सैनिकमोडमा पाईन्छ आकर्षक खुकुरी


सुरेश आले "सर्जु"
पौष २९,झापा बिर्तामोड

बिर्तामोड शहर बाट करिब २.५ कि.मि. दक्षिण सैनिकमोड चोक पश्चिममा तपाईले एउटा खुकुरीको पसल देख्न सक्नु हुन्छ । यो खुकुरी पसल २०७० सालमा खोलिएको पसल हो। पसल संचालिका पबित्रा गहतराजका अनुसार पसलमा सिरुपाते,भोजपुरे,चन्डाडा, बुदुने लगायतका आर्कषक खुकुरी पाईने उहाँले जानकारी दिनुभयो।


आफैं घरमा यि खुकुरीहरु आरनमा बनाईने उहाँले भन्नु भयो। प्रति खुकुरी हेरेर रु.१५०० देखि ४००० सम्म पर्ने खुकुरीको ब्यापारले घर खर्च चलाउन सहयोग मिलेको धारणा उहाँको छ। केवल खुकुरी मात्र बिक्रि गरिने उद्देश्यले संचालित यो पसल यस क्षेत्रमै पहिलो भएको पनि
गहतराजले बताउनु भयो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला