Posts

Showing posts from March, 2024

अति बिपन्न जासुलाई रोगले च्यापेपछि जीवन मरणको दोसाधमा

Image
    १८,चैत्र बिर्तामोड सुरेश आले "सर्जु" बिर्तामोड-१० बिराटपोखर मुसहर बस्ती निबासी अति बिपन्न जासु चौधरीलाई रोगले च्यापेपछि जीवन मरणको दोसाधमा पुगेकी छिन्। बिगत चार महिना देखि चौधरीलाई रोगले च्याप्दै लगेको उनका छिमेकी शंकर ऋषि देव मुसहरले जानकारी दिए। अति बिपन्न र आय आर्जन नभएका कारण उनका श्रीमान शत्रुधन चौधरीले उपचार के गर्ने र कसरी गर्ने भन्ने दुबिधामा रहेको बताए। २०८० चैत्र ११ गते नगर अस्पताल बिर्तमोडमा चेक जाँच गरिए अनुसार उनलाई चिकित्सकले डायग्नोसिसमा पिटिबि लेखि दिएर उपचार औषधि दिएकोमा नियमित पारिवारिक निगरानीमा औषधि सेवन प्रभावकारी नहुँदा उनको स्वास्थ्यमा खासै सुधार नभएको छिमेकी  ऋषी देव चौधरीले जानकारी दिए। हाल बिमारीको अवस्था निकै चिन्ताजनक रहेको र हिडडुल गर्न र खानेकुरा खान समेत कठिनाई भै रहेको उनी बताउछन्। चालिस बर्षिय जासु नौ जना छोरा छोरीकी आमा हुन्। जस मध्ये एकजना जेठो छोरोको स्वर्ग भएको र अन्य जिबितै छन् भने चार जना बाहिर अरुकै घरमा छन् त्यस मध्ये कोही पनि पन्ध्र बर्ष भन्दा माथिका छैनन्। सबै छोरा छोरी कम उमेरका छन्। परिवार धान्ने उनका एक मात्र जनशक्ति भनेकै...

बिर्तामोड कियाचूमा तीन बर्षे कार्यकालको लागि समिति चयन

Image
  १८ चैत्र,बिर्तामोड किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड नगर शाखाको चौथो अधिबेशनबाट आगामी तीन बर्षे कार्यकालको लागि सत्र जनाको नयाँ कार्यसमिति चयन भएको छ। आजको अधिबेशनबाट सत्र जनाको नयाँ कार्य समिति सर्बसम्मत चयन भएकोमा पछि  चार सदस्य थप मनोनित गरि कुल एक्काईस जनाको समिति रहने जनाईएको हो।  चौथो अधिबेशनबाट बिर्तामोड नगर अध्यक्षमा पून:हिमालय प्रसाद कन्दङ्गवा,उपाध्यक्षमा पुनःमनु जबेगु, सचिवमा पुनःसुक बहादुर आङदाम्बे त्यसै गरि कोषाध्यक्षमा पुनःसाबित्रा इङ्गनाम  सर्बसम्मत चयन भएका छन् भने सह सचिवमा सन्तोष बेघाको ठाउँमा शेर बहादुर मादेन सर्ब सम्मत चयन भएकाे चौथो बिर्तामोड नगर अधिबेशन निर्बाचन मण्डलीका संयोजक तथा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ्ग फियाकले जानकारी गराए। त्यसै गरि सदस्यहरुमा लोक बहादुर लिम्बु, सन्तोष कुमार लिङ्गदेन,दिल कुमारी लिम्बु, सुन्दा तुम्बाहाम्फे,धनराज याक्सो,परिमला इङ्गनाम थनाड,गंगा देबी कन्दङ्गवा,प्रेमकला बेघा,बाल कुमारी लक्जम्बा,रुद्र कुमार चाङचाङ,हर्कजङ्ग आङ्गबुहाङ्ग,सूर्य खजुम सर्ब सम्मत चयन भएको निर्बाचन मण्डलीका सदस्य धर्म लकसम्बाले ...

