ठाउन्न हजार छ सय सत्ताईस आय र खर्च बिभिन्न शिर्षकमा जम्मा दुई लाख पचपन्न हजार चार सय एकानब्बे र कोषमा मौज्दात दुई लाख तेह्र
 हजार तीन सय छत्तिस रुपैया रहेको जानकारी दिनु भयो ।

अध्यक्ष कन्दङ्गवाले किरात जातिमा नयाँ अन्न पाके पछि मुन्धुम पूरा गरि न्वागी खाने परम्परालाई चासोक तङ्गनाम उद्यौली भनिने बिषय चासोक तङ्गनाम भएको र किरात जातिको सांस्कृतिक पर्ब जर्गेना गर्न सबै तहबाट पहल गर्नु पर्ने आग्रह गर्नु भयो । प्रमूख अतिथि महतराले सबै जात जातिले आफ्नो सांस्कृतिक  पर्ब हर्षोउल्लास पूर्वक मनाउने परम्पराको राम्रो शुरुआत नेपालमा बसिसकेको जानकारी दिदै चासोक तङ्गनामको शुभकामना दिनु भयो।

बिर्तामोड वडा न.५ वडा अध्यक्ष रोहित प्रसाई, छोज धि बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङ्ग,नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशी,किरात याक्थुङ्ग जिल्ला सदस्य धर्म लक्सम्बा,नेकपा एमाले प्रदेश कमिटी १ न. सदस्य अम्बिर लिङ्गदेन लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रममा स्वागत मनतब्य कियाचू बिर्तामोड नगर उपाध्यक्ष मनु जबेगुले गरेकी थिइन भने कार्यक्रमको संचालन कियाचु बिर्तामोड नगर सचिब सुक बहादुर आङुदाम्बेले गरेका थिए। सो स्थानमा बिहानी पख पूजा समेत गरिएको कियाचु बिर्तामोड सहसचिव सन्तोष बेघाले जानकारी गराए।

-








|



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते