बिर्तामोडमा चासोक तङ्गनाम भब्य रुपमा सम्पन्न
सुरेश आले"सर्जु"
अध्यक्ष कन्दङ्गवाले किरात जातिमा नयाँ अन्न पाके पछि मुन्धुम पूरा गरि न्वागी खाने परम्परालाई चासोक तङ्गनाम उद्यौली भनिने बिषय चासोक तङ्गनाम भएको र किरात जातिको सांस्कृतिक पर्ब जर्गेना गर्न सबै तहबाट पहल गर्नु पर्ने आग्रह गर्नु भयो । प्रमूख अतिथि महतराले सबै जात जातिले आफ्नो सांस्कृतिक पर्ब हर्षोउल्लास पूर्वक मनाउने परम्पराको राम्रो शुरुआत नेपालमा बसिसकेको जानकारी दिदै चासोक तङ्गनामको शुभकामना दिनु भयो।
बिर्तामोड वडा न.५ वडा अध्यक्ष रोहित प्रसाई, छोज धि बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङ्ग,नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशी,किरात याक्थुङ्ग जिल्ला सदस्य धर्म लक्सम्बा,नेकपा एमाले प्रदेश कमिटी १ न. सदस्य अम्बिर लिङ्गदेन लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रममा स्वागत मनतब्य कियाचू बिर्तामोड नगर उपाध्यक्ष मनु जबेगुले गरेकी थिइन भने कार्यक्रमको संचालन कियाचु बिर्तामोड नगर सचिब सुक बहादुर आङुदाम्बेले गरेका थिए। सो स्थानमा बिहानी पख पूजा समेत गरिएको कियाचु बिर्तामोड सहसचिव सन्तोष बेघाले जानकारी गराए।
-
|




Comments
Post a Comment