बिर्तामोड-३ का वडा अध्यक्षले रोपेको फूल फूल्न थाल्यो (फोटो फिचर)

Image
१० चैत्र,बिर्तामोड बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीले बिर्ताबजार आसपासमा सडकको किनारमा रोपेका फूल फूल्न थालेको छ। आज भन्दा करिब एक वर्ष अगाडी वडा अध्यक्ष बूढाथोकीको पहलमा बिर्ता बजार क्षेत्रमा सडकको दुबै किनारमा करिव एक किलोमिटर क्षेत्रफलमा बिर्तामोड वडा न.३ लाई हरियाली बनाउने र बिर्ताबजारको सौन्दर्यमा हरियाली थप्ने उद्देश्यका साथ लिई ती फूलका बिरुवाहरु रोपिएको स्थानिय बिर्ताबजारका बिर बहादुर बुढाथोकी र  नेत्र न्यौपानेले बताए। बिर्ता बजार आसपास शिवालय पसल अगाडी फुलेका सराद्धे जातका पहेला फूलहरु हुर्काउन र संरक्षण गर्न बुढाथोकी र न्यौपानेले निरन्तर निगरानी गरेको र फुलाएको समेत बताए। वडा अध्यक्ष बुढाथोकीकै पहलमा रोपिएका सोही क्षेत्रका अन्य फूलका बिरुवाहरु हुर्काउन र फूलाउन भर्खरै मात्र सोही क्षेत्रमा तारबार र संरक्षण समेत थालिएको छ। ती फूलहरु समेत फुल्ने क्रममा छन् भने ती फूलहरु फुलेर सो क्षेत्रमा थप सौन्दर्य दिने विश्वास गरिएको छ।

उघ्रिने भयो भूपू सैनिक स्मृति प्रतिष्ठान सैनिक प्रतिमाको घुम्टो

Image
  सुरेश आले "सर्जु" ६ चैत्र,बिर्तामोड लामो समयको प्रतिक्षा पछि बिर्तामोड-१० सैनिक बजार सैनिक क्याम्प भूपू सैनिक स्मृति प्रतिष्ठानमा निर्मित सिसाको घेरा भित्र रहेको सैनिक स्तम्भको ढाकिएको घुम्टो अब भने उघ्रिने भएको छ। सानातिना निर्माण कार्य र बाँकि काम सकिए पछि यो स्तम्भको उद्घाटन गर्न प्रतिष्ठान समितिका पदाधिकारीहरु लागि परेका हुन्। आगामी एकासी साल बैशाख दुई गते  स्तम्भको उद्घाटन गर्ने कार्य सूची रहेको समितिका पदाधिकारीहरुद्वारा जनाईएको हो भने  स्तम्भ उद्घाटन गरिए सँगै बिर्तामोड-१० सैनिक बजारको एतिहासिक तथ्यमा समेत स्तम्भ थप कोशेढुङ्गो साबित हुने जनाईएको हो। २०७३ साल देखि स्तम्भ निर्माणको कुरा चलेको हो भने २०७४-१०-२ गते प्रतिष्ठानको पहिलो भेलाले स्थानिय ज्ञान बहादुर गुरुङ्गको संयोजकत्वमा बैठक गरि २०७७-६-११ गते प्रतिष्ठानको बिधिवत दर्ता गरि २०७८-८-२५ गते देखि आर्थिक संकलन गरि स्तम्भको  निर्माण कार्यलाई अघि बढाईएको  जनाईएको स्तम्भ निर्माणमा स्थानिय सुनिल मुखियाले स्व.आमा सुनिता मुखियाको स्मृतिमा पाँच धूर जमिन सैनिक क्याम्पमा निःशुल्क उपलब्ध गराइएको र पछि उनैबाट थप...

बिर्तामोड-१० मा गरियो सातसय जनाको निःशुल्क स्वास्थ्य परिक्षण

Image
 ३ चैत्र,बिर्तामोड बिर्तामोड-१० बिराटपोखरमा सातसय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। बिराटपोखर महिला समूह बिर्तामोड-१० बिराटपोखर, बिशाल कृषि सहकारी बिर्तामोड-१० सैनिक बजार र बिर्तामोड नगरपालिकाको आयोजनामा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान क्यान्सर अस्पताल भरतपुर चितवनका चिकित्सकहरुको सहयोगमा बिराट आधारभूत विद्यालय बिर्तामोड-१० बिराटपोखरमा एक दिवशीय नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरि उक्त परिक्षण गरिएको हो। बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाइको अध्यक्षतामा उद्घघाटन कार्यक्रम गरिएको शिविरमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई, बिशिष्ट अतिथि बिर्तामोड नगरपालिका वडा न.-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग तथा अतिथिहरुमा बिर्तामोड-१० वडा सदस्य दिपिका शिवा,पूर्व प्रअ देबेन्द्र गौतम,बिराटपोखरी सरोबर बहुउद्देश्यीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाद प्रसाई,बिराटपोखर टोल बिकाश संस्था अध्यक्ष रघुनाथ पाठक,शिक्षासेवी भोलानाथ पौड्याल तथा समाजसेवी गौरी घिमिरे, रिमान ध्वज लोक्ताम लगायतको उपस्थिती रहेको हो। प्रमुख अतिथिले ब्यानर बाचन गरेर...

बिराट सरोबरबाट शिवरात्रीमा सोरह जनालाई सम्मान

Image
    २६ फागून,बिर्तामोड  बिराटपोखरी बहुउद्देश्यीय सरोबर बिकाश समिति बिर्तामोड-३ बिराटपोखरले  एतिहसिक तथा धार्मिक बिराटपोखरीमा महा शिवरात्री पर्व मनाएको छ। । एतिहासिक तथा धार्मिक बिर्तामोड-३ को बिराटपोखरीमा अवस्थित शिव मन्दिरमा बिहान बैदिक पूजापाठ र साँझपख  बिशिष्ट व्यक्तित्वहरु सोरह जनालाई सम्मान र भजन कृतन सहित महाशिवरात्री पर्व मनाईएको हो। २५ गते शुक्रबार महाशिवरात्री पर्वको बिहानी सत्रमा उक्त  मन्दिरमा सत्य नारायणको पूजा,शिव स्थापना,रुद्री चण्डी पाठ गरि दिप प्रज्वलन गरि सॉझ बिभिन्न स्थानिय कृतन मण्डली सहित भजन कृतन र  बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान सहित महाशिवरात्री पर्ब मनाईएको  कार्यक्रमको अध्यक्षता सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको  अध्यक्षतामा भएको हो। बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीको  प्रमुख आतिथ्यता रहेको साँझको कार्यक्रममा बिर्तामोड-३ वडा सदस्य हरि बाँस्कोटा, बिर्तामोड नगरपालिका इन्जिनियर प्रभास थापा मगर, पूर्व झापा क्षेत्र न २ सांसद उम्मेदवार स्वागत नेपाल, बिर्ता बजार प्रहरी चौकी ब्यबस्थापन समिति अध्याक्ष...

गरमकाली कृतन मण्डलीको तेरहौं साधारण सभा सम्पन्न

Image
२४ फागुन,बिर्तामोड गरमकाली कृतन मण्डली बिर्तामोड-९ बाटुबारीको तेरहौ साधारण सभा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ। बाटुबारी  स्थित गरमकाली मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो। २३ गते बुधबार बिहानी सत्रमा उक्त  मन्दिरमा सत्य नारायणको पूजा,शिव स्थापना,रुद्री चण्डी पाठ गरि एक लाख पच्चिस हजार दिप प्रज्वलन गरि सॉझ बिभिन्न स्थानिय कृतन मण्डली सहित भजन कृतन र  बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान  सहित सम्पन्न गरिएको कार्यक्रमको अध्यक्षता मण्डलीका अध्यक्ष प्रजापति चूडालको अध्यक्षतामा भएको हो। सनातन धर्म सेवा समिति झापा अध्यक्ष लक्ष्मी दंगालको प्रमुख आतिथ्यता रहेको साँझको कार्यक्रममा रामकृष्ण मन्दिर हल्दीबारी अध्यक्ष देव नारायण चूडाल, मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरका उपाध्यक्ष युवराज पराजुली,सचिव मिलन आले सदस्यहरु दिपक संग्रौला,केशव पराजुली,पञ्चकन्या कृतन मण्डली बिर्तामोड-९ अध्यक्ष तुलसी राम काफ्ले, नवदुर्गा कृतन मण्डली बिर्तामोड-९ कोलाटोलीका कमल कार्की,सञ्चारकर्मी रत्न बहादुर बस्नेत,डम्बर दाहाल,नन्दराम दाहाल,हल्दीबारी-२ का देव नाराय...

बिराटपोखरीमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा

Image
   २३ फागून,बिर्तामोड आगामी  फागुन २५ गते पर्ने महाशिवरात्री पर्बको तयारी बिर्तामोड-३ बिराटपोखरीमा पूर्ण रूपमा समपन्न भएको छ । श्री बिराट पोखरी(सरोबर बहुउदेश्यीय) बिकाश समितिले सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा गर्दै सो कुराको जानकारी गराएको हो। सो कार्यक्रमकै लागि पोखरी सजाउने र सफा गर्ने कार्यक्रम समेत यस अघि नै सम्पन्न भैसकेको छ। कार्यक्रम अनुसार सरोबर बहुउद्धेश्यीय बिकास समितिले शिवरात्री पर्वलाई लक्षित गर्दै २०८० फाल्गुन २५ गते शुक्रबार बिहान पाँच बजे देखि साँझ साढे सात बजे सम्म पूजा पाठ पाती चढाउने र आरतीको कार्यक्रम तय गरेको हो भने साँझ सात तीस बजेदेखि रातको बारह बजे सम्म सन्ध्या कालिन भजन कृतन गरिने अध्यक्ष इन्द्र प्रसाद प्रसाई र सचिव जगनाथ भट्टराईले निमन्त्रणा पत्रमा उल्लेख गरेका हुन्। सोही अवसरमा कतिपय सामाजिक व्यक्तित्वहरु लाई सम्मान समेत जनाईने कार्यक्रम तय गरिएको हो।

आदिबासी जनजाति नेत्रहिन संघ झापाको साधारण सभा सम्पन्न

Image
१९ फागुन,झिलझिले  आदिबासी जनजाति नेत्रहिन महासंघ झापाको दोश्रो साधारण सभा सम्पन्न भएको छ। झापा झिलझिले स्थित किरात सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। संघको अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता र किरात चैयो ओलुङ्ग ओङ्गसी माङ्गहिम प्रमुख कहरसिंह योङ्गहाङ्गको प्रमुख आतित्थता रहेको कार्यक्रममा शिवसताक्षी वडा न.१ वडा अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ग, किरात चुम्लुङ्ग माकोहाम लाखमान खजुम लगायतको आतिथ्यता रहेको हो। कार्यक्रममा प्रमूख अतिथी कहरसिंह योङ्गहाङ्गले आदिबासी जनजाति नेत्रहिन संघ झापाले संचालन गरेको साहारा छात्राबृत्ति अक्षय कोषको लागि रू.एक लाख प्रदान गर्ने घोषणा गर्नु भयो। उहाँले अक्षयकोषमा सहयोग गर्न पाँउदा खुशी समेत व्यक्त गर्नु भयो। अध्यक्ष तामाङ्गले योङ्गहाङ्गको सहयोगको कदर गर्दै सो छात्राबृत्ति अक्षय कोषको रकम हाल एकलाख पचास हजार रहेको र एक करोड पुर्याउने लक्ष्य रहेको र सो बाट उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक एकजना छात्र र छात्रा लाभान्वित हुने बताउनु भयो। प्रमूख अतिथिले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा संघका बिपन्न केही सदस्यहरुलाई कपडा साथै नगद सम...