बिराट सरोबरबाट शिवरात्रीमा सोरह जनालाई सम्मान
२६ फागून,बिर्तामोड
बिराटपोखरी बहुउद्देश्यीय सरोबर बिकाश समिति बिर्तामोड-३ बिराटपोखरले एतिहसिक तथा धार्मिक बिराटपोखरीमा महा शिवरात्री पर्व मनाएको छ। । एतिहासिक तथा धार्मिक बिर्तामोड-३ को बिराटपोखरीमा अवस्थित शिव मन्दिरमा बिहान बैदिक पूजापाठ र साँझपख बिशिष्ट व्यक्तित्वहरु सोरह जनालाई सम्मान र भजन कृतन सहित महाशिवरात्री पर्व मनाईएको हो।
२५ गते शुक्रबार महाशिवरात्री पर्वको बिहानी सत्रमा उक्त मन्दिरमा सत्य नारायणको पूजा,शिव स्थापना,रुद्री चण्डी पाठ गरि दिप प्रज्वलन गरि सॉझ बिभिन्न स्थानिय कृतन मण्डली सहित भजन कृतन र बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान सहित महाशिवरात्री पर्ब मनाईएको कार्यक्रमको अध्यक्षता सरोबरका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा भएको हो।
बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको साँझको कार्यक्रममा बिर्तामोड-३ वडा सदस्य हरि बाँस्कोटा, बिर्तामोड नगरपालिका इन्जिनियर प्रभास थापा मगर, पूर्व झापा क्षेत्र न २ सांसद उम्मेदवार स्वागत नेपाल, बिर्ता बजार प्रहरी चौकी ब्यबस्थापन समिति अध्याक्ष बिरेन कोइराला,सोही प्रहरी चौकी इन्चार्ज राजेश पौड्याल बिराटपोखर टोल बिकाश संस्था अध्यक्ष मन प्रसाद उप्रेती लगायतको आतिथ्यता रहेको हो।
बिराटपोखरीको भौतिक पूर्वाधार निर्माणमा भौतिक सामाग्री तथा नगद सहयोग गर्ने बिरेन कोइराला,अमित सरिया, बेद प्रकाश उप्रेती,श्री शिवाकोटी, राम अवतार घिमिरे,दिनेश मैनाली,बिपिन मैनाली,डिक कुवर,माधव झा,रुद्र चुडाल, सन्तोष राउत,लक्ष्मी बाँस्कोटा,धनिप राजबंशी,अरुण खड्का,छबि ढुङ्गाना र इन्द्र बुढाथोकी सहितलाई कार्यक्रमका अध्यक्ष प्रसाई र प्रमूख अतिथि बुढाथोकीले सम्मान प्रत्र प्रदान गरि सम्मान जनाउनु भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले सनातन धर्म पुरानो बैदिक,बैज्ञानिक धर्म रहेको र यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य रहने बताउनु भयो साथै रतिहासिक बिराटपोखरीलाई सबै क्षेत्रबाट सहयोग प्राप्त भए दुई बर्षमै यसलाई पूर्वको प्रसिद्ध धार्मिक एतिहासिक पर्यटकिय क्षेत्र घोषणा गर्न सकिने बताउनु भयो, पूर्व सांसद उमेद्धवार नेपालले धार्मिक एतिहासिक बिराटपोखरीको धार्मिक आस्था संगसँगै भौतिक बिकाशमा जोड दिनुपर्ने बताउनु भयो त्यस्तैअध्यक्ष प्रसाईले आफ्नो क्षेत्रमा रहेको एतिहासिक बिराटपोखरीको बिकाशमा भौतिक तथा नगद सहयोग गर्नुहुने सबैलाई आभार प्रकट गर्नुभयो।
उपस्थित कृतन मण्डली श्री हरि,गायत्री, जनमिलन,शिव,लक्ष्मी,राधाकृष्ण, मनकामना,नवदुर्गा ,उँकार,ज्योर्तिलिङ्ग, गरमकाली कृतन मण्डली सहित कलाकारहरु अर्जुन चुडाल,सुशिल चुडाल, संजीव शर्मा,चन्द्र भट्टराई र समिर खरेलले समेत भजन प्रश्तुत गरिएको सन्ध्याकालिन कार्यक्रमको स्वागत सरोबरका सचिव जगनाथ भट्टराई र संचालन सह सचिव अर्जुन उप्रेतीको रहेको हो।
Comments
Post a Comment