खेतीको आधुनिक तौरतरिकाले बद्लियो बृहस्पतिको भाग्य


२,पौष झापा

सुरेश आले "सर्जु"

बिर्तामोड, बिर्तामोड-९ बद्रीबाडीका बृहस्पति सेढाईले तरकारी खेती शुरु गरेको १० बर्ष भएको बताए ।

आफ्नो जमिन जम्मा ५ कठ्ठा मात्र भएकोले अन्य खेती भन्दा तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न उनी तरकारी खेतीमा आर्कषित भएकाे उनले बताएका छन् ।

अर्गयानिक झोल मल  र गड्यौले मल खाधको प्रयोग गरेर सेढाईले हाल फूलकोपी,बन्दाकोपी,टमाटर, डुकु साग,रायो साग,फर्सी धनिया आदी फलाएको जानकारी दिएका हुन् । उनको बारीका केही तस्बिरहरु तल संलग्न छ। तरकारी खेतीमा आधुनिक तरिका अपनाए मात्र बढी आम्दानी लिन सकिने सेढाईको बुझाई हो। सेढाईंले परम्परागत धान खेतीलाई त्यागेर आधुनिक तरकारी खेती गरेको चाहिँ पाँच बर्ष भएको बताएका हुन् ।







Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन