आदिबासी जनजाति नेत्रहिन संघ झापाको साधारण सभा सम्पन्न
१९ फागुन,झिलझिले
आदिबासी जनजाति नेत्रहिन महासंघ झापाको दोश्रो साधारण सभा सम्पन्न भएको छ। झापा झिलझिले स्थित किरात सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
संघको अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता र किरात चैयो ओलुङ्ग ओङ्गसी माङ्गहिम प्रमुख कहरसिंह योङ्गहाङ्गको प्रमुख आतित्थता रहेको कार्यक्रममा शिवसताक्षी वडा न.१ वडा अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ग, किरात चुम्लुङ्ग माकोहाम लाखमान खजुम लगायतको आतिथ्यता रहेको हो।
कार्यक्रममा प्रमूख अतिथी कहरसिंह योङ्गहाङ्गले आदिबासी जनजाति नेत्रहिन संघ झापाले संचालन गरेको साहारा छात्राबृत्ति अक्षय कोषको लागि रू.एक लाख प्रदान गर्ने घोषणा गर्नु भयो। उहाँले अक्षयकोषमा सहयोग गर्न पाँउदा खुशी समेत व्यक्त गर्नु भयो।
अध्यक्ष तामाङ्गले योङ्गहाङ्गको सहयोगको कदर गर्दै सो छात्राबृत्ति अक्षय कोषको रकम हाल एकलाख पचास हजार रहेको र एक करोड पुर्याउने लक्ष्य रहेको र सो बाट उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक एकजना छात्र र छात्रा लाभान्वित हुने बताउनु भयो।
प्रमूख अतिथिले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा संघका बिपन्न केही सदस्यहरुलाई कपडा साथै नगद समेत बितरण गरिएको हो भने संघको सदस्य मन्जु तामाङ्गले कर्णप्रिय गीत प्रश्तुत गरेकि हुन् । पत्रकार तथा संघका सल्लाहकार सेलिङ्ग केसी, नेत्रहिन संघ झापाका अध्यक्ष होमनाथ राजबशी, शिव सताक्षी वडा न.१ वडा अध्यक्ष चेम्जोङ्ग, संचारकर्मी इन्द्रसिंह राजबंशी, किरात चुम्लुङ्ग माकोहाम खजुम लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा बार्षिक प्रगति बिबरण साथै कोषको आयब्यय समेत सार्बजानिक गरिएको हो भने संचालन संघका सचिव अनिल मूखिया र स्वागत उपाध्यक्ष युवराज शर्माले गरेका हुन्।
Comments
Post a Comment