झापाबाट परम्परागत भकारी बिदा लिदै

![]() |
पवन राजबंशी |
झापा जिल्ला बिर्तामोड-१० बिराटपोखरका पवन राजबंशीको घरमा रहेको परम्परागत शैलीको अन्न भण्डारण गर्ने भकारी । यस्ता भकारीहरु पहिले झापामा प्रशस्तै प्रयोगमा आउथे तर कृषिमा देखिएकाे आधुनिक परम्परासंगै यो खाले परम्परागत अन्न भण्डारण गर्ने भकारीहरुले पनि झापाबाट बिदा लिदै जादैछन् । पवन राजबंशीका भनाई अनुसार राजबंशी भाषामा यस्तो भकारीलाई मुदर वा बहकारी भनिन्छ । स्थानिय श्रोत साधनमा तयार गर्न सकिने र एक पटक निर्माण भैसकेपछि लगभग दुई बर्षमा छानो फेर्दै यसलाई लामो समय सम्म प्रयोग गर्न सकिने राजबंशीले बताएका छन्।
Comments
Post a Comment