गौरवतीको प्रतिष्ठानभित्र शालिक राख्न ढिलाईमा गुनासो
![]() |
स्व. गौरवती राजबंशी |
सुरेश आले"सर्जु"
२७ मंसिर,झापा
बिर्तामोड,कहिले काही आफूले जीवित छदॉ मरेपछि मेरो यो सपना छ पूरा गरिदिनु होला भन्ने चाहना पूरा भएन भने मृत आत्मामा कस्तो प्रभाव पर्ला तपाईले कहिल्यै कल्पना गर्नु भएको छ ? पक्कै पनि धर्मशास्त्र अनुसार पूरा गर्न सकिने किसिमको इच्छा र बाचा जीवित कालमा गरिएको र पूरा गरिदिने बाचा समेत गरिएको भए त्यो पूरा भएन भने मृत आत्मा शांती हुदैनन भन्ने भनाई छ । हो यस्तै भएको छ हाल बिर्तामोड-३ स्थित सैनिकमोड सतानुबारी गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठानभित्र आफू जीवित छ्दै आफूले स्थापना गरेको प्रतिष्ठानभित्र गौरवतीको आफ्नै शालिक अनावरण गरिने इच्छा । प्रतिष्ठान समितिको ढिलाईले गर्दा गौरवतीको यो इच्छा हाल टाढा हुदै गएको छ ।
आफू जीवित छदै गौरवती राजवंशीले २०५७ साल ताका तत्कालिन प्रतिष्ठानका केही सदस्यहरुको सुझावमा आफ्नो शालिक भारतको बनारसमा निर्माण गराएर प्रतिष्ठान हाताभित्र मृत्यू पश्चात राख्ने गरि आफ्नो घरमा ल्याएर राखेकी थिइन् । उनले त्यस समयमा आफ्नो मात्र होइन आफ्नो श्रीमान सतानुसिंह राजबंशीको शालिक समेत नयाँ स्वरुपमा निर्माण गराएर ल्याएकी हुन्। हाल प्रतिष्ठान भित्र रहेको अनावरण भएको सतानुसिंह राजवंशीको यो शालिक दोश्रो हो जब कि उनको श्रीमानको शालिक पहिल्यै स्थापना गरिएको शालिक हटाइएको हो। त्यै समयमा उनले मरणोपरान्त आफ्नो शालिक समेत आफ्नो श्रीमानको शालिक भएको छेउमा राखिदिन आग्रह गरिएको प्रतिष्ठानका तत्कालिन कार्य समिति सदस्य राज कुमार राजबंशीले जानकारी दिए। सो समयमा गौरवती आफ्नो प्रतिष्ठानको आजीवन अध्यक्ष समेत थिईन् । शालिक निर्माण लगायतका बिषयमा सो समयमा प्रतिष्ठानको बैठक पुस्तिकामा समेत अभिलेख गरिएको राज कुमार राजबंशीले बताए। गौरवती र सनानुसिंहको ती दुबै शालिकको लागत रु. एकलाख बीस हजार करिब भएको समेत उनले जनाए । शालिक निर्माण लगायत आयात कार्यमा तत्कालिन प्रतिष्ठानका सचिव कृष्ण राजबंशी र आफ्नो संग्लगनता रहेको राजकुमार राजबंशीले जानकारी दिए। हाल शालिक राख्न ढिलाई गरिएकोमा उनले गुनासो गरे ।
गौरवती राजबंशीका भदै नाता पर्ने राजु राजबंशीका अनुसार फूपू गौरवतीले जिवित छदै बनाएर राखेको आफ्नोे शालिक हाल घरमा थन्किएकोमा गुनासो गरे । वहाँहरुको आफनो छोरा छोरी कोही नभएकोले नजिकका नातेदारको हैसियतले सो शालिक आफनो देहान्त पश्चात आफूले स्थापना गरेको प्रतिष्ठानभित्र राखि दिन गौरवती फूपूले आफूलाई समेत भनेको उनले सुनाए । तर आज फूपू गौरवतीको देहान्त भएको एक बर्ष बित्दा समेत प्रतिष्ठानले उक्त कार्य प्रति चासो नदेखाएकोमा उनले गुनासो गरे। आफ्नो छोरा छोरी नभएकोले गौरवतीले आफ्नो जीवनकालमै आफ्नो काज किरिया समेत गरि सकेको उनले भने । यदी प्रतिष्ठानले सो कार्य गर्न नसक्ने भए। आफूले प्रतिष्ठानलाई अनुमति लिएर निजि पहलमा सो कार्य गरिदिने समेत उनले बताए। यति भए फुपूको मृत आत्माले समेत शांती पाउने थियो।
प्रतिष्ठानका सह सचिव हरि नारायण चौधरी र कोषाध्यक्ष रण बहादुर राजबंशीसंग यस बिषयमा सम्पर्क गर्दा प्रतिष्ठानको साधारण सभा चाँडै गरेर शालिक स्थापना कार्य अघि बढाईने जानकारी दिए। प्रतिष्ठानका कार्य समितिका केही सदस्यको कार्य ब्यस्तताले बैठक बस्न हाल कोरम पुग्न नसकेको उनीहरूको भनाई थियो। अब चाँडै यो कार्य हुनेछ राजबंशी र चौधरीले जानकारी दिए।
समाजमा सामाजिक कार्य अथवा राष्ट्रमा महत्वपुर्ण योगदान गर्ने ब्याक्तिहरुको एतिहासिक तथ्य नमेटियोस भन्ने हेतुले बिश्वका बिभिन्न ठाँउमा ब्याक्तिको शालिक राखने परम्परा रहेको छ। गौरवती राजबंशी र सतानुसिंह राजबंशीलाई पनि बिर्तामोड-३ क्षेत्रमा सामाजिक कार्यमा समाजसेवी दम्पतीको रूपमा हेरिन्छ। नेपालमा पनि यो परम्परा कायमै छ । त्यसो हुनाले गौरवतीले आफ्नो शालिक प्रतिष्ठान भित्र राख्ने पहल गरेको बुझिन्छ । गौरवती राजवंशीको मृत्यू २०७८ साल असोज १२ गते भएको हो भने उनका श्रीमान सतानुसिंह राजवंशीको मृत्यू २०४६ सालमा भएको हो साथै उक्त प्रतिष्ठानको स्थापना भने २०५५ सालमा गौरवतीले गरेकी थिइन् । प्रतिष्ठानसंग सात कट्ठा तेरह धुर जमिन,दुई वटा मन्दिर, एम्बुलेन्स,पोखरी,सभा हल सहित अन्य भौतिक संरचनाहरु बिर्तामोड-३ सतानुबारी सैनिकमोडमा रहेका छन् भने गौरवती र सतानुसिंह राजबंशी दुबै नि:सन्तान दम्पती रहेका थिए।
Comments
Post a Comment