बिर्तामोड कियाचूमा तीन बर्षे कार्यकालको लागि समिति चयन


 १८ चैत्र,बिर्तामोड
किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोड नगर शाखाको चौथो अधिबेशनबाट आगामी तीन बर्षे कार्यकालको लागि सत्र जनाको नयाँ कार्यसमिति चयन भएको छ। आजको अधिबेशनबाट सत्र जनाको नयाँ कार्य समिति सर्बसम्मत चयन भएकोमा पछि  चार सदस्य थप मनोनित गरि कुल एक्काईस जनाको समिति रहने जनाईएको हो। 

चौथो अधिबेशनबाट बिर्तामोड नगर अध्यक्षमा पून:हिमालय प्रसाद कन्दङ्गवा,उपाध्यक्षमा पुनःमनु जबेगु, सचिवमा पुनःसुक बहादुर आङदाम्बे त्यसै गरि कोषाध्यक्षमा पुनःसाबित्रा इङ्गनाम  सर्बसम्मत चयन भएका छन् भने सह सचिवमा सन्तोष बेघाको ठाउँमा शेर बहादुर मादेन सर्ब सम्मत चयन भएकाे चौथो बिर्तामोड नगर अधिबेशन निर्बाचन मण्डलीका संयोजक तथा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ्ग फियाकले जानकारी गराए। त्यसै गरि सदस्यहरुमा लोक बहादुर लिम्बु, सन्तोष कुमार लिङ्गदेन,दिल कुमारी लिम्बु, सुन्दा तुम्बाहाम्फे,धनराज याक्सो,परिमला इङ्गनाम थनाड,गंगा देबी कन्दङ्गवा,प्रेमकला बेघा,बाल कुमारी लक्जम्बा,रुद्र कुमार चाङचाङ,हर्कजङ्ग आङ्गबुहाङ्ग,सूर्य खजुम सर्ब सम्मत चयन भएको निर्बाचन मण्डलीका सदस्य धर्म लकसम्बाले जानकारी दिए। नयाँ कार्यसमिति चयनको लागि सेसेहाङ्ग फियाकको संयोजकत्वमा  धर्म लक्सम्बा र दिब्य कला थेबे नाल्वो सदस्य रहने गरि तीन जनाको निर्बाचन समिति तय गरिएको जानकारी गराइएको हो भने नयाँ कार्यसमिति सदस्यहरुलाई निर्बाचन मण्डलीका संयोजक लगायतले सफथ ग्रहण खुवाएर प्रमाण पत्र समेत प्रदान गरेका हुन्। निर्बाचित भएपछि अध्यक्ष कन्दङ्गवाले आफूले प्रतिबद्धता गरेका कार्यहरु पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको हो।

यस अधि कियाचु बिर्तामोड नगर अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कियाचू केन्द्रिय सदस्य अमृत योङ्गहाङ्गको प्रमुख आतिथ्यता रहेको हो भने,बिशिष्ट अतिथिमा कियाचु सल्लाहाकार धनराज योङ्गहाङ्ग, अतिथिहरुमा बिर्तामोड वडा न एक वडा सदस्य योगचन्द्र आङ्गबोहाङ्ग ,नगर सल्लाहाकार देशु बनेम,पूर्व केन्द्रिय सदस्य राधा सुब्बा लिम्बु, नगर सल्लाहकार खत्री बहादुर आङ्गबोहाङ्ग बिर्तामोड-१० कियाचु अध्यक्ष चाम बहादुर लिम्बु, कियाचु सल्लाहाकार रिमान ध्वज लोक्ताम लगायतको  उपस्थिती रहेको हो। उद्घाटन सत्रमा अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाले कियाचु बिर्तामोड अक्षयकोषमा रु. पच्चिस लाख पुर्याउने साथै सुबिधा सम्पन्न रु.आठ करोड बराबरको लगानीमा कियाचु भवन( हिम) बनाउने सहितको भाबी योजना रहेको बार्षिक प्रगति बिवरण र कोषाध्यक्ष साबित्रा इङ्गनामले सम्पूर्ण खर्च कटाएर रु,दुईलाख बहत्तर हजार छ सय  एकतीस रुपैया कोषमा बचत रहेको कोषको बिवरण प्रश्तुत गरिएको हो। बन्द सत्रमा उक्त बिवरण अनुमोदन गराईएको जानकारी गराईयो।

 उपस्थित बक्ताहरुले चौथो अधिबेशनको शुभकामना दिनुका साथै भाबी योजनामा  बन्न लागेको भवनको शिलन्यास चाडै होस् भन्ने शुभकामना दिइएको उद्घाटन सत्रमा प्रमुख अतिथि योङ्गहाङ्गले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो भने सोही कार्यक्रममा कियाचु कलाकारहरुद्वारा लिम्बु गीत नृत्य र केलाङ्ग समेत प्रश्तुत गरिएको साथै सहयोगीहरुलाई मायाको चिनो समेत बितरण गरिएको कार्यक्रममा स्वागत उपाध्यक्ष मनु जबेगुको र संचालन सचिव सुक बहादुर आङ्गदाम्बे र सहसचिब सन्तोष बेघा द्धयको रहेको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते