झापाबाट परम्परागत भकारी बिदा लिदै

 

पवन राजबंशी

तस्बिर:सुरेश आले"सर्जु"झापा


१० पौष,झापा

झापा जिल्ला बिर्तामोड-१० बिराटपोखरका पवन राजबंशीको घरमा रहेको परम्परागत शैलीको अन्न भण्डारण गर्ने भकारी । यस्ता भकारीहरु पहिले झापामा प्रशस्तै प्रयोगमा आउथे तर कृषिमा देखिएकाे आधुनिक परम्परासंगै यो खाले परम्परागत अन्न भण्डारण गर्ने भकारीहरुले पनि झापाबाट बिदा लिदै जादैछन् । पवन राजबंशीका भनाई अनुसार राजबंशी भाषामा यस्तो भकारीलाई मुदर वा बहकारी भनिन्छ । स्थानिय श्रोत साधनमा तयार गर्न सकिने र एक पटक निर्माण भैसकेपछि लगभग दुई बर्षमा छानो फेर्दै यसलाई लामो समय सम्म प्रयोग गर्न सकिने राजबंशीले बताएका छन्। 






Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन