भ्वाईस अफ नेपालमा योगेश उत्कृष्ट आठमा,जिताउन अपिल


योगेश मगर

सुरेश आले "सर्जु" 
मंसिर,२८ झापा

बिर्तामोड-४ का योगेश मगर दि हिमालयन टेलिभिजनबाट प्रशारित गायन रयालिटि शो भ्वाईस अफ नेपालको सिजन-४ को उत्कृष्ट आठमा पर्न सफल भएका छन् । अडिसनमा छनौट भएका कयौं प्रतिष्पर्धीलाई पछि पार्दै उनी यो राउण्डसम्म आई पुग्दा आठ उत्कृष्टमा पर्न सफल भएका हुन् । मगरलाई भोट गरेर जिताउन अपिल गर्दै आज झापाको बिर्तामोडमा योगेश मगर जिताउ अनभियानले एक छलफल तथा जानकारी कार्यक्रम गरेको हो ।

आयोजक अभियानका संयोजक प्रभास थापा मगरले योगेश एक कुशल र प्रतिभावान गायक रहेकाे र उनले यो प्रतियोगितामा बिजेता बन्न सफल भए उनको गायन केरियर अझ उँचो रहने बताए। त्यै भएर यो अभियान संचालन गरिएको र साथै योगेशले पनि गत मंसिर २६ गते बिर्तामोडको वान स्टेप मलमा समेत एक गायन कार्यक्रम गरि आफूलाई भोट गरि जिताउन शुभ चिन्तकहरुसंग अपिल गरेको बताए ।

छलफलमा सहभागी

योगेश लाई भोट गर्न खल्ती एप डाउन लोड गरि भ्वाईस अफ नेपाल सिजन-४ टिम प्रमोदमा गएर योगेश मगर न.१२ मा भोट गर्न सकिने जानकारी गराईएको हो।

अभियानमा नेपाल मगर बिर्घाथी संघ झापा, यूनाईटेड यूथ क्लब बिर्तामोड लगायतले सहयोग गरेको जानकारी दिईएको छ । छलफल तथा जानकारीमा युनाईटेड युथ क्लब बिर्तामोडका अध्यक्ष साङ्गे दोर्जे,सल्लाहाकार राज मूखिया,सचिव खुम खड्का सदस्य बिश्वास कार्की लगायत उपस्थित थिए। सोही जानकारीमा भोटिङ्ग राउण्ड खुला भैसकेको समेत जानकारी गराईयो ।

योगेश मगर जिताउ अभियानमा संयोजक प्रभास थापा मगर लगायत नसिब मगर,किरण गुरुङ्ग,बिशाल अग्रवाल राहुल राई,खुम खड्का,राजु मुखिया रहेकाे जानकारी गराईएको हो । अभियानले बिभिन्न कलेज तथा अन्य स्थान तथा ब्याक्तिहरु समक्ष भोटको अपिल गरेको जनाईएको छ र सबैलााई भोट गरिदिन आग्रह गरेको छ ।

 योगेश बिर्तामोडको पंक्षी एण्ड सन ब्रस्ट सांगीतिक ब्यान्डसंग आबद्ध लिड भोकलिष्ट रहेको समेत जानकारी यूनाईटेड यूथ कल्बका सल्लाहाकार राज मुखियाले बताए भने भ्वाईस अफ नेपाल सिजन-४ हिमालयन टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ आठ बजे र शनिबार प्रशारण हुदै आएको एक गायन रयालिटि कार्यक्रम हो । 

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते