अति बिपन्न जासुलाई रोगले च्यापेपछि जीवन मरणको दोसाधमा
१८,चैत्र बिर्तामोड
सुरेश आले "सर्जु"
बिर्तामोड-१० बिराटपोखर मुसहर बस्ती निबासी अति बिपन्न जासु चौधरीलाई रोगले च्यापेपछि जीवन मरणको दोसाधमा पुगेकी छिन्। बिगत चार महिना देखि चौधरीलाई रोगले च्याप्दै लगेको उनका छिमेकी शंकर ऋषि देव मुसहरले जानकारी दिए। अति बिपन्न र आय आर्जन नभएका कारण उनका श्रीमान शत्रुधन चौधरीले उपचार के गर्ने र कसरी गर्ने भन्ने दुबिधामा रहेको बताए।
२०८० चैत्र ११ गते नगर अस्पताल बिर्तमोडमा चेक जाँच गरिए अनुसार उनलाई चिकित्सकले डायग्नोसिसमा पिटिबि लेखि दिएर उपचार औषधि दिएकोमा नियमित पारिवारिक निगरानीमा औषधि सेवन प्रभावकारी नहुँदा उनको स्वास्थ्यमा खासै सुधार नभएको छिमेकी ऋषी देव चौधरीले जानकारी दिए। हाल बिमारीको अवस्था निकै चिन्ताजनक रहेको र हिडडुल गर्न र खानेकुरा खान समेत कठिनाई भै रहेको उनी बताउछन्।
चालिस बर्षिय जासु नौ जना छोरा छोरीकी आमा हुन्। जस मध्ये एकजना जेठो छोरोको स्वर्ग भएको र अन्य जिबितै छन् भने चार जना बाहिर अरुकै घरमा छन् त्यस मध्ये कोही पनि पन्ध्र बर्ष भन्दा माथिका छैनन्। सबै छोरा छोरी कम उमेरका छन्। परिवार धान्ने उनका एक मात्र जनशक्ति भनेकै श्रीमान मात्र हुन्।
अञ्चल अस्पताल भद्रपुरमा समेत उपचार गर्न चौधरीलाई लगेकोमा त्यहाँ भर्ना गरि उपचार शुरू गरेकोमा बेलुकै अस्पतालमा समेत साना छोरा छोरी छन् भनेर बस्न नसक्ने भन्दै चौधरी
भागेर आएको भन्ने जानकारहरुले बताए। त्यस पछि भने उनको उपचारमा थप कठिनाई भएको हो। पुनःउपचार शुरू गरे बिपन्न भएकै कारण अस्पतालमा भनसून गर्न सकिने बिराटपोखरी सरोवर बिकाश समिति बिराटपोखरका अध्यक्ष इन्द्र प्रसाद प्रसाईले बताए।
उनका छिमेकी खगेन्द्र संग्रौलाका अनुसार सामान्य खानापान र सकेको औषधि समेतको सहयोग आफुहरु छिमेकी भएको नाताले सहयोग गरिरहेको भएता पनि प्रभावकारी उपचारको लागि भने अव ठूलै पहल गर्नु पर्ने उनले बताए।
बिर्तामोड-१० बिराटपोखरको मुसहर बस्तीको ओईलानी जग्गामा बडो दुःखकष्टका साथ चौधरीको परिवार बस्दै आएको हो।
Comments
Post a Comment