बिर्तामोड-३ का वडा अध्यक्षले रोपेको फूल फूल्न थाल्यो (फोटो फिचर)


१० चैत्र,बिर्तामोड
बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीले बिर्ताबजार आसपासमा सडकको किनारमा रोपेका फूल फूल्न थालेको छ।


आज भन्दा करिब एक वर्ष अगाडी वडा अध्यक्ष बूढाथोकीको पहलमा बिर्ता बजार क्षेत्रमा सडकको दुबै किनारमा करिव एक किलोमिटर क्षेत्रफलमा बिर्तामोड वडा न.३ लाई हरियाली बनाउने र बिर्ताबजारको सौन्दर्यमा हरियाली थप्ने उद्देश्यका साथ लिई ती फूलका बिरुवाहरु रोपिएको स्थानिय बिर्ताबजारका बिर बहादुर बुढाथोकी र  नेत्र न्यौपानेले बताए।

बिर्ता बजार आसपास शिवालय पसल अगाडी फुलेका सराद्धे जातका पहेला फूलहरु हुर्काउन र संरक्षण गर्न बुढाथोकी र न्यौपानेले निरन्तर निगरानी गरेको र फुलाएको समेत बताए। वडा अध्यक्ष बुढाथोकीकै पहलमा रोपिएका सोही क्षेत्रका अन्य फूलका बिरुवाहरु हुर्काउन र फूलाउन भर्खरै मात्र सोही क्षेत्रमा तारबार र संरक्षण समेत थालिएको छ। ती फूलहरु समेत फुल्ने क्रममा छन् भने ती फूलहरु फुलेर सो क्षेत्रमा थप सौन्दर्य दिने विश्वास गरिएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन