कृष्ण कुमारी प्रसाई अध्यक्ष चयन





सुरेश आले "सर्जु"
१५ पूष,बिर्तामोड झापा

बिर्तामोड-१० बिराटपोखर महिला समूहको अध्यक्षमा आगामी दुई बर्ष कार्यकालको लागि कार्यकारिणी अध्यक्षमा कृष्ण कुमारी शर्मा प्रसाई चयन हुनु भएको छ। समूहको पाचौं साधारण सभा तथा दोश्रो अधिवेशनले उहाँलाई चयन गरेको समूहका सल्लाहाकार इन्द्र प्रसाईले जानकारी दिनु भयो।

कार्यक्रममा बिशाल कृषि सहकारी बिर्तामोड-१० अध्यक्ष देबेन्द्र गौतम,बिराट बहुउदेशयीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाई, निर्बतमान बिर्तामोड-१० वडा सदस्य गीता पोखरेल घिमिरे, समूहको पूर्व सल्लाहकार रेनुका पोखरेल पाण्डे, सिद्धि बिनायक टोल बिकाश संस्था अध्यक्ष बेनु पाठक मुख्य उपस्थित थिए।

त्यसै गरि अन्य नवगठित कार्यकारीणी उपाध्यक्षमा देवी माया मिश्र पाठक,सचिव गीता चापागाँई,सह सचिव भावना अधिकारी ,कोषाध्यक्ष दिपा दंगाल, सदस्यहरुमा राधिका संग्रौला,मूना ओली,चण्डिका सिटौला,कबिता गौतम,बसन्ती मुसहर,कमला थापा,लिला आर्चाय,शोभा संग्रौला,बिन्दा खरेल र तिर्था प्रसाई चयन भएका छन् भने सल्लाहाकारहरुमा इन्द्र प्रसाई,गीता घिमिरे,रेनुका पाण्डे,जया गौतम र समिर प्रसाई रहेका हुन् ।




उपस्थित बक्ताहरुले कार्यक्रमको शुभकामना साथै नव निर्बाचित सदस्यहरुलाई आगामी कार्यकालको शुभकामना दिए। कार्यक्रम बिराट आधारभूत बिद्यालय बिर्तामोड-१० बिराटपोखरमा भएको हो भने स्वागत मन्तब्य समूहकी उपाध्यक्ष देबी माया मिश्र पाठक,बार्षिक प्रगति बिवरण सहसचिव गीता चापागाँई,

कोषको हाल सम्मको आय ब्यय कोषाध्यक्ष दिपा दंगाल, कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष प्रसाई र कार्यक्रमको संचालन सह सचिव गीता चापागाँईले गरेकी थिइन् ।




Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते